२०८२ माघ २८ गते, बुधबार ०६:३३

‘मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण अनिवार्य’

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाउँघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाईँले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शेरबहादुर कुँवरले बसाइँसराइ रोक्नुपर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्नेदेखि श्रम शक्तिलाई पलायन हुन नदिने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।  

“गाउँघर रित्तिँदै छ । गाउँघर बन्जर हुँदैछ, यस्तै हो भने गाउँघरमा मान्छे होइन जनावर मात्र भेटिने छन्”, सांसद कुँवरले भन्नुभयो, “अब उत्पादनको क्षेत्रमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ । समाधान खोज्न ढिलाइ गर्नुहुँदैन ।”

सांसद सराज अहमद फारुकीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि सामुदायिक पहरेदारीदेखी ड्रोनको प्रयोग गर्न सुझाव दिनुभयो । सांसद अम्मरबहादुर रायमाझीले ठाउँ विशेषको जङ्गली जनावरबाट आतङ्क बढेको चर्चा गर्दै  पहाडतिर दुम्सी र बाँदरको आतङ्कले मानवीय बस्ती विस्थापित भएको बताउनुभयो । 

सांसद अशोक चौधरीले वन विनाश र आवास क्षेत्रको सङ्कुचनले जङ्गली जनावर मानवीय बस्तीतर्फ आउने क्रम बढेको बताउनुभयो । उहाँले मानव वन्यजन्तु द्वन्द्व नीतिगत खाका निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

सांसद विनिता कठायतले जङ्गली जनावरको वासस्थानमाथि मानवीय बस्ती र विकास निर्माणले हस्तक्षेप गरेकातर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले जङ्गली जनावरको आतङ्क रोक्ने नीति बनाउँदै गर्दा जनावरको संरक्षणमा असर पर्न नहुनेतर्फ सचेत गराउनुभयो ।  

सांसद देवप्रसाद तिमलसेनाले हात्ती, बाघ, दुम्सी र निलगाईलाई समावेश गरेर जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि यथाशीघ्र समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो । 

सांसद रुपा सोशी चौधरीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि भारतको अभ्यासबाट सिक्न सकिने बताउनुभयो । उहाँले घुम्ती अस्पताल बनाएर बाँदरको बन्ध्याकरण गर्न सुझाव दिनुभयो । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM