२०८२ मंसिर २१ गते, आईतवार २१:२१

महाशिवरात्रिमा रौतहटका शिवालयमा श्रद्धालुहरूको घुइँचो

– राधेश्याम साह

फाल्गुन १४, रौतहट

महाशिवरात्रिको पावन अवसरमा रौतहटका प्रमुख शिवालयहरूमा भक्तजनहरूको घुँइचो लागेको छ। ऐतिहासिक तथा धार्मिक स्थल शिवनगर महादेव मन्दिर, गौर नगरपालिकास्थित बानेश्वर मन्दिर, मौलापुरको पतौराधाम महादेव मन्दिरलगायतका स्थानहरूमा बिहानैदेखि हजारौं श्रद्धालु भगवान् शिवको पूजा-अर्चना तथा जलाभिषेकका लागि लामबद्ध भएका छन्।

रौतहटको शिवनगर महादेव मन्दिरमा विशेषगरी महिला, पुरुष, निराहार व्रतालु एवं काँवर बोकेका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको छ। रौतहट, सर्लाही, बारा, पर्सा जिल्लाका साथै छिमेकी भारतबाट आएका लाखौं भक्तजनहरूले पूजापाठ एवं जलार्पण गरेका छन्।

पतौराधाममा मधानी महायज्ञ, नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउने विश्वास

मौलापुर नगरपालिकाको पतौराधाम महादेव मन्दिर परिसरमा आयोजित मधानी महायज्ञ नेपाल तथा भारतका हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बनेको छ। महायज्ञलाई भगवान् शिव र पार्वतीको विवाह उत्सवको रूपमा मनाइन्छ, जसले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको छ। मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहका अनुसार, यो महायज्ञले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

“नेपाल र भारतका लाखौं श्रद्धालुहरू दर्शनका लागि यहाँ आउने भएकाले यसले दुई देशबीचको सम्बन्धलाई अझ मधुर बनाउँछ,” मेयर साहले भनिन्।

बानेश्वर मन्दिर: धार्मिक आस्थाको केन्द्र

रौतहटकै महत्वपूर्ण धार्मिक स्थलमध्ये एक गौर नगरपालिकास्थित बानेश्वर मन्दिर भक्तजनहरूको लागि आकर्षणको केन्द्र बन्न पुगेको छ। महाशिवरात्रिका दिन मात्र नभई प्रत्येक आइतबार तथा अन्य धार्मिक पर्वहरूमा समेत यहाँ भक्तजनहरूको भिड लाग्ने गर्दछ।

महाशिवरात्रिका अवसरमा विशेष रूपमा श्रीमान्को दीर्घायु तथा आत्मसन्तुष्टिका लागि व्रत बस्ने महिला श्रद्धालुहरू पूजा आराधनाका लागि शिवालयहरूमा देखिएका थिए।

शान्ति सुरक्षा र स्वास्थ्य शिविर

शिवनगर मन्दिर परिसरमा दर्शनार्थीहरूको सुविधाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। मेलामा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय रौतहटका सुरक्षाकर्मीहरू, साथै ईप्रका शिवनगर र गरुडाका प्रहरी टोलीहरू परिचालित थिए।

महाशिवरात्रिको अवसरमा रौतहटका शिवालयहरूमा देखिएको भक्तजनको उत्साह तथा धार्मिक आस्था झल्काउने यो माहोलले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM