२०८२ असार २७ गते, शुक्रबार १६:५६

सुजता कोइराला नेतृत्वको नेपाली कांग्रेस प्रतिनिधिमण्डलको चीन भ्रमण: छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता

काठमाडौँ/नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइरालाको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली कांग्रेस प्रतिनिधिमण्डलले सिचुवान प्रान्तका प्रमुख नेताहरूसँग छेन्दुमा अर्थपूर्ण छलफल गरेको छ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटनलगायत क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको नेता बर्मा लामाले जानकारी दिए।

नेतृ कोइरालाले लिखित मन्तव्य प्रस्तुत गर्दै चीनलाई नेपालका लागि असल छिमेकीको रूपमा चित्रित गरिन्। साथै, चीनको चासोका विषयमा नेपाली कांग्रेस तथा नेपाल सरकार सँधै सचेत रहेको स्पष्ट पार्दै उनले चीनले नेपालमा पुर्‍याउँदै आएको योगदानप्रति आभार व्यक्त गरिन्।

भेटमा सहभागी कांग्रेसका नेताहरू बर्मा लामा, किरण यादव र देवराज चालिसेका अनुसार यो भेटवार्ताले नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नेछ।

यस बैठकमा नेपाली कांग्रेसका १५ जना प्रतिनिधिहरू सहभागी थिए भने चिनियाँ पक्षबाट सीपीसी सिचुवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, विदेश विभागका निर्देशक झाङ फेनसहित आठ जना नेताहरू उपस्थित थिए

चिनियाँ नेताहरूले नेपालसँगको सांस्कृतिक सहकार्य तथा विकासलाई अघि बढाउन इच्छुक रहेको बताउँदै आपसी मित्रतालाई अझै प्रगाढ बनाउने धारणा व्यक्त गरेका थिए।

भेटवार्ताअघि कोइराला नेतृत्वको टोलीले सिचुवानको प्रसिद्ध संग्रहालय र सांस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो।

नेतृ कोइरालाका अनुसार प्रतिनिधिमण्डल चार दिन छेन्दुमा बसेपछि बेइजिङ प्रस्थान गर्नेछ, जहाँ थप चिनियाँ नेताहरूसँग सौहार्दपूर्ण भेटवार्ता तय गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM