२०८२ असार २८ गते, शनिबार २२:३८

बाबुरामको सचिवालयमा प्रेस र आइटीको जिम्मा खनाललाई

११ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवा इन्जिनियर अमित खनाललाई निजी सचिवालयमा नियुक्त गरेका छन् ।

डा. भट्टराईले बुटवल घर भएका खनाललाई प्रेस तथा आईटी विभाग हेर्ने जिम्मेवारी दिएका छन् ।

यसको जानकारी फेसबुकमार्फत् दिँदै भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्‍याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।

खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् । मेकाट्रोनिक्स इन्जिनियर बन्नका लागि मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो ज्ञानका साथै प्रोग्रामिङ, सर्किट डिजाइनिङ र सिस्टम डिजाइन जस्ता क्षमताहरू आवश्यक पर्ने जानकारहरु बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM