२०८२ मंसिर २१ गते, आईतवार २२:१८

नेपालमै पहिलो पटक मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्रा

रौतहट । नेपालमै पहिलो पटक रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा भगवान शिवपार्वतीको बरात यात्रा निष्केको छ । आज (सोमबार) गाउँगाउँबाट लाखौंको सहभागितामा शिवपार्वतीको बरात यात्रालाई स्थानीयले फुलको बर्षासहित स्वागत गरेका छन् ।

बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवता सहित बोमवम कवरियाका साथै स्थानीयहरु सहभागि रहेका छन् । तीन वटा टयाक्टरमा बसहा र त्यसमाथि दुल्हाझै सजिएर भगाव शिव आफ्नो बराती लिएर पार्वतीको घरमा जादै गर्दा सहभागिहरुले शिवको जयजयकार गर्दै अगाडी बढीरहेका थिए ।

भगवान शिवको बरात यात्रा निष्केपछि गाउँगाउँमा फुलको बर्षाले स्थानीयले स्वागत गरिरहेको दृष्य देखिन्छ । जव शिव जन्ती लिएर पार्वतीको घरमा पुगेपछि आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका छन् । दुलहा (बेहुला) शिव सहित जन्तीलाई साहले स्वागत गरेपछि विधिवत रुपमा विवाहका कार्यक्रम स्थानीय रितिरिवाज अनुसार अगाडी बढेको थियो ।

दर्जनभन्दा बढी गेरुवा बस्त्रधारीका साथै गाउँगाउँबाट शिवलिला सहितको झाकी समेत शिवको बरात यात्रामा सहभागि रहेको छ । शिवको बरात यात्रामा मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, भारतको बिहार राज्यका पुर्वमन्त्री बिनय बिहारी सहितका बिभिन्न पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।

‘नेपालमै पहिलो पटक यहाँ शिवपार्वतीको वरात यात्रा निकालिएको हो । बरातमा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवता सहित बोमवम कवरियाका साथै स्थानीयको सहभागि छ । बसहामा शिव बस्नुभएको छ । उहाँ जन्ती लिएर माता पार्वती घर पुगेपछि विधिवत रुपमा स्थानीय प्ररम्परा अनुसार विवाह हुन्छ’, मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले भनिन्, ‘त्यसपछि वरातीहरुले प्रसाद ग्रहण गर्ने, खाना खाने लगायतका कार्यक्रम हुनेगरेको छ ।’

पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवको दोस्रो दिन भगवान शिवको वरात यात्रा निकाल्ने कार्यक्रम अनुसार बरात यात्रा निकालिएको हो । मौलापुर नगरपालिकाको आयोजनामा शिवरात्रीको समयमा मधानी महायज्ञ हुदैआएको छ । ११ फागुनबाट सुरु भएको मधानी महायज्ञ १५ फागुनसम्म बिभिन्न कार्यक्रम सहित हुने गरेको छ ।

मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ ।

प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरिन् ।

‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भनिन्, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देशका साथै नागरिक स्तरमा समेत सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउछ ।’

नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सबैको चासो रहेको बताउदै उनले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउँनुपर्ने बताईन् । नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडी बढीरहेको छ ।

११ फागुनमा मौलापुर नगरपालिकाका मेयर साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भईरहेको बताउदै मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसंग गरिन् ।

मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखी सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM