२०८२ माघ ९ गते, शुक्रबार ११:१६

मुख्यमन्त्री आचार्यद्वारा पाण्डवश्वर धाममा पूजा अर्चना




रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम धारापानीको मूल मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारापानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भई पूजा गर्नुभएको हो ।

यस अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशूललाई सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो ।

पाण्डवश्वर धाम धारपानी धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । महाभारत कालमा पाण्डवहरू वनवासको क्रममा यहाँ आएर तपस्या गरेको धार्मिक मान्यता छ । सोही कारण यस स्थानको नाम ‘पाण्डवश्वर धाम’ रहन गएको हो। यस मन्दिरमा विशेषगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी तथा अन्य हिन्दू पर्वहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ।

पाण्डवश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । यहाँस्थित प्राचीन गुफा, जलस्रोत र हरियाली वातावरणले पर्यटकहरूलाई समेत लोभ्याउने गरेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM