२०८२ श्रावण ४ गते, आईतवार ०१:५९

पूर्वराजालाई सांसद ईश्वरको जवाफ : राज्य शक्ति विष्णुको अवतारमा पाइन्न

११ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले संसद्‍मा प्रवेश पाएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिने क्रममा आफूले गरेको त्यागलाई कमजोरी नठान्न भनेका थिए ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ सालको जनआन्दोलनको पृष्ठभूमिमा राजतन्त्रको अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । तर, जनताको मतलाई पूर्वराजाले अन्यथा व्याख्या गरेको भनेर सांसदहरूले आपत्ति जनाएका हुन् ।

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राज्य शक्तिको स्रोत विष्णुको अवतारमा नपाइने ख्याल गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।

कविताको शैलीमा उनले राज्य शक्तिको स्रोत कहाँ हुन्छ ख्याल गर्न सुझाएका हुन् ।

यस्तो छ उनको कवितात्मक शैलीको अभिव्यक्ति

राज्यशक्तिको स्रोत जनता हुन्छ, हुकुमतन्त्र हुँदैन ।

राज्य शक्तिको स्रोत कसैको परिवारमा पाइन्न, नागरिकमा पाइन्छ ।

राज्य शक्तिको स्रोतमा कसैको वंश जोडिँदैन, जनताको अंश जोडिन्छ ।

राज्य शक्तिको स्रोत छोरालाई अंश र छोरीलाई दाइजो दिने धन दौलत होइन । जनताको पौरख हो ।

राज्य शक्तिको स्रोत कसैको कोखमा हुँदैन, जनताको भोटमा हुन्छ ।

राज्य शक्तिको स्रोत विष्णुको अवतारमा पाइन्न, जनताको मतभारमा पाइन्छ ।

एक पटक पसाइसेको केराको बोटहरूले अर्को पटक केरा दिँदैन ।

एक पटक बिदा गरेको हुकुमीतन्त्रलाई जनताले लिँदै लिँदैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM