२०८३ बैशाख २ गते, बुधबार १०:२५

सय वर्षको उमेरमा बेलायतबाट नेपाल आएका थिए शिवपुरी बाबा

आज महाशिवरात्री पर्व । हिन्दु धर्ममा शिवरात्रिको विशेष महत्व छ । पौराणिक र धार्मिक मान्यताअनुसार महाशिवरात्री पर्व शिव लिङ्ग उत्पति, शिव-पार्वतीको विवाह र समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले सृष्टिलाई संकटबाट बचाएका कारण शिवको महिमा गाउँदै शिवरात्रि मनाइन्छ ।

महाविरात्री पर्व मनाउन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा सामान्‍य मानिस मात्रै होइन, जोगी र साधु-सन्तहरुको चहलपहल हरेक वर्ष हुन्छ । सान्धु-सन्तहरू छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानबाट आउने गर्छन् ।

हरेक वर्ष थरीथरीका साधु-सन्त, जोगी तथा नागा बाबाहरू पशुपतिनाथको दर्शन मात्रै होइन, शिवको महिमा र शिवतत्वको खोज गर्न नेपाल आउने गरेका छन् । यो क्रम वर्षौंदेखि चलिआएको छ ।

शिवपुरी बाबा पनि स्वधर्म र सच्चा गुरूको खोज गर्दै विश्व भ्रमण गरिसकेपछि सय वर्षको उमेरमा नेपाल प्रवेश गरका थिए ।

पृष्ठभूमि

‘शिवपुरी बाबा’ भन्‍ने बित्तिकै एक आध्यात्मिक चिन्तकको चित्र मानसपटलमा आउँछ जो प्राचीन तीर्थयात्री पनि थिए। सन् १८७५ देखि सन् १९१५ सम्म ४० वर्ष उनले पृथ्वीको परिक्रमा गरे, पैदलै । भू-मध्‍यरेखाको चारैतिरको २५ हजार माइलभन्दा बढी भ्रमण गरिसकेका शिवपुरी बाबा सय वर्षको उमेरमा नेपाल पसेका थिए।

काठमाडौं उत्तरको शिवपुरी जंगलमा उनी आफ्नो आश्रम बनाएर बसे । धेरै वर्ष शिवपुरी डाँडामा तपस्या गरेर बसेपछि उनलाई भक्तजनले ‘शिवपुरी बाबा’ भनेर सम्बोधन गर्न थाले ।

सय वर्षका भए पनि शिवपुरी बाबाको अनुहारमा चमक, बोलीमा धैर्यता र प्रेम झल्किन्थ्यो। उनी आफ्नो शिक्षामा मानव शरीर, मन र आत्मालाई जोड्थे । भारतका केरलामा जन्मेका गोविन्दानन्द भारती कालान्तरमा ‘शिवपुरी बाबा’को नामले प्रख्‍यात भए।

यसअघि शिवपुरी बाबा बनारसमा पुगेर पण्डित मदनमोहन मालबियसँग केही दिन बसेका थिए। बनारस विश्‍वविद्यालय स्थापना गर्न पण्डितजीले जम्मा गर्न लागेको कोषमा बाबाले ५० हजार रुपैयाँ चन्दास्वरुप दिए । विश्‍वविद्यालयको कुलपतिको पद प्रदान गरिए पनि आफू सन्यासी भएको भन्‍दै उक्त पद शिवपुरी बाबाले अस्वीकार गरेका थिए।

तीर्थयात्राको अन्तिम कर्तव्‍य बाँकी थियो- त्यो हो सन्यासीको रुपमा आफ्नो घरआँगनमा पुग्‍ने। उनी आफ्नो घर केरला पुग्दा ७० वर्ष भ्रमणमै बितिसकेको थियो। त्‍यहाँ यस्तो परिवर्तन भइसकेको थियो कि, उनले आफ्नो घरआँगन समेत पत्ता लगाउन सकेनन्।

सन्यास लिनुअघि पैतृक सम्पत्तिको अधिकार उनले आफ्नी जुम्ल्याहा बहिनीको नाममा इच्छापत्र गरेका थिए। आफ्नो घर वा बहिनीको घरको नामोनिसान बाँकी थिएन। उनको परिवार उनीसँगै समाप्त हुन्छ भन्‍ने हजुरबुबाको भविष्यवाणी पूरा भयो । हजुरबुवाले सुरक्षित राखेका धन अझ केही बाँकी थिए । नर्मदा जंगलमा पसी त्यो बाँकी धन पनि जमिनमा गाडेर उनले विसर्जन गरे।

आखिरमा आफ्ना सम्पूर्ण कर्तव्‍यहरु सकिए। उनले नेपालको जंगलमा गएर बस्न‍े निधो गरे। यसपालि मनुष्‍य सम्पर्कबाट हटेर होइन, कायम गरेर बस्‍ने पक्का गरे। तर एउटा अनपेक्षित बाधा आइपर्‍यो । त्यो हो, भारतबाट महाशिवरात्रि पर्वमा नेपाल पसेका तीर्थयात्रीहरुलाई एक सप्ताहभन्दा बढी नेपालमा बस्न नदिने । प्रत्‍येक मार्च महिनामा हुने शिवरात्रिमा आउने तीर्थयात्रीहरुमा भारतका पहाडका घाँटीबाट धेरै साधुहरु र केही धार्मिक गृहस्थहरु हुन्थे।

जब उनलाई भारत फर्कने बेला आयो भनेर सूचित गरियो, बाबाले जान मन्जुर गरे। तर पुलिस अड्डामा जाँदाजाँदै, जुन घोडागाडी त्यही बाटोबाट गइरहेको थियो। त्‍यसको झ्यालबाट एउटा अंग्रेज भलाद्‍मीले बोलायो, ‘तपाई गोविन्द होइन र ?’ त्यो त्यही विल्किन्सन थियो जो २० वर्षअघि बेलायतमा भेटेको स्कुलमा पढ्ने ठिटो थियो।

‘स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने लगायत परमात्मा चिन्तनका विविध विषय समाविष्ट छ, जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरीर ठिक गर्नुपर्छ’, उनी भन्थे ।

शिवपुरी बाबालाई चिन्‍न गाह्रो भएन। किनभने सय वर्षको उमेरमा पनि उनको ढाड सोझो नै थियो, त्यही कालो केश र त्‍यही आश्चर्यजनक आँखा थिएँ। जुन ५० वर्षअघि  भेट्दा पनि उस्तै थिए।

त्यसबेला विल्किन्सन नेपालको आवासीय राजदूत भइसकेका थिए र त्यस बेलाका शासकसँग उनको घनिष्ठ दोस्ती पनि थियो। आफ्ना मित्रका लागि उनले विशेष छुट प्राप्त गरे। अब गोविन्दानन्दले नेपालको राजधानी काठमाडौँबाट अलिपर शिवपुरी डाडाँमा बसोबास गर्न पाए।

गोविन्दानन्द भारतीको नाम अब छुट्न गयो। जसरी उनले ८० वर्षअघि आफ्नो पारिवारिक तथा ब्राह्मणकूलको नामलाई छाडेका थिए, शिवपुरी जंगलमा बस्‍ने वृद्ध सन्त भएकाले नेपालीहरुका लागि उनी अब शिवपुरी बाबा भए। यसै नामले अवशेष ३८ वर्षसम्‍मको जीवनमा उनी परिचित थिए।

भ्रमणका क्रममा उनी बेलायत पुग्दा महारानी भिक्टोरियाको राज्यकाल थियो। उनी बेलायतमा ४ वर्षसम्म रहँदा महारानी भिक्टोरियासँग १८ पटकसम्म भेट भएको रहेछ । बाबाको कोलकातामा स्वामी श्रीरामकृष्ण तथा बरोदामा स्वामी श्री अरविन्द, पेरिसमा म्याडम क्युरी तथा इटालीमा मार्कोनी आदिसँग भेट भएको थियो। जानकारहरु विख्यात वैज्ञानिक आइन्सटाइनले पनि बाबासँग भेट गरेको दाबी गर्छन् ।

बाबा सबै धर्म मान्नेहरूका लागि समान थिए । उनी इस्लाम धर्म मान्नेहरूसँग कुरा गर्दा कुरानकै बारेमा र हिन्दूधर्म मान्नेहरूसँग कुरा गर्दा हिन्दू धर्मशास्त्रकै प्रसङ्ग, क्रिस्चियन धर्मावलम्बीहरूसँग बाइबलकै दृष्टान्त र बुद्धधर्म मान्नेहरूसँग प्रज्ञा, शील, समाधि आदिकै बारेमा व्याख्या गर्थे । यसले गर्दा विभिन्न मतअनुसारका अनुयायीका जिज्ञासाको सजिलैसँग समाधान हुन्थ्यो।

बाबाले कसैलाई पनि मन्त्र दिक्षा दिएनन्। बाबाको शिक्षालाई स्वधर्म भनिन्छ। बाबाले स्वधर्मलाई (शारीरिक, मानसिक र अध्यात्मिक) तीन किसिमको अनुशासन पालना गर्नुपर्छ भनेर शिक्षा दिन्थे। ‘स्वधर्ममा मानिसलाई आफ्नो शरीर रक्षाका लागि अपनाउनुपर्ने लगायत परमात्मा चिन्तनका विविध विषय समाविष्ट छ, जसअनुसार मानिसले सबभन्दा पहिले आफ्नो शरीर ठिक गर्नुपर्छ’, उनी भन्थे ।

जीवन व्यवहार चलाउनको लागि कुनै पेसा गर्नुपर्छ। अनि यति गरेर बाँकी रहेको समय परमात्माको भजन-कीर्तन (धारणा, ध्यान, समाधि) आदिको अभ्यास गर्दै परमात्माको चिन्तन बढाउँदै जानुपर्छ, यसरी परमात्माको चिन्तन बढ्दै गएपछि समाधि बस्न सकिन्छ। एक/दुई प्रहरको अखण्ड समाधिमा रहेपछि र परमेश्वरको परमकृपा भएपछि उनको दर्शन मिल्छ।

जब तपाईं मौन ध्यानमा रहेर परमात्मा चिन्तनमा नै रमाइरहनुहुन्छ तब परमात्माको जाज्वल्यमान ज्योति तपाईंको अगाडि प्रकट हुन्छ, जुन तपाईं स्वयंले अनुभूति गर्नुहुन्छ तर त्यसलाई शब्दमा भने वर्णन गर्न सक्नुहुन्न ।’

उनले दिएको स्वधर्मलाई आफ्ना अनुयायीहरुले पालना गरिरहेका छन् ।

बाबालाई भेट्न राजा, मन्त्रीहरु पनि पुग्थे। कुनै महात्मा गधा चढेर आउँथे, कोही नबोली आउँथे, कोही हात माथि राखेर ठाडै पारेर आउँथे । माधव बाजेका अनुसार एक जवान पुरुष शिवपुरीमा आउँथे। आएपछि सत्संग बेदना आदि बाबालाई पोखे। बाबासँग ६-७ दिन संगत गरेपछि माधव बाजेलाई मैले पाएको कुराको अभ्यास र तपस्या गर्न हिमालय बद्रिनारायण बद्रिनाथतिर जान्छु र हरिद्वार पुगेपछि एउटा चिठ्ठी पठाउँछु भनेर निस्किए।

त्यो चिठ्ठीको विषय बाबालाई सुनाइदिनु भने । अन्तिममा ती जवान युवकले भने, ‘हेर माधव तिमीले मलाई जवान देखेका छौ । तर मेरो उमेर ७०० वर्ष भइसकेको छ । यो आध्यात्मिक क्षेत्रमा परमात्माको दर्शन नगरी उमेर मात्र बढी भएर काम छैन। त्यसैले तिमी भाग्यमानी रहेछौ यस्तो महान पुरुषको सेवा गरिरहेका छौं,’ भन्दै आशिर्वाद दिए।

३७ वर्ष काठमाडौं उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुँदै करिब ११ वर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधिस्थलमा बिताए ।

भोलिपल्ट बाबाले ती युवालाई तलसम्म पुर्‍याएर आउ भनी आदेश दिए । दुवै आश्रमबाट निस्किए र बीच बाटोमा आएपछि ती युवक कता अलप भए माधव बाजेले थाहा पाएनन् । त्यसको एक महिनापछि हरिद्वारबाट चिठ्ठी पनि आयो।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन भारतका उप-राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् श्रीबाबाको दर्शनका लागि आश्रम पुगेका थिए। आफ्नो बसाइका लागि तयार गरेको राजकीय अतिथि गृह नगई सीधा बाबाको कुटीमा पुगेका उनले करिब आधा घण्टा बिताएका थिए।

बाबासँग उनले ‘बाबा, हजुरको शिक्षा के हो ?’ भन्ने प्रश्न गर्दा उहाँले ‘म शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन अनुशासनका भरमा बताउँछु’ भनी जवाफ दिएका थिए ।

शिवपुरी बाबाले स्वधर्मलाई नै आफ्नो कर्म र वास्तविक गुरू मानेका थिए । उनले सके आफैं नसके अन्धकार हटाउने जोसुकै व्‍यक्ति पनि गुरू मान्न सकिन्छ भन्थे । उनी भन्थे, ‘हामी गुरू भनेको वर्षौंवर्षसम्म तप, ध्यान गरेको, जटाजुट पालेको जोगी सम्झिन्छौं। तर त्यो पूर्णतया गलत हो। मानिस आफ्नो गुरू ऊ स्वयं हो । त्यसपछि उसको स्वधर्म चिन्ने र पहिचान गर्ने/गराउने ( सत्य, शील र समाधि ) जोकोही पनि गुरू हो ।’

त्यसो भए शिव कस्तो गुरू हो भन्‍ने प्रश्‍नमा शिवपुरी बाबा भन्थे, ‘शिव अव्यक्त, निर्गुण र निराकार तर अन्धकार हटाउने ज्‍योति पुञ्ज हो ।सबैलाई समान भावले हेर्ने सत्य, निश्चल र समाधिको शील सिकाउने पवित्र पुरूष हो शिव।’

३७ वर्ष काठमाडौं उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुँदै करिब ११ वर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधिस्थलमा बिताए । शिवपुरी बाबा त्यतिबेला भन्थे, ‘नेपाल तपोभूमि  हो। त्‍यसकारण कालान्तरसम्‍म यहाँ तपस्वीहरू तपस्याका लागि आउँछन् । यहाँका वनमा तपस्वीहरू अदृश्य रूपले तपस्यामा तल्लीन भइरहेका छन्।’

बाबा ऋतु अनुसार करिब ५ बजे उठ्थे । आफू शौचबाट निवृत्त भएर गाईको दूधको चिया खान्थे । शरीरको आवश्यकताअनुसार खाना लिन्थे । सिजनको तरकारी आलु, साग आदि खान्थे।

बिहान शिरमा घाम नपर्ने गरी शरीरमा घाम पारेर मेचमा बस्थे। उक्त मेच अहिले पनि समाधि स्थलमा राखिएको छ । बेलुकाको ४ बजेतिर गाईको दूध सेवन गरेपछि कुटीभित्र बस्थे । परमात्माका विषयमा कुरा गर्न आएकासँग मात्र कुरा गर्थे।

उनी सधैँ भन्‍ने गर्थे, ‘मानिसको पहिलो कर्तव्‍य भनेको जीवनमा अनुशासन । अनुशासनबिना ध्‍यान सम्भव छै न। यो शरीर छ । यसको लागि नभई नहुने सामानहरुको ज्ञान हुनुपर्‍यो । तपाईंलाई सुत्न, उठ्न, श्‍वास लिन लगायत हजारौं काम छन् शरीरले गर्नुपर्ने । यस्ता  कामलाई नियन्त्रित र आज्ञाकारी समेत बनाउनुपर्छ।’

उनी जहाँजहाँ भ्रमणमा जान्‍थे, मानिसहरुलाई स्वधर्म अर्थात् आफूले गर्नुपर्ने कर्तव्‍यहरु सिकाउँथे । यही नै शिवपुरी बाबाको स्वधर्म थियो। कसैले मन्त्र मागे उनी जीवनमा आफूले गर्नुपर्ने कामको बारेमा सुझाउँथे र भन्थे, ‘ कति खाने, कतिबेर सुत्‍ने, के हेर्ने, के सुन्‍ने सबै कुरा नियन्त्रित र अनुसासित बनाउनुपर्छ। मानिसको यही पहिलो कर्तव्‍य हो, यही मानव मन्त्र हो।’

वि.सं. २०१९ माघ १५ गते सोमबार (इस्‍वी सम्वत् १९६३ जनवरी २८) मा बाबाको स्वर्गारोहण भयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM