२०८२ असार २६ गते, बिहीबार २१:५५

तेस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता फागुन १६ देखि सुरु हुने

काठमाडौं/ नेपाल डोरीतान सङ्घको आयोजनामा यही फागुन १६ र १७ गते भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता आयोजना गरिने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवानी प्रसाद पौडेलले प्रतियोगितामा पुरुषतर्फ सातै प्रदेश र तीन विभागीय टोलीसहित १० टिम तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीय टोलीसहित ८ टिमले सहभागिता जनाउने जानकारी दिनुभयो। महिला प्रतिस्पर्धामा भने सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहने छैन।

प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ६४० केजी तथा महिलातर्फ ५८० केजी तौल समूहमा खेल सञ्चालन हुनेछ।

पुरुष विजेता टोलीले १ लाख रुपैयाँ तथा उपविजेता टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, महिलातर्फ विजेता टोलीलाई ६० हजार रुपैयाँ तथा उपविजेतालाई ४० हजार रुपैयाँ प्रदान गरिनेछ।

डोरीतान (टग अफ वार) नेपालकै पुरानो मौलिक खेल भए पनि लामो समय ओझेलमा परेको भन्दै अध्यक्ष पौडेलले राष्ट्रिय प्रतियोगिताको आयोजनाले यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधि आनन्द कुमार यादव र महासचिव विमल पौडेलको उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताको कुल बजेट ३१ लाख रुपैयाँ रहेको छ, जसलाई पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतबाट व्यवस्थापन गरिनेछ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM