२०८३ बैशाख २ गते, बुधबार ०९:४६

पशुपतिमा महाशिवरात्रि विशेष पूजा, १५ हजार १ सय तिरे लाइन बस्‍न नपर्ने !

१३ फागुन, काठमाडौं। महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । उहाँहरूले बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सक्नुहुन्छ।’

विशेष पूजामा के के सामग्री हुन्छन् ?

कोषका परिषद सदस्य एवं प्रचारप्रसार समितिका संयोजक राजु खत्रीका अनुसार महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् ।

उनले यसवर्ष बालभोगसहित पञ्चामृत पूजा,  रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हटाइएको बताए । उनले भने, ‘ यसवर्ष विशेष पूजाका विभिन्‍न प्रकार हटाई एक प्रकारको मत्रै विशेष पूजा राखिएको छ। जसमा पञ्चामृत विशेष पूजा रहनेछन् ।’

१५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ ।

कसरी सहभागी हुन सकिन्छ ?

शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने प्रचारप्रसार संयोजक खत्रीले बताए ।

उन‍का अनुसार विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । ‘ पहिला विशेष पूजाका धेरै प्रकार हुन्थे। तर यसवर्ष एक प्रकारको मात्रै विशेष पूजा भएकाले २ सय जना मात्रै भाग लिन पाउने व्‍यवस्था गरेका छन् ।

विशेष पूजा कुन प्रहरदेखि सुरू हुन्छ ?

शिवरात्रिको साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म विशेष पूजा चल्ने प्रसारप्रसार प्रमुख राजु खत्रीले बताए ।

उनले भने, ‘महाशिवरात्रिमा विशेष पूजा गर्नाले  शिव तत्व र सत्वगुणको प्रधानता प्राप्त हुन्छ । यो प्रहरमा पूजा, प्रार्थना, सन्ध्यावन्दन, ध्यान आदि गर्नु लाभदायी हुन्छ । यो बेला घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी हुन्छ।यसैकारण  साँझदेखि विशेष पूजा गर्ने व्यवस्था मिलाएका हौं।’

शिरात्रिमा डिजिटल भेटी पनि चढाउन मिल्ने

पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेला भक्तजनले आफूले इच्छाएको भेटी डिजिटल रुपमा पनि चढाउन पाउनेछन् । आफुले इच्छाएको भेटी डिजिटल वालेट ई-सेवा, मोबाइल बैंकिङ लगायतबाट पनि चढाउन पाउने प्रसारप्रसार प्रमुख राजु खत्रीको भनाइ छ ।

उनले भने, ‘यसपटक हामीले डिजिटल भेटी चढाउन मिल्‍ने गरी प्रबन्ध मिलाएका छौँ। यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन साथै भेटी चढाउन सजिलोस होस् भनेर नै ईसेवा लगायतका वालेट राखिदिउका छौं। सभकर स्मार्ट तरिकाले भेटी चढाउन पाओस् भन्ने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ।’

उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे ।

‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ’, संयोजक खत्रीले भने ।

उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिए । उनका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौंको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।

तस्वीरहरु : रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM