२०८२ माघ २६ गते, सोमबार १०:५६

स्वास्थ्य मन्त्रालयलाई महिला र समावेशी सचिव बनाउने अवसर

१४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि पहिलो नम्बरमा डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको छ ।

उच्च स्रोतका अनुसार मन्त्रालयले दोस्रो नम्बरमा विकास देवकोटा र तेस्रो नम्बरमा डा. टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

१२ फागनुदेखि स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अनिवार्य अवकास भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस भएको हो । सम्भवतः भोलि (बिहिबार) बस्ने मन्त्रीपरिषद् बैठकले तीनबाट एक जनालाई नियुक्ति गर्नेछ ।

स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगका सदस्य एक सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन् ।

समितिले १२औं तहमा सबैभन्दा पहिले बढुवा भएकाले डा. संगीताको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । डा. विकास र टंक भने ११औं र १२औं तहमा सँगै बढुवा भएका हुन् ।

‘हामीले पहिलो ज्येष्ठताको आधार र अन्य कार्यसम्पादन मूल्यांकनको आधारमा नाम सिफारिस गरेका हौं,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

हालको १२औं तहमा अर्थात् अतिरिक्त सचिवको बढुवाको हिसाबले हेर्दा डा. संगीता अगाडि देखिन्छन् । उनी २३ असार २०७९ मा १२औं तहमा बढुवा भएकी हुन् । डा. विकास र डा. टंक भने १३ चैतमा २०७९ मा १२औं तहमा बढुवा भएका थिए ।

डा. संगीताकै अग्रसरताले नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना भएको थियो ।

डा. संगीताले १० असोज २०७० मा खुल्ला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्दै पुनः स्वास्थ्य सेवामा काम सुरु गरेकी हुन् ।

उनले कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापन एकदमै चुस्त गरेकी थिइन् । सरकारले छोटो समयमै कोशी अस्पतालमा गरेको प्रशासनिक क्षमता अब्बल रहेको ठहर गर्दै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको जिम्मेवारी दिएको थियो ।

डा. संगीताकै अग्रसरताले नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ को स्थापना पनि भयो । त्यसपछि स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा र प्रवक्ताको जिम्मेवारी समेत सम्हालेकी डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

डा. टंकले २०५६ सालदेखि सेवा सुरु गरेका हुन् । उनले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।

स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

ज्येष्ठताको आधारमा पहिलो नम्बरमा रहनु, महिला र समावेशी हुनुले डा. मिश्रलाई सचिव बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरूको तर्क छ ।

यस्तै दोस्रो सेवा प्रवेशको आधारमा हेर्दा र मन्त्रालयका विभिन्न महाशाखाको लामो अनुभव लिइसकेका डा. देवकोटाले पनि सचिव बन्नका लागि पहल गरिहेका छन् ।

गृह जिल्ला झापाका डा. बाराकोटी पनि प्रतिस्पर्धामा छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM