२०८२ असार २६ गते, बिहीबार २३:२४

बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु, ५ जना घाइते




बागलुङ। बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा सोमबार साँझ ६ बजे एक पिकअप भ्यान दुर्घटनाग्रस्त भएको छ। लु ३ च ५५६९ नं. को पिकअप भ्यानको ब्रेक फेल हुँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिनुभएकाे छ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा निसीखोला गाउँपालिका-७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेका छन्।

घाइते हुनेमा बागलुङको बडीगाड गाउँपालिका-९ का ६३ वर्षीया तेज कुमारी बुढा, ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र चालक ३५ वर्षीया हिमाल घर्ती मगर रहेका छन्।

घाइतेहरूको उपचार जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM