२०८२ असार २७ गते, शुक्रबार १७:०८

बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटको उपाधि

१० फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए )ले जितेको छ।

शनिबार मुलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०.२ ओभरमा ३ विकेट गुमाएर भेटायो।

बिएमसीएका गौरव पौडेलले सर्वाधिक ४९ रन बनाए । अविजित रहेका उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विशाल देवकोटाले अविजित २६ रन बनाए। शौरभ साखाकर्मीले १७ रन बनाए। चौंथो विकेटको लागि गौरव र विशालले अविजित ७८ रनको साझेदारी गरेका थिए। भक्तपुरका लोकेश पालले २ तथा त्रिशन चौलागाईले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भक्तपुर क्रिकेट सेन्टरले ३५.२ ओभरमा ११५ रनमै सबै विकेट गुमाएको थियो । उसका दिपेन श्रेष्ठले सर्वाधिक ३४ रन बनाए भने अभिषेक बस्नेतले १८ तथा समर्पण अधिकारीले १७ रन बनाए।

बिएमसीएका सागर घिमिरेले ३ विकेट लिए। प्लेयर अफ द फाइनल घोषित घिमिरेले ६ ओभरमा ४ मेडन ओभर गर्दै ४ रन मात्र खर्चिए। सक्रिय प्रताप कार्कीले २ विकेट लिँदा धिरेन्द्र कुमार बस्नेत, मनिष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान १ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका विनोद तामाङ घोषित भए। यस्तै उत्कृष्ट बलर हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं तथा उत्कृष्ट ब्याटर जनप्रेमी स्पोर्ट्स क्लबका आकाश कुमार शाह घोषित भए।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का तथा भक्तपुर क्रिकेट संघका अध्यक्ष डा. मनिष राज पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM