२०८३ बैशाख २ गते, बुधबार १०:१२

माओवादी आधार इलाकामा बौरिंदै कांग्रेस

१४ फागुन, लिवाङ (रोल्पा) । रोल्पा सदरमुकाममा सीमित छन् ठूला भवनहरू । यीमध्ये एक हो नेपाली कांग्रेस रोल्पाको कार्यालय ।

वडा नं. ४ मा करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको यही कार्यालयबाट कांग्रेस रोल्पाले आफ्ना गतिविधि सञ्चालन गर्छ । कार्यालयमा छन् दुई सय जनाभन्दा बढी अट्ने कार्यक्रम हल, जिल्ला समितिको बैठक कक्ष, पुस्तकालयसँगै छ भातृ संस्थाहरूका लागि छुट्टाछुट्टै कक्षहरू पनि ।

२०७३ सालतिर तत्कालीन जिल्ला सभापति अमरसिंह पुनले पार्टीको व्यवस्थित जिल्ला मुख्यालय बनाउने कामको पहलकदमी लिएका थिए । ४ करोड लागतमा बनेको चार तले भवनका तेस्रो र चौथो तलाको ‘फिनिसिङ’ भने बाँकी नै छ ।

तेस्रो तलामा अतिथि कक्ष र चौथोमा पार्टी सभापतिका लागि निवास बनाउने परिकल्पना गरेर निर्माण कार्य भइरहेको लुम्बिनी कांग्रेसको सभापति रहेका अमर पुन बताउँछन् ।

रोल्पा कांग्रेसको लिवाङस्थित यो कार्यालयले उठेको मनोबललाई संकेत गर्छ ।

पार्टी सदस्य र संरचना बढाइरहेको कांग्रेस

सशस्त्र युद्धको समय रोल्पा कांग्रेसका लागि सर्वाधिक प्रतिकूल अवस्था थियो । कांग्रेस नेता कार्यकर्ता गाउँ बस्ने अवस्था थिएन । त्यो समय रोल्पा कांग्रेसले आफ्ना १२२ नेता कार्यकर्ता गुमाएको थियो ।

संगठित भएकै आधारमा माओवादीको निशानामा पर्ने भयले कांग्रेसमा आबद्धता त्याग्नेको संख्या उल्लेख्य थियो । शान्तिप्रक्रिया सुरु भएसँगै ब्युँतन थालेको रोल्पा कांग्रेसका मृतप्रायः संगठनमा आबद्ध क्रियाशील सदस्यको संख्या अहिले चार हजार ६ सय नाघिसकेको छ ।

अहिले रोल्पाका सबै (७२) वडामै कांग्रेस संगठन विस्तार भएको छ । कांग्रेसको संगठन सबै वडा (जिल्लाभर कूल ७२ वडा) मा बनेको छ । संघ र प्रदेशमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसले पालिकामा भने शक्ति बढाउँदै लगेको छ ।

गत स्थानीय तहको निर्वाचनमा १० पालिकामध्ये रुन्टीगढी र सुकीदह पालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ ।

रोल्पामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापा ।

सुकिदहमा अध्यक्ष र उपाध्यक्ष सहित पाँच वडा जिताएका ७० वर्षीय पूर्व कर्मचारी मीनबहादुर खड्का पार्टी सभापतिको भूमिका छन् । २०७४ र २०७९ सालको स्थानीय तहको नजिताले पनि उक्त पालिकामा कांग्रेसको शक्ति बढिरहेको स्पष्ट हुन्छ ।

सुकिदहमा २०७४ सालमा एउटा वडामात्रै जितेको कांग्रेसले गत चुनावमा भने अध्यक्ष, उपाध्यक्षसहित पाँच वडाध्यक्षमा जित निकालेको छ । युद्धकालीन समयमा शरणार्थीको जस्तो जीवन बिताएको स्मरण गर्दै कांग्रेस सुकिदहका सभापति खड्का भन्छन्, ‘अहिले त कांग्रेसको अवस्था एकदमै राम्रो छ, हामी अझै विस्तारित हुन्छौं ।’

रोल्पामा माओवादी केन्द्र पहिलो दल हो भने कांग्रेस दोस्रो । २०६४ सालयता भएका निर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर निरन्तर घटाउँदै लगेका छन् ।

माओवादीसँग विवादै विवाद

प्रतिस्पर्धी दुई दल बीचमा बेलाबेला विवाद भइरहन्छ । कांग्रेस जिल्ला नेताहरूका अनुसार पालिकाको नामबारे विवाद अझै कायम छ ।

२०७४ सालमा सुकिदह गाउँपालिकाको नाम परिवर्तन गरेर माओवादीले गंगादेव बनाउने निर्णय गरेको थियो । युद्धको क्रममा माओवादीका तर्फबाट ज्यान गुमाएका गंगा र देवको नाममा पालिकाको नाम राखिएको थियो ।

अहिले स्थानीय सत्ता चलाउने जिम्मा पाएपछि कांग्रेसले पालिकाको नाम उल्ट्याइदिएको छ । तल्लो तहबाट आएका सिफारिसका आधारमा संघीय सरकारले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह नै कायम गरेको छ । अहिले नाम परिवर्तनको यो विवाद अदालत पुगेको छ ।

उक्त पालिकामा कांग्रेसबाट जितेका अध्यक्ष हरिबहादुर पुन लुम्बिनी सभापति अमरसिंह पुनका भाइ हुन् । ११ फागुनमा रोल्पा पुगेका महामन्त्री गगन थापाले भने, ‘परिवारका सदस्यका नाममा गाउँपालिकाको नाम राख्ने अभ्यास कांग्रेसलाई स्वीकार्य हुन्न ।’

केन्द्रलाई लाग्छ– रोल्पामा कांग्रेस छ र ?

कांग्रेस विभाजित हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकबाट भीमकुमारी बुढा केन्द्रीय सदस्य भएबाहेक रोल्पाबाट केन्द्रीय तहमा पुग्ने नेता छैनन् । १४औँ महाधिवेशनमा रोल्पाका मनोजमणि आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए पनि निर्वाचित हुन सकेनन् ।

पूर्व सांसद आचार्यको बुझाइमा रोल्पामा कांग्रेस छ भन्ने महसुस पार्टी केन्द्रले नै गर्न सकेको छैन ।

माओवादीको उद्गम थलोको परिचय बनाएको थवाङमा कांग्रेस बिस्तार गर्न खटिरहेका स्थानीय नेता कार्यकर्ता केन्द्रसँग रुष्ट देखिए । माओवादीको दबदबा रहेको थवाङका कांग्रेस सभापति खरिलाल डाँगीसँग गुनासोसँगै असन्तुष्टि पनि व्यक्त गरे ।

थवाङमा कांग्रेस छ र यहाँ कांग्रेस बन्न कति मुस्किल छ भनेर केन्द्रीय नेताहरूले नै बुझ्न नसकेको उनको गुनासो छ । कांग्रेसका कारणले थवाङमा विकास निर्माणका यी-यी काम भए भनेर देखाउन सकिने अवस्था पनि नरहेको उनले सुनाए ।

‘केन्द्रका हाम्रा नेताले माखो नमार्ने रहेछन् । २/३ किलोमिटर बाटो खन्न पैसा मागेको, अहँ केही गरेनन्’ डाँगीले भने, ‘थवाङमा ५० रूपैयाँको काम पनि हाम्रा नेताले गरेका छैनन् ।’

जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको गुनासो केन्द्रदेखि वडा तहसम्मका कांग्रेस पंक्तिभित्र छलफल हुन्छ । जनप्रतिनिधि भइसकेपछि पार्टीको सुझाव र परामर्श बेवास्ता गर्ने गरेको अधिकांश नेता कार्यकर्ता गुनासो गर्छन् ।

अर्कोतर्फ, जनप्रतिनिधि सबैको हुनुपर्ने र सीमित स्रोत साधनबाट असीमित काम गर्नुपर्ने बाध्यता पार्टी पंक्तिले नबुझेको जनप्रतिनिहरू गुनासो गर्छन् ।

कांग्रेसले पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध सुधार्न संयन्त्र नै बनाउने निर्णय गरेको छ ।

कांग्रेस सुकिदह सभापति खड्का रोल्पामा भने पार्टी र जनप्रतिनिधि अविश्वासको वातावरण नभएको सुनाउँछन् । उनको केन्द्रीय नेताहरूलाई आग्रह छ, ‘माथिका नेताहरूले रोल्पामा त कांग्रेस छैन जस्तो भावना राखिदिनु हुन्छ । कुनै भेटघाट गर्नुहुन्न् । पार्टीका माथिका नेताहरू गुट उपगुट भएर नआइदिए हुने थियो ।’

एकपक्षीय ढंगले काम गर्ने माओवादी आर्थिक अनियमिततामा पनि मुछिँदै गएकाले मत गुमाइरहेको रोल्पा कांग्रेसको विश्लेषण छ ।

केन्द्रले बेवास्ता गरिरहेको गुनासोका बीच रोल्पा कांग्रेसले महामन्त्री गगन थापालाई निम्त्याएर ११ फागुनमा दोस्रो जिल्ला सम्मेलन तथा सभा गरेको छ । १५ वर्षपछि रोल्पा पुगेका महामन्त्री थापाले सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्रको गुट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रोल्पामा संगठन गर्न कठिनाइ रहेको आफूले बुझेको भन्दै उनले कार्यकर्तालाई ढाडस दिए । ‘आफन्त, सम्पत्ति र घरबार गुमाउनुभएको छ,’ उनले भने, ‘तैपनि रत्तिभर विचलित नभई टिकाउनुभएको छ । तपाईंहरूलाई म कोटी कोटी नमन गर्न चाहन्छु ।’

‘माओवादीलाई उपभोक्ता समितिको बल’

युद्धकालीन संरचना र शक्तिको बलमा माओवादी केन्द्र रोल्पामा पहिलो दल बनिरहेको छ । सशस्त्र द्वन्द्वको १० वर्षे अवधिमा अन्य दलहरू संगठन निर्माणमा क्रियाशील हुन सकेनन् । त्यही बेलाको ब्याज माओवादीले अहिले पनि प्राप्त गरिरहेको पूर्व सांसद लेखनाथ आचार्य बताउँछन् ।

एकपक्षीय ढंगले काम गर्ने माओवादी आर्थिक अनियमिततामा पनि मुछिँदै गएकाले मत गुमाइरहेको रोल्पा कांग्रेसको विश्लेषण छ ।

२०५६ सालमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्य माओवादीको डर धम्की अहिले पनि कायम रहेको दाबी गर्छन् । माओवादीमा युद्धकालीन धङ्धङ्गी कायम हुँदा कांग्रेसको मनोबल बढ्न नसकेको आचार्य सुनाउँछन् ।

रोल्पामा माओवादीले उपभोक्ता समिति मार्फत आफ्नो बर्चश्व कायम राखिरहेको कांग्रेस नेताहरूको बुझाइ छ । विकास आयोजनामा उपभोक्ता समिति बनाउनुपर्ने र त्यसमा माओवादीका स्थानीय नेता कार्यकर्ताले पकड जमाइरहेको आचार्यले बताए ।

रोल्पा कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन पुगेका महामन्त्री गगन थापा कार्यकर्ताहरूको भीडमा ।

माओवादीका स्थानीय नेताहरू आर्थिक अनियमिततामा अभ्यस्त रहेकाले उनीहरू उपभोक्ता समिति छाड्न नमानिरहेको आचार्यको आरोप छ । ‘उपभोक्ता समितिमा बस्न नपाउने हो भने अहिले माओवादीमा रहेका ९० प्रतिशतले दल बदल्छन्,’ उनले भने ।

युद्धकालमा माओवादीले देखाएको सपना र अहिलेको व्यवहारमा आकाश जमिनको फरक रहेको कांग्रेसको बुझाइ छ ।

कांग्रेस माडीका सभापति नवराज डाँगी माओवादीको युद्धकालीन प्रतिबद्धता र अहिलेको व्यवहार ठिक उल्टो रहेको जिकिर गर्छन् । डाँगीका अनुसार माओवादीप्रति जनताको मत घट्दै जानुमा शहीद मार्ग पनि हो । २०७०/७१ सालमै कालोपत्रे हुनुपर्ने सडक निर्माण अलपत्र पर्दा रोल्पाली जनताले अत्यधिक सास्ती बेहोरिरहेको उनले सुनाए ।

‘राज्यले पानी बगाए जसरी पैसा लगाएको छ तर, बाटो अलपत्र छ’ डाँगीले प्रश्न गरे, ‘अनि माओवादीप्रति कसरी जनमत बढ्छ त ?’

घोराही–नुवागाउँ–तिला–घर्तीगाउँ–थवाङ–मैकोटसम्मको सडकलाई शहीद मार्ग नामाकरण गरिएको छ । यो सडकको निर्माण आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएको थियो ।

कांग्रेस र माओवादी विवाद कार्यपालिका बैठकमा समेत देखिने गरेको छ । कार्यपालिकामा माओवादीको बहुमत हुँदा कांग्रेसका अधिकांश प्रस्ताव अस्वीकृत हुन्छ । यसले दुई दलबीचको दूरी थप बढिरहेको जिल्ला तहका नेताहरू बताउँछन् ।

माडी गाउँपालिका सचिव दीपेन्द्र डीसी माओवादीले कार्यपालिकामा एकलौटी निर्णय गर्ने गरेको सुनाउँछन् । माडी पालिकाकै वडा सदस्य समेत रहेका डीसी भन्छन्, ‘कार्यपालिकामा उनीहरूले लगेको प्रस्ताव निर्णय हुन्छ । हाम्रो चाहनाअनुसार निर्णय गराउनु त कल्पना बाहिरको कुरा हो । माओवादीहरू हाम्रो प्रस्ताव सुन्नै नचाहेपछि गाउँसभा नै बहिष्कार गर्नुपर्ने अवस्था बन्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM