२०८२ श्रावण ४ गते, आईतवार ०२:२०

‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री ओली

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् ।

पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले पुस्तक कुनै उपन्यास, कथा वा बनावटी कुरा नभएको बताए ।

‘हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्‍यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यतामा कसैले चुनौती दिन सक्दैन,’ उनले भने, ‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाइ र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ ।’

उनले सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढीपहिरोले बगाइसकेको भन्दै थपे, ‘राधिका नभएको भए अहिलेसम्म बाँच्न सक्ने थिइनँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफबाह फैलाइएको टिप्पणी गरे ।

‘जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्,’ ओलीले भने, ‘मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पति हो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM