२०८२ माघ ४ गते, आईतवार २०:०४

कांग्रेस वा एमालेसँग सहकार्य सम्भावना नदेखिएपछि अभियानमा हिँड्यो माओवादी

१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित अभियान सोमबारबाट सुरू भएको छ ।

‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ नारा दिइएको अभियान झापाको कचनकवलबाट सुरू भएको हो । आगामी ७ चैतमा कञ्चनपुर पुगेर सकिने अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।

यो अभियानलाई माओवादी नेतृत्वले आगामी आमचुनावको तयारीका रूपमा लिएको छ ।

‘विगतमा कहिले कांग्रेससँग र कहिले एमालेसँग सहकार्य गर्दा आफ्नो मुद्दाबाट, आफ्नो वर्गसँग, आफ्नो जनतासँगको सम्बन्धबाट, शहीद परिवार र बेपत्ता योद्धा परिवारसँगको सम्बन्धबाट केही न केही बिमुख हुन पुग्यौं,’ अभियान उद्घाटन गर्दै प्रचण्डले भने, ‘जानेर पुग्यौं वा नजानेर पुग्यौं, तर पुग्यौं । त्यसकारण हामीले एउटा संकल्प गर्‍यौं– अब हामी त्यसो गर्ने छैनौं । जनतासँग नै सम्बन्ध बनाएर जानेछौं ।’

विगतको गल्तीप्रति आत्मालोचना गर्दै माओवादी केन्द्र फेरि जनताको बीचमा आएको प्रचण्डको भनाइमा अरु पदाधिकारीको पनि समर्थन छ ।

अभियान उद्घाटनका क्रममा प्रचण्डले तत्काल सत्तामा जाने गल्ती नगर्ने प्रतिबद्धता पनि जनाए । ‘…अध्यक्षज्यू, कुनै हालतमा यो बीचमा सरकारमा नजानु होला, सबैतिर मलाई सुझाव त्यही नै छ,’ प्रचण्डले भने, ‘…अहिले सरकारतिर होइन, हाम्रो ध्यान जनतातिरै छ ।’

संसद्बाटै सत्ताको खेलमा नअल्मलिने घोषणा गरेको प्रचण्डले सम्झिए । तर अभियानभर माओवादी नेताहरूले वर्तमान सरकार देश र जनताको हितमा नरहेको सन्देश फैलाउने प्रष्ट संकेत दिएका छन् ।

अर्थात् विगतका गल्तीमा माफी माग्दै माओवादीले यो अभियान मार्फत जनतासँग सम्बन्ध सुधार्ने योजना बनाएको देखिन्छ । विगतमा जनताको साथ पाएरै सबैभन्दा ठूलो शक्ति बनेको, र फेरि त्यस्तै दिन साथ जनतासँग माग्ने नेताहरूले बताएका छन् ।

प्रतिपक्षी भूमिकामा धकेलिँदै गर्दा प्रचण्डले गत साउन अन्तिम सातातिरै जनताको बीचमा जाने घोषणा गरेका थिए । तर, पार्टीभित्रको आन्तरिक समस्या र चाडबाडहरूका कारण माओवादीको अभियान ढिलो गरी सुरु भएको हो ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गरिरहनु गल्ती नै भएको बताए । ‘…आत्मआलोचना गर्दै भूल स्वीकारेर जाँदा जनताले पक्कै पनि साथ दिनेछन् भन्ने हाम्रो विश्वास छ । हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं,’ प्रचण्डले भनेका छन् ।

अभियानको योजना नै माओवादीले कांग्रेस र एमालेको साथ नपाउने निश्चित भएपछि अगाडि बढाएको हो । गत १७ असारमा ७ बुँदे सहमति गर्दै कांग्रेस र एमालेले सत्ता सहकार्य थालेपछि माओवादी केन्द्र ९ वर्षपछि प्रमुख प्रतिपक्षी दल बनेको थियो ।

प्रतिपक्षी भूमिकामा धकेलिँदै गर्दा प्रचण्डले गत साउन अन्तिम सातातिरै जनताको बीचमा जाने घोषणा गरेका थिए । तर, पार्टीभित्रको आन्तरिक समस्या र चाडबाडहरूका कारण माओवादीको अभियान ढिलो गरी सुरु भएको हो । केन्द्रीय कमिटी बैठक राख्नु र अभियानको प्रस्ताव पारित गर्नलाई नै माओवादीलाई पुस तेस्रो साता पर्खनु परेको थियो ।

अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड । तस्वीर : प्रचण्डको सचिवालय ।

केन्द्रीय कमिटीबाट अभियानको योजना पारित भएपछि माओवादी नेताहरू जनतासँग जोडिने गरी हुलाकी राजमार्गकेन्द्रित अभियानमा निस्केका हुन् । उद्घाटनका दिन भएकाले आज औपचारिक सभा र धेरै वक्ताहरू भए पनि भोलिबाट अभियानको स्वरुप फेरिँदैछ ।

‘भाषण गर्ने र नेताहरूले आफ्नो कुरा सुनाउने अभियान होइन, यो’ प्रचण्ड सचिवालयका नेता गोविन्द आचार्यले भने, ‘जनताको कुरा सुन्ने हो । उहाँहरूको सुझाव, आलोचना र समस्याहरू संकलन गर्ने हो । त्यसैगरी, अभियान अगाडि बढ्नेछ ।’

पहिलो दिनको अभियानबाटै जनताको कुरा सुन्न थालिएको उनले बताए । ‘उद्घाटनका दिन भएकाले छिटो सभा भयो । धेरै समय जनतासँग अनौपचारिक संवादमै बित्यो,’ आचार्य भन्छन् ।

पार्टी पंक्तिबाहेक माओवादी नेताहरूले स्थानीय संस्थाका प्रतिनिधिहरूको राय सुझाव लिने छन् । सँगै, माओवादीको पुरानो एजेण्डा ‘पहिचान’लाई पनि अभियानमा ब्युताउने प्रचण्डको योजना छ ।

प्रचण्डले बिहान साढे ५ बजेबाट अभियानको सन्देश जाने गरी गतिविधि थालेका थिए । ‘मर्निङ वाक भने पनि जनतासँग गफ भयो । चिया पसलमा जनताले गर्ने राष्ट्रिय राजनीतिका कुरा सुनियो,’, आचार्य भन्छन् ।

झापाबाट पश्चिमतिर अगाडि बढ्ने अभियानका क्रममा शहीद र बेपत्ता परिवारलाई सकेसम्म भेट्ने योजना बनाइएको छ । जसको संयोजन स्थानीय कमिटीका नेताहरूले गर्नेछन् । सभाहरू सकेसम्म कम राखिनुमा पनि पार्टीका पुराना नेताहरूलाई भेट्ने र उनीहरूको कुरा सुन्नुलाई प्राथमिकतामा राख्ने नीति नै हो ।

पार्टी पंक्तिबाहेक माओवादी नेताहरूले स्थानीय संस्थाका प्रतिनिधिहरूको राय सुझाव लिने छन् । जसमा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, वन समितिमा पदाधिकारी लगायतको समस्या अभियानमा टिपिनेछ ।

सँगै माओवादीको पुरानो एजेण्डा ‘पहिचान’लाई पनि अभियानमा ब्युताउने प्रचण्डको योजना छ । यो योजना अन्तर्गत झापामा सुनिल राजवंशीको घरमा खाना खाने र राजवंशी समुदायको प्रशंसा गरे ।

सम्बोधनका क्रममा विगतमा पहिचानमा आधारित संघीयताको एजेण्डा उठाएको प्रचण्डले सम्झिए । अभियान पश्चिम मधेशतिर बढ्दै गर्दा प्रचण्डले मधेशी, थारुहरूको कुरा उठाउने पनि संकेत गरे ।

यी सबै गतिविधिको निष्कर्ष आमचुनावको तयारी नै हो । ‘उपचुनावमा एक नम्बर पार्टी बन्यौं । त्यसकारण कांग्रेस र एमालेका नेताहरूलाई भन्ने गरेको छु– तपाईंहरू मिलिराख्नुस् । त्यसो भयो भने माओवादी जनतामा जान्छ,’ प्रचण्डले भनेका छन् ।

नेतृत्व नै सच्चिनुपर्नेमा जनार्दनको जोड

अभियान थालनीको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व नै सच्चिनुपर्नेमा जोड दिए । माओवादीले पछिल्लो समयमा जनताको आवाज कम सुनेको जनगुनासो रहेको उल्लेख गर्दै उनले समग्रतामा नेतृत्व नै जिम्मेवार हुनुपर्ने बताए ।

प्रचण्डको नेतृत्वमा नेपालमा दश वर्षे जनयुद्ध लडिएको र त्यो जनयुद्धले सामन्ती राजतन्त्रको अन्त्य गरेको उनको भनाइ थियो । जनयुद्धका क्रममा पछाडि परेका समुदाय, वर्ग क्षेत्र र लिंगको आवाज बुलन्द भएको भन्दै उनले जनयुद्धको जगमा बनेको संविधानले उनीहरूका अधिकारलाई मौलिक हकको रूपमा स्थापित गर्न सफल भएको बताए ।

संविधान निर्माणसँगै उज्यालो नेपाल बनाउने अभियानको नेतृत्व पनि माओवादीले गरेको उनको भनाइ थियो । उनले पार्टीभित्रका कमजोरीहरूलाई पनि सच्याउँदै जानुपर्ने धारणा राखे ।

‘पार्टीमा के–कस्ता कमजोरी भए ? के समस्याहरू रहे ?’ विश्लेषण जरुरी रहेको भन्दे शर्माले भने, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ, आफैंले आफैंलाई बदल्नुछ ।’

माओवादी नेतृत्व टिम नै नबदलिने हो भने जनताको आवाजको नेतृत्व गर्न नसकिने उनको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM