२०८२ माघ ५ गते, सोमबार १७:३९

‘हेलो सरकार, गाडीले अर्कै ठाउँमा रोक्यो, कारबाही होस्’

१२ फागुन, काठमाडौं । केही दिनअघि एक जना यात्रु दिगो सार्वजनिक यातायातको बा ५ ख ४२६६ नम्बरको बसमा चढे । उनलाई पुतलीसडकबाट सिनामंगल (ताराहल चोक) पुग्नुथियो ।

यात्रुलाई आफू ओर्लिने ठाउँ आउनुअघि नै ढोकामा उभिन भनिएको थियो । तर, बस एकदमै तीव्र गतिमा भएकाले ढोकामा उभिनु जोखिमयुक्त थियो । ती यात्रुले ताराहल चोक आउनुअघि नै आफूलाई गन्तव्यमै रोकिदिन चालक र सहचालकलाई आग्रह पनि गरेका थिए । तर, चालकले मानेनन् ।

‘सहचालकले ताराहल चोक छ ? भनेर भन्नुभयो । तर ड्राइभरले भने ढोकामा आएर नउभिएकाले मलाई गन्तव्यमा रोकिदिएनन्’ ती यात्रुले भनेका छन्, ‘अलि टाढा पुर्‍याएर मात्र रोकी यात्रुलाई दुःख दिएकाले उक्त चालकलाई कारबाहीको माग गर्दछु ।’

यस्तै व्यहोराको निवेदन ती यात्रुले नेपाल सरकारले सञ्चालन गर्दै आएको ‘हेलो सरकार’ मा टिपाए । गाडी चालकले दुःख दिएको जानकारी टिपाएको केही दिनपछि हेल्लो सरकारबाट उक्त गुनासो सम्बोधन भइसकेको जानकारी पाए ।

हेलो सरकारले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै भनेको छ, ‘सो गुनासोलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आवश्यक कार्यार्थ पठाई सवारी चालकलाई प्रचलित नियमानुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट कारबाही गरी सचेतसमेत गराइएको छ।’

सरकारी निकायहरूको कामकारबाही र सेवाप्रवाहबारे गुनासो र उजुरी गर्न बनाइएको हेलो सरकार सञ्चालनमा छ । नागरिकले गरेका गुनासा र उजुरीहरूलाई सम्बोधन गर्दै त्यसबारे विवरण दैनिक रूपमा सामाजिक सञ्जालमार्फत् दिइरहेको छ ।

हेलो सरकारका अनुसार आइतबारमात्रै ७३ वटा गुनासो आएका थिए । जसमध्ये ३८ वटा गुनासो फर्स्यौट भएका छन् । नागरिकबाट प्राप्त ५३ गुनासा र उजुरीहरू सोही दिन विभिन्न निकायमा कार्यान्वयनका लागि पठाएको र १६ गुनासा एकै प्रकृतिको रहेको हेलो सरकारले जनाएको छ ।

त्यस्तै, शनिबार पनि हेलो सरकार फोर्टलमा ४१ वटा गुनासा दर्ता भएका थिए । तीमध्ये ३९ वटा विभिन्न निकायमा सम्बोधनका लागि पठाइएको र १४ वटा गुनासो फर्स्यौट भएको छ ।

हेलो सरकारमा फोन, फेसबुक ट्विटर (एक्स), इमेल, ह्वाट्सएप, भाइबर लगायतबाट पनि गुनासो दर्ता हुँदै आएको छ । हेलो सरकारका अनुसार शुक्रबारमात्रै पोर्टलमा ७८ वटा गुनासो दर्ता भएका थिए । त्यस्तै इमेल, ह्वाट्सएप र भाइबारबाट ११ वटा गुनासा दर्ता भएका थिए ।

सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै गुनासो सरकारी वेबसाइटमा देखिएका समस्या बारे आउने गरेका छन् । त्यस्तै विद्युत, सडक र पुलसँग सम्बन्धित गुनासो पनि उल्लेख्य आउने गरेका छन् ।

टोल फ्री नम्बर ११११ मा फोन गरेर पनि हेलो सरकारमा गुनासो टिपाउन सकिन्छ । उक्त नम्बरमा सम्पर्क हुन नसक्दा वैकल्पिक नम्बर ०१-५९७००८७ को पनि व्यवस्था छ ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारसँग सम्बन्धित कामकारबाही र सेवाप्रवाहबारे द्रूत गुनासो सम्बोधनका लागि हेलो सरकार सञ्चालनमा ल्याएका थिए । पहिले बिहान ९ देखि राति ९ बजेसम्ममात्रै सञ्चालन भइरहेको यो सेवा १७ भदौ २०८० देखि चौबिसै घन्टा सञ्चालनमा छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ बमोजिम सरकारले ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बनाएको छ । यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा गुनासो लिन र तिनको समाधान गर्न सञ्चालनमा ल्याइएको विद्युतीय संयन्त्र हो ।

हेलो सरकारको वेब पोर्टल अनुसार हालसम्ममा ५७ हजार ८३७ वटा गुनासो दर्ता भएका छन् । जसमध्ये नागरिक एपबाट धेरै गुनासो आउने गरेको देखिन्छ ।

अहिलेसम्म सबैभन्दा धेरै वेबसाइटबाट २५ हजार ४६२ गुनासो दर्ता भएका छन् । त्यस्तै २० हजार ६६ गुनासो नागरिक एपबाट दर्ता भएको देखिन्छ।

हेलो सरकारको पोर्टलमा आएका गुनासा संख्याले यो सेवाप्रति नागरिकको रुचि देखाउँछ । चालु आर्थिक वर्षको असोजदेखि सोमबारसम्म मात्रै ५ हजारभन्दा बढी गुनासा दर्ता भएको देखिन्छ । समस्या समयमै समाधान नहुँदा सेवाग्राही निरुत्साहित हुने डर पनि छ। सामाजिक सञ्जालमा समेत कतिपय प्रयोगकर्ताले आफूहरुले उजुरी गरेको महिनादिनसम्म गुनासो सुनुवाइ नभएको प्रतिक्रिया दिएका छन्।

सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै गुनासो सरकारी वेबसाइटमा देखिएका समस्या बारे आउने गरेका छन् । त्यस्तै विद्युत, सडक र पुलसँग सम्बन्धित गुनासो पनि उल्लेख्य आउने गरेका छन् ।

निकायगत रूपमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित गुनासो आउने गरेका छन् ।

त्यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल विद्युत प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, सडक विभाग र गृहमन्त्रालय बारे पनि गुनासो आउने गरेको हेलो सरकार पोर्टलमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

गुनासो समाधान नभएकै गुनासो !

हेलो सरकारमा जति गुनासो आएका छन्, ती सबै गुनासो हल भएका भने छैनन् । गुनासो पोर्टलमा दर्ता भएका ५७ हजार बढी गुनासोमध्ये हालसम्म ६१ प्रतिशतमात्रै फर्छ्यौट भएको उल्लेख छ । हेलो सरकारकै पोर्टलमा अझै १० हजारभन्दा बढी गुनासो फर्छ्यौट हुन बाँकी छ ।

पोर्टलमा उल्लेख भएअनुसार सबै गुनासो समाधान गर्नु पर्ने प्रकृतिको नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव रत्नमणि भट्टराई जिकिर गर्छन् । हेलो सरकार सुरु भएदेखिका गुनासाहरू एकीकृत रूपमा बसेको र कतिपय असान्दर्भिक गुनासाहरू पनि रहेको उनी बताउँछन् ।

त्यस्तै १० हजार १९४ वटा गुनासो सम्बन्धित निकायबाट प्रसोधन तथा अनुसन्धानको प्रक्रियामा छन् । हेलो सरकार पोर्टलका अनुसार सम्बन्धित निकायबाट समाधान भएका गुनासाहरू भने २६ वटा अर्थात् ०.०४ प्रतिशतमात्रै छ । ‘यो तथ्यांक हाम्रो दैनिक रिपोर्ट हो । एकदिनमा कति काम फर्छ्यौट भयो । त्यहीअनुसार यो तथ्यांक तलमाथि भइरहन्छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव रत्नमणि भट्टराईले अनलाइनखबरसँग भने ।

भट्टराईका अनुसार हेलो सरकार पोर्टलमा विभिन्न माध्यमबाट दर्ता भएका गुनासो समाधान प्रक्रिया निगरानी प्रधानमन्त्री कार्यालयबाटै हुने गरेको छ । उनले हेलो सरकारसँग हाल ३ हजार ७३६ विभिन्न सेवा प्रदायक निकायहरू जोडिएको र सबैको विद्युतीय माध्यमबाटै निगरानी हुने बताए ।

‘आएका गुनासो सबै हामीले नै समाधान गर्ने होइन । हामीसँग जोडिएका एजेन्सीमार्फत् हुने हो । सम्बन्धित निकायलाई समस्या समाधानका लागि हामीले असाइन गर्ने हो’, उनले भने, ‘एजेन्सीहरूले हेर्‍यो हेरेन, हेरेर समाधानका प्रक्रिया अघि बढ्यो कि बढेन, समाधान चित्तबुझ्लो भयो भएन भन्ने सबै निगरानी हुन्छ’, उनले भने, ‘सेवाग्राही सन्तुष्ट हुने गरी काम भएको छ भनेमात्रै फर्छ्यौट हुन्छ ।’

तर, पोर्टलमा उल्लेख भएअनुसार सबै गुनासो समाधान गर्नु पर्ने प्रकृतिको नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव रत्नमणि भट्टराई जिकिर गर्छन् । हेलो सरकार सुरु भएदेखिका गुनासाहरू एकीकृत रूपमा बसेको र कतिपय असान्दर्भिक गुनासाहरू पनि रहेको उनी बताउँछन् ।

‘यही आर्थिक वर्षदेखि पोर्टलमा जम्मा भएका असान्दर्भिक गुनासाहरूलाई काँटछाँट गर्दैछौं । त्यहाँ ०७६ सालदेखिका गुनासाहरू थुप्रिएका छन् । सबै त एकैचोटि पढ्न सकिँदैन’, भट्टराईले भने, ‘एकचोटि सबै बाँकी रहेका गुनासाहरू स्क्रिनिङ भएमा यो समस्या पनि समाधान हुन्छ । हामी काम गर्दैछौं ।’

चालु आर्थिक वर्षको भदौ अन्तिमसम्म ३१ हजार २३८ वटा गुनासा फर्स्यौट भएको थियो । तर सोमबारसम्म आइपुग्दा उक्त संख्या बढेर ३५ हजार ४१० फर्छ्यौट भएका छन् । अर्थात् करिब ६ महिनाको बीचमा ४ हजार १७२ गुनासो फर्स्यौट भएको हेलो सरकारले जानकारी दिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM