२०८२ मंसिर २१ गते, आईतवार ००:३७

महिलालाई पुरुष समान अवसर दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

सर्लाही/उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजको समुचित विकासका लागि महिलालाई पुरुषसरह अधिकार र अवसर दिनुपर्ने बताएका छन्। नेपाल मुस्लिम संघ मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले महिलाको शिक्षामा पहुँच बढाउनुपर्नेमा जोड दिए।

उनले मुस्लिम समुदायका महिलाहरूले चाहेको शिक्षा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको बताए। समाजमा रहेका विकृतिहरू हटाउँदै पार्टीलाई जनताको विश्वास जित्ने संस्थाका रूपमा स्थापित गर्न मुस्लिम संघको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उनले भने, “मुस्लिम समुदायका पुरुषहरूले शिक्षामा राम्रो प्रगति गरिरहेका छन्। महिलाहरूले पनि इच्छाअनुसार शिक्षा प्राप्त गर्न सक्ने अवसर पाउनुपर्छ। पुरुषहरू मात्र अघि बढेर हुँदैन, समाजको समग्र विकासका लागि महिला र पुरुष सँगै अघि बढ्नुपर्छ।”

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले मुस्लिम संघ स्थापनामा आफूले लिएको अग्रसरता स्मरण गर्दै यसका सबै संरचनामा महिला सहभागिता सुनिश्चित गर्न सुझाव दिए।

त्यसैगरी, फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसले जनताको जीवनयापन सहज बनाउन प्रतिवद्ध रहेको बताए। अधिकार प्राप्तिका लागि जस्तै जीवन र जीविकोपार्जन सहज बनाउन कांग्रेस नेतृत्वको सरकार सक्रिय रहने उनको भनाइ थियो।

“जसरी अधिकार प्राप्तिका आन्दोलनमा कांग्रेसले नेतृत्व गर्‍यो, अब संविधानले प्रत्याभूत गरेका अधिकार सबै नागरिकले समानरूपमा उपभोग गर्न पाउने गरी आवश्यक कानूनी संरचना तयार पार्नु जरुरी छ। तीनै तहका सरकारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रत्येक नागरिकको जीवनयापन सहज बनाउन आवश्यक छ,” उनले भने।

राजनीतिक स्थायित्वबिना आर्थिक तथा सामाजिक मुद्दा सम्बोधन हुन नसक्ने उल्लेख गर्दै सिंहले देशमा देखिएका राष्ट्रिय संकटहरूको समाधान कांग्रेसकै नेतृत्वमा सम्भव भएको बताए। “विगतमा हरेक राष्ट्रिय संकट कांग्रेसले पार लगाएको छ। अब पनि जनताको चाहना कांग्रेसले नै पूरा गर्छ,” उनले थपे।

उनले वर्तमान सरकारको प्राथमिकता आर्थिक समृद्धि र विकास भएको बताउँदै संघीय कानुनहरू निर्माण गरी प्रदेश तथा स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाइने बताए। अधिकार सहज रूपमा प्राप्त नभएको स्मरण गराउँदै उनले हजारौं नागरिकको त्यागबाट संविधानसभाले प्रतिपादित अधिकारहरू प्राप्त भएको उल्लेख गरे।

“अधिकारहरू सजिलै प्राप्त भएका होइनन्। यदि हामी लहलहैमा लाग्यौं भने ती गुम्न सक्छन्,” उनले चेतावनी दिए। अधिकारको संरक्षणका लागि आवश्यक जिम्मेवारी पूरा गर्नु अनिवार्य रहेको भन्दै उनले प्राप्त उपलब्धिहरू संस्थागत गर्दै आर्थिक समृद्धिमा सरकार केन्द्रित रहेको बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, नेपाल मुस्लिम संघका पूर्वअध्यक्ष अब्दूल सतार, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र सिंहलगायतको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM