२०८२ मंसिर २० गते, शनिबार २३:४३

यसरी ‘ध्वस्त’ भयो नेपालकै नमुना गाई फार्म

१२ फागुन, काठमाडौं । १३ बिघा क्षेत्रफलमा फैलिएको फार्म । दूध दुहुन मात्र होइन, पानी खुवाउन तथा गाई बिरामी परे नपरेको थाहा पाउन पनि अत्याधुनिक मेसिन जडान । २५ करोड बढी लगानी । दैनिक १५ सय लिटर दूध बिक्री ।

केही वर्षअघिसम्म यो तथ्यांक काफी थियो, ‘कलश क्याटल फार्म’ को व्यावसायिक सफलता चिनाउन । नेपालकै नमुना गाई फार्म भनेर चर्चा कमाएको ‘कलश क्याटल फार्म’ ले पर्साको परिचय चम्काउन पनि इँटा थपेको थियो ।

‘गरे के हुँदैन ?’ भन्ने उदाहरण बनेको यो लोभलाग्दो परियोजना ६ वर्ष बित्दा नबित्दै धराशायी बन्यो । लोभलाग्दो तथ्यांक फेरिएर डरलाग्दो बन्यो ।

फार्मको क्षेत्रफल उही हो, तर अहिले गाईको संख्या घटेको छ । किनभने, आहारा र पानीसमेत नपाई मर्ने गाईको संख्या बढ्दो छ । लगानी उठ्नु त परको कुरा, बैंकको किस्तासमेत तिर्न नसकेर ४५ करोड पुगिसकेको छ । दैनिक १५ सय लिटर दूध उत्पादन हुने फार्ममा पानीको समेत हाहाकार छ ।

केही अघिसम्म पर्सा जिल्लाको नाम चम्काउने अर्को एउटा परियोजना भनेर चर्चा गरिने यो फार्म बिजुलीको बिल भुक्तानी गर्न नसकेर लाइन काटिएपछि आफैं अन्धकारमा छ ।

उत्पादित दूध बजार पुर्‍याउन र गाईको स्याहार सुसार गर्न भनेर रोजगार दिइएका कामदार बेरोजगार बनेका छन् । जेनतेन गाई स्याहारेर बसेकाहरू तलब नपाएर चर्को आर्थिक संकटमा छन् ।

केही वर्षअघिसम्म गाई फार्म सञ्चालकलाई सरकारका तर्फबाट मात्र नभई निजी क्षेत्रबाट समेत सम्मान थाप्न भ्याइनभ्याइ थियो । कृषि मन्त्रालय, सूर्य नेपाल आन्ट्रप्रेनरसिप, लियो तथा ग्लोबल आन्ट्रप्रेनरसिप, वीरगञ्ज उद्योग वाणिज्य संघबाट सम्मानित भइसकेका सञ्चालकलाई अहिले फेला पार्न मुस्किल छ ।

सञ्चालकहरूले फार्ममा गाई अलपत्र पारेर सम्पर्कविहीन भएपछि निरीक्षणमा पुगेका टोलीहरू ।

आखिर सफलतालाई उचाइमा कायम राखिरहन त्यति सजिलो कहाँ हुन्छ र ? यहाँ पनि त्यही भयो । नेपालकै नमुना गाई फार्मको परिचय अहिले एक्कासि धुमिल हुन पुग्यो ।

गाई फार्मका सञ्चालकहरू आलोचित बन्न पुगेका छन् । उनीहरूको चौतर्फी विरोध भइरहेको छ । प्रहरी प्रशासनले मात्र होइन, सर्वसाधारणले पनि फार्म सञ्चालक खोजीबारे चासो व्यक्त गरे, फार्मको अवस्थाको चिन्ता व्यक्त गर्न थाले ।

सञ्चालकहरू गैरजिम्मेवार बन्दा केही दिनयता फार्मका गाई भकाभक मर्न थालेका छन् । थुप्रै बिरामी परेका छन् । फार्ममा दाना मात्र होइन, गाईलाई खुवाउने पानी पनि छैन ।

आखिर कसरी यो अवस्था आयो ? एक्कासि गाई फार्ममा के भयो ? प्रश्न स्वाभाविक छ । कारण– गाई फार्मका २ सयभन्दा बढी गाई अलपत्र पारेर सञ्चालकहरू ‘बेपत्ता’ हुनु ।

सञ्चालकहरू गैरजिम्मेवार बन्दा केही दिनयता फार्मका गाईहरू भकाभक मर्न थालेका छन् । थुप्रै बिरामी परेका छन् । फार्ममा दानामात्र होइन, गाईलाई खुवाउने पानी पनि छैन ।

अर्कातिर, फार्मका कामदारले ६ महिनादेखि तलब पाएका छैनन् । महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले फार्मको बिजुली काटिदिएको छ ।

१ हजार ५ सय गाई अट्ने क्षमताको यो फार्म पर्सा ठोरी गाउँपालिका–५ सुवर्णपुरमा १३ बिघा क्षेत्रफलमा सञ्चालनमा छ । फार्ममा जर्मनीबाट भित्र्याइएको मेसिनले दूध दुहुने, गोबर फाल्ने, दानापानी दिने, बिरामी भएको थाहा पाउने लगायत मेसिन जडान गरिएका छन् ।

सफलताको चुलीमा पुगेको गाई फार्म आखिर किन एक्कासि रसातलमा भासिन पुग्यो ? यो थाहा पाउन विगतमा फर्किन जरुरी छ ।

०००

६ वर्षअघि सञ्चालनमा आएको कलश क्याटल फार्मका संस्थापक हुन् पर्सा पकाहामैनपुर गाउँपालिका–१ का श्यामवदन यादव । यादव कम्प्युटर इन्जिनियर समेत हुन् ।

दुई विषयमा स्नातकोत्तर गरेका यादवले करोडौंको लगानीमा गाई फार्म सञ्चालन गर्दा उनीसँग नजिक हुनेहरू उनलाई ‘पागल इन्जिनियर’ को संज्ञा दिन्थे ।

तर, पनि उनले अरूले भिडाएको त्यो ‘ट्याग’ को बेवास्ता गर्दै गाई फार्म खोलेरै छाडे । सुरुमा उनले १५० माउ गाई र १५० बाच्छीबाट फार्म सुरु गरे । फार्ममा उनले गाईका माउहरू पनि थप्दै लगे ।  आँटिलो स्वभाका उनले गाई फार्मलाई स्थापित गर्दै लगे । फार्मबाट दैनिक १ हजार ५ सय लिटर दूध उत्पादन हुन थाल्यो । गाई फार्मले विस्तारै उचाइ लिँदै गइरहेको थियो ।

फार्ममा अहिले २ सयभन्दा बढी गाई छन् । स्थानीय गाउँलेले तोरी भित्र्याएपछि फालेको तोरीको कुसाउरो बटुलेर कामदारले गाईलाई जेनतेन बचाइरहेका छन् ।

फार्मले गति लिइरहेका बेला डेढ वर्षअघि यादवसँग दुई साझेदार जोडिए काठमाडौंका ईश्वर जोशी र गुरुप्रसाद भट्ट । जोशीले १० करोड र भट्टले ५ करोड लगानी गरे । फार्ममा यादवले १० करोड लगानी गरिसकेका थिए ।

फार्मबाट उत्पादित दूधको बजारीकरण स्वयं यादवले गर्थे । गाई फार्म उनको सोच अनुसार नै अगाडि बढिरहेको थियो । फार्मलाई गति दिन दुई बैंकबाट ३४ करोड रुपैयाँ ऋण झिकिएको थियो । अहिले ब्याज थपिएर त्यो ऋण ४५ करोड पुगेको यादव बताउँछन् ।

साझेदार थपिए पनि फार्मको सबै रेखदेख गर्ने जिम्मेवारी यादवलाई नै थियो । तर, उनले यो जिम्मेवारी लामो समय लिन पाएनन् । ८/९ महिनाअघि मात्रै संस्थापक सञ्चालक यादवबाट अध्यक्षको जिम्मेवारी जोशीले लिए, त्यसपछि भने फार्मको अधोगति सुरु भएको यादव दाबी गर्छन् ।

फार्मलाई ऋण दिने बैंकहरूले आफूलाई अध्यक्षबाट मुक्त गरेर जोशीलाई सबै जिम्मेवारी सुम्पन्न बाध्य बनाएको यादवको आरोप छ ।

‘आफू अधिकारविहीन भएपछि फार्म कसरी सञ्चालन गर्ने ?,’ यादव भन्छन् । फार्ममा ५१ प्रतिशत हिस्सा भए पनि अधिकारविहीन भएकाले ७/८ महिनादेखि आफू फार्ममा जान छाडेको उनी सुनाउँछन् ।

फार्ममा जान छाडेपछि जोशी र भट्टले तीन/चार महिना आफूखुसी फार्म चलाएको उनी बताउँछन् । तर, फार्मको अवस्था बिग्रिएपछि गाई अलपत्र पारेर उनीहरू हिँडेको यादवको आरोप छ ।

तर, जोशी भने यादवको कुरामा सहमत छैनन् । ‘यसबारे म अहिले केही बोल्दिनँ, समय आएपछि सबै कुरा भन्छु,’ जोशीले अनलाइनखबरसँग भने ।

तीन सञ्चालक सम्पर्कविहीन बनेपछि फार्मका गाई भोकभोकै पर्न थाले । गाईले उचित स्याहार सुसार पाएनन् । दानापानी अभावले गाई बिरामी पर्न थाले ।

फार्ममा बिरामी परेको गाई ।

पाँच कामदारको दबाबमा कहिलेकाहीँ सञ्चालक जोशीले दानाको व्यवस्था गरिदिन्थे, तर त्यो पर्याप्त हुन्थेन । दाना सकिएपछि सञ्चालकलाई सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमै आउँथेनन् । जसले गाईलाई समयमै दानापानीको व्यवस्था नहुने कामदारहरू बताउँछन् ।

तोरीको कुसाउरोलीको भर

फार्ममा अहिले २ सयभन्दा बढी गाई छन् । तर, सञ्चालकहरूको बेवास्ताका कारण तिनका लागि दानापानीको उचित प्रबन्ध छैन । स्थानीय गाउँलेले तोरी भित्र्याएपछि फालेको तोरीको कुसाउरो बटुलेर कामदारले गाईलाई जेनतेन बचाइरहेका छन् ।

‘गाईलाई दिने दाना छैन, पराल छैन । गाई भोकाएको देख्न नसकेर स्थानीय गाउँलेले खेतबारीमा फालेको तोरीको कुसाउरो बटुलेर गाईलाई जेनतेन बचाइरहेका छौं,’ फार्मका कामदार केशव न्यौपाने भन्छन् ।

दाना अभावमा तोरीको कुसाउरोको भरमा फार्मका गाई ।

अर्का एक कामदारले यहीबीच विद्युत् प्राधिकरणले फार्मको बिजुली काटिदिएको बताए । त्यसपछि भने फार्मका गाई बचाउन कामदारलाई थप समस्या आइपरेको उनको भनाइ छ ।

‘तोरीको कुसाउरो बटुलेर गाई बचाइरहेका थियौं । फार्ममा मेसिन चलाएर गाईलाई पानी खुवाउने व्यवस्था छ, तर विद्युत् आपूर्ति बन्द हुँदा पानीको व्यवस्था मिलाउन सकिएन,’ ती कामदार भन्छन्, ‘जसले गर्दा केही दिनयता गाई बिरामी पर्नुका साथै मर्न थालेका छन् ।’

लामो समयदेखि विद्युत् महसुल नतिरेका कारण प्राधिकरणले फार्मको बिजुली काटिदिएको थियो ।

६ महिनादेखि कर्मचारीले पाएनन् तलब

गाई फार्ममा पाँच कर्मचारी छन् । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् । तर, पनि उनीहरू २ सय बढी गाईको रेखदेखमा दिनरात खटिरहेका छन् ।

साहुहरू सम्पर्कविहीन बन्दा पनि उनीहरू आफ्नो जिम्मेवारीबाट विचलित नभई गाईको सेवामा खटिरहेको पाइएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मी बताउँछिन् ।

चौतर्फी दबाबपछि सञ्चालक सम्पर्कमा

स्थानीय सरकार र प्रहरी प्रशासनको दबाबपछि तीन जना सञ्चालक सम्पर्कमा आएका छन् । फार्मका कामदारले सञ्चालक खोज्न पहल गरिदिन भन्दै ठोरी गाउँपालिकाको न्यायिक समितिमा निवेदन हालेका थिए । सोही निवेदनका आधारमा ठोरी गाउँपालिकाले फार्म सञ्चालकहरूको खोजी सुरु गरेको थियो ।

सञ्चालकहरूले फार्ममा गाई अलपत्र पारेर सम्पर्कविहीन भएपछि निरीक्षणमा पुगेका टोलीहरू ।

आइतबार फार्म अध्यक्ष जोशी र सञ्चालकद्वय यादव र भट्ट ठोरी पुगेका छन् । फार्मका कामदारले सञ्चालक खोज्न पहल गरिदिन भन्दै ठोरी गाउँपालिकाको न्यायिक समितिमा निवेदन हालेका थिए । सोही निवेदनका आधारमा ठोरी गाउँपालिकाले फार्म सञ्चालकहरूको खोजी सुरु गरेको थियो ।

आइतबारको छलफलमा तीनै जना सञ्चालकले आपसी विवाद हाललाई थाती राखेर गाई रेखदेख र सेवामा लाग्ने लिखित सहमति जनाएको न्यायपालिकाकी संयोजक एवं उपाध्यक्ष रेग्मीले जानकारी दिइन् ।

‘अब गाई भोकै रहँदैनन् । यसको ग्यारेन्टी म लिन्छु । यो मेरो ड्रिम प्रोजेक्ट हो । यसलाई फेरि पहिलेकै अवस्थामा ल्याउन हरसम्भव प्रयास गर्ने छु,’ छलफलमा यादवले भने । फार्म अध्यक्ष जोशीले पनि फार्मका गाईलाई अब भोकभोकै मर्न नदिने प्रतिबद्धता जनाएका उनी सुनाउँछिन् ।

रेग्मीका अनुसार फार्मका गाईलाई तत्काल दानापानी, औषधि, कामदारको तलब, विद्युत् प्राधिकरणको बक्यौता भुक्तानीका लागि तीनै जना सञ्चालकबाट ३० लाख रुपैयाँको कोष स्थापना गर्ने सहमति भएको छ ।

प्रजिअले के भने ?

सञ्चालकहरूको गैरजिम्मेवारीले फार्मका गाई मर्न थालेको चौतर्फी गुनासो आएपछि स्थानीय प्रशासनले समेत चासो देखाएको थियो ।

फार्ममा बिजुली काटिँदा गाईले पानी समेत खान पाएका थिएनन् । दानापानी अभावमा गाई भकाभक मर्न थालेको गुनासो बढेपछि स्थानीय सरकारसँगको समन्वयमा विद्युत् प्राधिकरणले एक साताका लागि बिजुली जोडिदिएको छ ।

फार्म सञ्चालक सहभागी आइतबारको छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल समेत पुगेका थिए । सञ्चालकबीचको आन्तरिक विवाद जे भए पनि तत्काल फार्मको उचित व्यवस्थापन गर्न उनले निर्देशन दिए ।

समस्या समाधानका लागि छलफलमा सहभागी सरोकार पक्ष ।

मंगलबारभित्र फार्म सञ्चालन र गाईको उचित व्यवस्थापनबारे कार्ययोजना लिएर आउन सञ्चालकहरूलाई अर्यालले निर्देशन दिए ।

राष्ट्रिय जनावरमाथिको दुर्व्यवहारको विषय भएकाले मान्छेलाई गरिएको दुर्व्यवहार जस्तै कानुन आकर्षित हुने भन्दै प्रजिअ अर्यालले कानुनी कारबाही सुरु हुनु अगाडि नै फार्मभित्रको गाईको व्यवस्थापन भएको हेर्न चाहेको बताए ।

फार्मका गाई बचाउन दाताले थाले सहयोग

राष्ट्रिय जनावर गाई दानापानी अभावमा मर्न थालेको गुनासो आएसँगै विभिन्न संघसंस्थाले सहयोग गर्न थालेका छन् । जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाले गाईका लागि आवश्यक दाना सहयोग गरेका छन् ।

फार्ममा भोकै रहेका गाईहरूलाई दाताले उपलब्ध गराएको काउली र बन्दा खुवाउँदै ।

यसैगरी पशु प्राविधिकहरूले बिरामी परेका गाई बचाउन आवश्यक औषधि उपचार पनि सुरु गरेका छन् । उनीहरूले गाईका लागि आवश्यक आहार, भिटामिन, खनिज पदार्थ व्यवस्था गरेका हुन् ।

दबाबपछि सञ्चालक पुगे गाई फार्म

सञ्चालकहरूको गैरजिम्मेवारीले राष्ट्रिय जनावर गाई अलपत्र परेको भन्दै चौतर्फी विरोध सुरु भएपछि फार्म सञ्चालकहरू आजदेखि गाईको स्याहारसुसारमा जुटेका छन् ।

स्थानीय प्रशासनले तत्काल फार्ममा रहेका गाईको व्यवस्थापन गर्न निर्देशन दिएसँगै सञ्चालकहरू फार्ममा पुगेका हुन् । ‘फार्मको सरसफाइमा जुटिरहेका छौं । बिरामी परेका गाईको उपचार सुरु गरिएको छ । दानापानीको व्यवस्था मिलाउने काम भइरहेको छ,’ फार्म सञ्चालक यादवले अनलाइनखबरसँग भने ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM