२०८३ बैशाख ४ गते, शुक्रबार ०५:५०

ट्रम्पले बराबरी भन्सार लगाउँछु भनेपछि तनावमा भारत

१४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूले अमेरिकी वस्तुलाई जति भन्सार लगाएका छन्, आफूले पनि त्यति नै लगाउने (पारस्परिक भन्सार– रेसिप्रोकल ट्यारिफ) घोषणा गरेपछि त्यसबाट भारत चिन्तित बनेको छ ।

अमेरिका भारतको दोस्रो ठूलो व्यापारिक साझेदार हो । अमेरिकामा भारतले सहुलियतपूर्ण बजार पहुँच पाइरहेकाले ऊसँगको व्यापारमा भारतले नाफा आर्जन गरिरहेको छ ।

सन् २०२४ मा भारतले अमेरिकामा ७७ अर्ब ५२ करोडको सामान निर्यात गरेको थियो भने ४० अर्ब ७७ करोड डलरको सामान आयात गरेको थियो । सो वर्ष अमेरिकासँग भारतको व्यापार ३६ करोड ७४ लाखले नाफामा थियो ।

यो वर्ष थोरै अंकले मात्रै चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्न पुग्यो । नत्र सन् २०२१ देखि अमेरिका नै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो ।

ट्रम्पले पारस्परिक भन्सारलगाउने घोषणा गरेको सन्दर्भमा ऊसँगको व्यापारिक सम्बन्ध बिग्रन नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गरी ट्रम्पसँग वार्ता गरेका थिए ।

त्यसक्रममा अमेरिकासँग भारतले एफ–थर्टीफाइभ जेटलगायत सैन्य सामग्री लगायत खरिद गर्ने घोषणा मोदीले गरेका थिए । अमेरिकाले भारतलाई पारस्परिक भन्सार नलगाओस् भन्ने उद्देश्यले मोदीले यस्तो डिल गरेका थिए ।

तर, मोदीको भ्रमणको डेढ सातापछि राष्ट्रपति ट्रम्पले फेरि पनि भारत, चीनलगायत मुलुकलाई पारस्परिक भन्सार लगाउने कुरा दोहोर्‍याए ।

अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकको पदभार ग्रहण समारोहमा उनले ‘आफ्नो प्रशासनले चाँडै नै रेसिप्रोकल ट्यारिफको नीति लागु गर्ने’ बताए ।

‘हामी चाँडै रेसिप्रोकल ट्यारिफ लगाउने छौं । त्यो भनेको हाम्रा व्यापारिक साझेदारले हामीलाई जति भन्सार लगाउँछन्, हामी पनि त्यति नै लगाउँछौं । रेसिप्रोकलको अर्थ उनीहरू हामीलाई शुल्क लिन्छन्, हामी पनि उनीहरूसँग त्यति नै शुल्क लिन्छौं । यो अति नै सामान्य छ,’ ट्रम्पलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ ।

अमेरिकाले यसअघि कहिल्यै पनि यस्तो भन्सार नीति नलिएको तर अब भने त्यसो गर्न तयारी अवस्थामा रहेको उनले बताएका थिए ।

यसअघि १४ फ्रेबुअरीमा सकिएको मोदीको अमेरिका भ्रमणमा पनि ट्रम्पले सोही सन्देश दिएका थिए । अमेरिकाको भन्सार नीतिबाट भारतलाई मात्रै अलग गर्न नसकिने उनले बताएका थिए ।

‘मैले हामी के गर्दैछौं भनेर प्रधानमन्त्री मोदीलाई भनेको छु, जति तिमीले शुल्क लिन्छौ, हामी पनि त्यति नै लिन्छौं,’ ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए ।

भारतले आफ्नो मुलुकमा हुने आयातमा औसतमा १७ प्रतिशत भन्सार लिने गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । तर, वस्तुअनुसार त्यो दर फरक छ ।

ह्वाइटहाउसले तयार पारेको फ्याक्टसिटअनुसार मस्ट फेवर्ड नेसन (एमएफएन) का रूपमा अमेरिकाले भारतका कृषि उपजमा ५ प्रतिशत भन्सार लगाइरहेको छ । तर, भारतले एमएफएनमा औसत ३९ प्रतिशत भन्सार लगाइरहेको अमेरिकाको भनाइ छ ।

‘भारतले अमेरिकी मोटरसाइकलमा शतप्रतिशत भन्सार लगाइरहेको छ, जबकि अमेरिकाले भारतीय मोटरसाइकलमा २.४ प्रतिशत मात्रै भन्सार लगाउँछ,’ ह्वाइटहाउसले उल्लेख गरेको छ ।

अमेरिकाको यो चासोलाई सम्बोधन गर्न भारतले मोटरसाइकल तथा ह्विस्कीको भन्सार दरमा छुट दिइसकेको छ।

भारतले अमेरिकासँग छुट्टै व्यापार वार्ता गरी ऊसँगको व्यापारलाई सौहार्द बनाउन खोजिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विगतमा अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेकोमा त्यो स्थान चीनले लिइसकेको छ । अमेरिकासँग भारतको व्यापार नाफामा रहँदा चीनसँग भने ठूलो मात्रामा घाटामा रहेको छ । यस्तो भूराजनीतिक परिस्थतिबीच भारत अमेरिकासँगको व्यापार नगुमोस् भन्ने चाहन्छ ।

अमेरिकाले भन्सार थप्दा त्यसले भारतको निर्यात प्रभावित बन्न सक्छ । अमेरिकाले भारतलाई कृषिउपज लगायतमा भन्सार शुल्क घटाउन दबाब दिइरहेको छ । भारतले पनि अमेरिकासँग खुला व्यापार सम्झौताको वार्तालाई अघि बढाउन चाहेको छ ।

अमेरिकाले वस्तुअनुसार भन्सार लगाउँछ कि देशअनुसार लगाउँछ भनेर भारतीय अधिकारीहरूले हेरिरहेको टाइम्स अफ इन्डियाले उल्लेख गरको छ ।

भारतले अमेरिकासँग छुट्टै व्यापार वार्ता गरी ऊसँगको व्यापारलाई सौहार्द बनाउन खोजिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अमेरिकाले रेसिप्रोकल भन्सारदर लगाएको अवस्थामा त्यसले भारतमा पार्ने प्रत्यक्ष प्रभाव व्यवस्थापन गर्न सकिने खालको हुने भए पनि त्यसले व्यावसायिक आत्मबल घटाउँदा हुने अप्रत्यक्ष प्रभाव चिन्ताको विषय रहेको अन्तर्राष्ट्रिय ब्रोकरेज मोर्गान स्टान्लीले जनाएको छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) ले पनि पारस्पिरिक भन्सारले भारतको निर्यातमा उल्लेखनीय प्रभाव नपर्ने बताएको छ ।

‘भारतले पिस्ता आयातमा ५० प्रतिशत भन्सार लगाउँछ, अमेरिकाले पनि त्यति नै भन्सार लगायो भने भारतलाई कुनै असर पर्दैन । किनभने उसले अमेरिकामा पिस्ता निर्यात गर्दैन,’ जीटीआरआईले जनाएको छ ।

अमेरिकाले भारतमा निर्यात गर्ने ७५ प्रतिशत वस्तुमा ५ प्रतिशतभन्दा कम भन्सार भएको जीटीआरआईका संस्थापक अजय श्रीवास्तवलाई उद्धृत गर्दै द हिन्दूले जनाएको छ।

‘जबकि, श्रममा आधारित उत्पादनहरू टेक्सटाइल, गार्मेन्ट, जुत्ताचप्पल लगायतमा अमेरिकाले भारतलाई १५ देखि ३५ प्रतिशतसम्म भन्सार लगाउँछ,’ उसले भनेको छ ।

तर, अमेरिकाले अप्रिलबाट रेसिप्रोकल भन्सार दर लगाउने उच्च सम्भावना रहेको अवस्थामा भारतले बेलायत तथा युरोपको बजारमा आफ्नो निर्यात बढाउने प्रयास पनि गरिरहेको छ । उसले बेलायत र युरोपेली युनियनसँग खुला व्यापार सम्झौताको वार्ता सुरु गरेको छ ।

अहिले ईयूकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भारत भ्रमणमा छिन् । उनको भ्रमणका क्रममा ईयूले ह्विस्की, वाइन, अटोमोबाइल लगायत वस्तुको भन्सार कम गर्न भारतलाई आग्रह गरेकी छन् । युरोपको ठूलो निर्यातका रूपमा रहेका यी वस्तुमा भारतले उच्च दरमा भन्सार लगाउने गरेको छ ।

ईयू अध्यक्षसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदी ।

भारत र ईयूबीच विस्तृत र व्यावसायिक रूपमा अर्थपूर्ण व्यापार सम्झौताको तयारी भइरहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

आगामी साता बेलायतका व्यवसाय तथा व्यापार राज्यमन्त्री जोनाथन रेनोल्ड्स तथा भारतको भ्रमण गर्दै छन् ।

उनको भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौताका विषयमा वार्ता हुने द हिन्दू बिजनेसलाइनले उल्लेख गरेको छ ।

सन् २०२२ मा बेलायतसँग सुरु भएको खुला व्यापार सम्झौताको वार्ता बेलायत र भारतबीचको व्यापार दोब्बर अर्थात् १ खर्ब डलर पुर्‍याउने लक्ष्य लिइएको छ।

ट्रम्पको रेसिप्रोकल ट्यारिफको नीतिले भारतमात्रै होइन, बेलायत, ईयूलगायत पनि प्रभावित हुने हुनाले यी वार्ता दुवै पक्षको हितमा देखिन्छन् ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसो हुँदा बाँकी विश्वसँग भारतको व्यापारिक सम्बन्धले नेपालको व्यापारलाई पनि नश्चित रूपमा प्रभाव पार्ने छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM