२०८२ मंसिर २३ गते, मंगलवार १२:५९

सही अनुसन्धानले न्याय निरूपणमा सहज : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गर्नका लागि सुझाव दिनु भएको छ ।  

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा जनकपुरधामको आयोजनामा अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बोल्दै सो कुरा बताउनु भएको हो । 

उहाँले अपराध अनुसन्धानको सूक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकता अनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने आवश्यकतामा जोड दिनु भयो ।  

मुख्यमन्त्रीले समयक्रमसँगै अपराधका प्रकृति र आयाममा बदलाव आउँदै गएको र यसले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको अधिकतम उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

उहाँले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेको भन्दै त्यस स्थितिबाट पार पाउन अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने धारणा राख्नु भयो । 

मुख्यमन्त्री सिंहले भन्नुभयो, “प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ ।”शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, विस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उहाँले मधेश प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुनुपर्ने धारणा राख्नु भयो ।  

कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत, मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य सहितका अधिकारीहरू उपस्थित रहनु भएको थियो । सो कार्यक्रममा ८ जिल्लाका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरीहरूको सहभागिता रहेको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM