२०८२ मंसिर २१ गते, आईतवार ००:५०

नेल्टा सम्मेलनमा २० देशका भाषा विज्ञहरू सहभागी हुने   

काठमाडौँ । करिब १ हजार अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धानदाताहरूको सहभागिता रहने २९ औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरमा सुरु हुँदैछ । 

करिब २० देशबाट प्रतिनिधित्व रहने उक्त सम्मेलनको नेपाल सरकारका उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) ले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टा अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताउनुभयाे । उहाँले विदेशी प्रतिनिधिहरूको आगमन मङ्गलबारदेखि नै हुने बताउनुभयो । 

मेसिन, मानवता र भाषा: अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू हामी ‘यसपटकको सम्मेलन यही मूल विषयमा केन्द्रित भएर छलफल गर्दैछौं’ अध्यक्ष ज्ञवालीले पत्रकारहरूसँग भन्नुभयाे । उहाँका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तर्राष्ट्रिय विज्ञहरूको अङ्ग्रेजी शिक्षा, व्यावहारिक भाषा विज्ञान र विभिन्न विषय बस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुतिहरू रहने छन् । 

सम्मेलनमा नेपाल लगायत बेलायत,  संयुक्त राज्य अमेरिका,  जापान,  सिंगापुर,  मलेसिया,  भारत,  इन्डोनेसिया, बङ्गलादेश,  थाइल्यान्ड, रुस,  मङ्गोलिया, श्रीलङ्का र  नेपाल देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी १ हजार भन्दा बढी सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टाका केन्द्रीय उपाध्यक्ष डाक्टर भीम गौतमले नेपालका तर्फबाट प्राध्यापकहरू तीर्थराज खनिया, जयराज आचार्य, लक्ष्मण ज्ञवाली लगायतले कि नोट स्पिकरका रूपमा सहभागी हुने बताउनुभयाे । गौतमका अनुसार सो अवसरमा ‘नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षाबारे पुनर्विचार नेपालको बहुभाषिक शिक्षा व्यवस्थापन’ शीर्षकमा समेत छुट्टै प्यानल आयोजना हुने छ । 

महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेल्टाका पूर्व अध्यक्षहरू प्राध्यापक मोतिकला देवान सुब्बा, हेमन्तराज दाहाल र महासचिव अशोक सापकोटाले २९ औँ सम्मेलन अवधिभरका विभिन्न गतिविधिबारे जानकारी गराउनुभएकाे थियाे । आयोजकका अनुसार उक्त अवसरमा सङ्गोष्ठि, अन्तर्क्रिया, पोष्टर प्रदर्शनी र कविता सत्र जस्ता कार्यक्रमहरू नेल्टा २९ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा समावेश हुनेछन् । ‘स्लाम पोएट्री’ सेसनमा प्राध्यापक विष्णु एस राई, कवि मोमिला जोसी र नवराज पराजुलीले रचना वाचन गर्नु हुनेछ । 

सात वटा प्रादेशिक समिति र ६० जिल्लामा शाखा विस्तार गरिएको नेल्टा सन् १९९२ मा स्थापित भएको संस्था हो । करिब ५ हजार पाँच सय आजीवन सदस्य रहेको यस संस्थाले अमेरिका, भारत, चीन, बेलायत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, जापान, इजिप्ट, सिङ्गापुर, मङ्गोलिया, स्पेन, रुस, कोरिया लगायतका देशहरूमा भाषा सम्बन्धि काम गर्ने संस्थाहरूसँग सहकार्य गर्दै आएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM