२०८२ माघ ४ गते, आईतवार २०:०९

लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्य धरौटीमा रिहा

१४ फागुन, पोखरा । लमजुङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट रकम अपचलन गरेको अभियोगमा सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङ पुर्पक्षका लागि थुनामा गएका छन् भने मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले ८५ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।

सहकारीको सेवा केन्द्रको रकम व्यवस्थापकसहित मिलेर संगठित रुपमा अपचलन गरेको आरोपमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा ११ करोड २२ लाख बिगो माग गर्दै ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । त्यही मुद्दामा जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले व्यवस्थापक वीरेन्द्रलाई थुनामा पठाउने र मधुमायालाई धरौटीमा छाड्न आदेश गरेको हो ।

अरु उनीहरुसँग मिलेर रकम अपचलनको अभियोग लागेका अनिशा भण्डारी र तुलमाया तामाङ भने फरार छन् ।

जनकल्याण सहकारीको ङादीको सेवा केन्द्रको रकम अपचलन गरेको अभियोगमा व्यवस्थापक गुरुङ पक्राउ परेका थिए । उनकै बयानका आधारमा गाउँकार्यपालिका सदस्यसमेत रहेकी मधुमायाको पनि संलग्नता देखिएको भन्दै गत मंसिर १७ गते प्रहरीले पक्राउ गरेको थियो ।

मधुमायासँग धेरै कारोबार

व्यवस्थापक गुरुङसहित मिलेर सहकारी सेवा केन्द्रको रकम अपचलन भएको उजुरीपछि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले वित्तीय विश्लेषण गरेको थियो । वित्तीय विश्लेषक निर्मल गौतमले बुझाएको प्रतिवेदनको आधारमा रजिस्ट्रारको कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र पठाएको थियो ।

प्रहरीले अनुसन्धान गरी पठाएको प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलको कार्यालय लमजुङले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा कारबाही गर्न माग गर्दै अभियोजन पत्र पेश गरेको थियो ।

व्यवस्थापक गुरुङको बयान र खाता जाँच गर्दा मधुमायासँग धेरै कारोबार भएको देखिएपछि अनुसन्धान थालेको थियो । उनीसँगै व्यवस्थापक गुरुङबाट धेरै रकम जानेमा अनिशा भण्डारी र तुलमाया तामाङ पनि थिए । व्यवस्थापक गुरुङसँग मिलेर संगठित रुपमा सेवा केन्द्र ठगी गरेको निश्कर्षसहित उनीहरुलाई तीन मुद्दामा कारबाही गर्न माग गरिएको थियो ।

तीन अभियोगमा मुद्दा 

रवि लामिछानेपछि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध तीनवटै अभियोग लागेको यो अर्को घटना हो । अन्य सहकारी ठगीको तुलनामा धेरै कम सवा ११ करोड रुपैयाँ बिगो माग्दै सरकारी वकिलको कार्यालयले तिन वटै मुद्दामा कारबाही गर्न माग गरेको थियो ।

‘व्यवस्थापकसँग मिलेर सेवा केन्द्रको रकम अपचलनमा ४ जनाविरुद्ध अनुसन्धानपछि मुद्दा चलाइएको थियो । व्यवस्थापक गुरुङ पुर्पक्षका लागि थुनामा र मधुमायालाई धरौटीमा छाड्ने आदेश भयो । फरार रहेका अनिशा भण्डारी र तुलमाया तामाङको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी निशान्त श्रीवास्तवले भने, ‘रविपछि तीन वटै मुद्दा चलाइएको यो अर्को घटना थियो ।’

नेकपा एमालेबाट वडा सदस्य जितेकी मधुमाया बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन् । जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको धरौटीमा छुटेकी मधुमायामाथि आरोप थियो । व्यवस्थापक गुरुङले बाहिरका मानिससँग मिलेर सहकारीको रकम ठगेको अभियोजन पत्रमा थियो ।

वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरुविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएर मुद्दा चलाइएको थियो । जनकल्याण बचत तथा ऋण सहकारीको प्रमुख कार्यालय बेंसीशहरले आवश्यक कारबाहीका लागि पत्र काटेको थियो । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदनसहित कागजात प्रहरीलाई पठाएर अनुसन्धान अगाडि बढेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM