२०८२ माघ २८ गते, बुधबार ०६:३२

१४औं दक्षिण एसियाली खेलकुदको नयाँ मिति तोकियो, २०२६ को जनवरीमा हुने

१३ फागुन, काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गरिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं सागको मिति मंगलबार सार्वजनिक गरेको हो ।

एसएओसीको मंगलबार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४औं साग आयोजना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

१४औं सागका खेलहरु पाकिस्तानका तीन सहहरू लाहोर, इस्लामाबाद र फैसलाबादमा आयोजना गरिने पनि निर्णय भएको छ ।

पाकिस्तानमा भएको बैठकमा नेपालसहित ६ राष्ट्रका ओलम्पिक कमिटीका पदिधकारी सहभागि भएपनि भारतको प्रतिनिधि भने अनलाइनमार्फत सहभागिता रहेको एनओसीले जनाएको छ ।

भारत र पाकिस्तानको सम्बन्धका कारण १४औं सागको मिति पटक-पटक तोकिँदै सर्दै आएको छ । त्यसैले अहिले तोकिएको मितिमा पनि १४औं साग हुनेमा धेरैको शंका छ । त्यसमा पनि भारतका खेलाडी पाकिस्तान गएर साग खेल्ने सम्भावना समेत कम छ ।

सन् २०१९ मा नेपालमा भएको १३औं सागको समापनका दौरान १४औं साग सन् २०२१ मा पाकिस्तानले बयोजना गर्ने गरी झन्डा हस्तान्तरण भएको थियो । साग हरेक दुई-दुई वर्षमा आयोजना हुनुपर्ने भएपनि ६ वर्ष पुरा हुन लाग्दा पनि १३औं पछि अर्को संस्करण हुन सकेको छैन ।

यसैगरी १४औं सागमा कुल २९ खेल समावेश हुने र २७ खेलको निर्णय पनि भएको एनओसीले जनाएको छ । २ खेल भने आयोजक राष्ट्रका नाताले पाकिस्तानले थप्न पाउनेछ । चार भन्दा कम राष्ट्रको सहभागिता रहेमा खेल हटाइनेछ ।

खेलको विस्तृत विवरण बारे छलफल गर्नका लागि अर्को बैठक मार्च बस्ने र प्राविधिक पुस्तिका अप्रिल अन्त्यसम्म वितरण गरिने पनि बेठकले निर्ण गरेको एनओसीले जनाएको छ।

एसएओसीको विधान संशोधन समिति पनि गठन भएको छ । समितिको सदस्यमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष सुरेनदारम सुब्रमन्यम रहेका छन् । ‌

श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै बैंठकमा सहभागि भएका छन् । तर पुसमा अनलाइनमार्फत भएको एनओसीको निर्वाचनलाई अहिलेसम्म नेपाल सरकारले मान्यता दिएको छैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM