२०८२ माघ १ गते, बिहीबार ०९:११

गोपाल योञ्जन गुणैगुणका चुली, चुनीचुनी तानेछन् ईश्वरले पनि

गोपाल योञ्जन नेपाली सङ्गीतमा एउटा बेग्लै वेग र चेत बोकेर आए । उनले आफ्ना समकालीन सङ्गीतकारले भन्दा एउटा बेग्लै ‘धार’ भित्र्याए हाम्रो साङ्गीतिक फाँटमा । गोपालका गीतहरूको फेहरिस्त पल्टाएर साध्य छैन । र, उनका सङ्गीतका बारेमा पनि धेरै कुरा भनिन बाँकी नै छन् ।

गोपालबारे लेख्छु भन्ने सोच थियो, धेरै अघिदेखिकै । तर म अल्छे । झन् अल्छे भएर गएँ । पहिले-पहिले रहरले लेख्थेँ । अब कर पर्नुपर्छ । त्यो पनि गतिलै कर । कर पर्‍यो गतिलै । सन् २०२२ मार्च ५ का दिन कल आयो मेसेन्जरबाट रिन्छेन योञ्जनको । गोपाल रिन्छेनका खसम हुन् । भनिरहनु नपर्ने हो, भनिहालेँ । होस् ।

आज मार्च १४ तारिख । बिहानमात्रै उर्मिलाले कचेटेकी हुन्, ‘‘लौ न कहिले सुरू गर्ने गोपाल योञ्जनको आर्टिकल लेख्न,’’ भनेर । ‘‘रिन्छेनले भनेपछि उम्कन पाइँदैन रे ।’’ मैले मात्र रिन्छेनलाई नचिनेको हो र? रिन्छेन र मैले छोरी सिर्जनालाई पालैपालो काखमा राखेर दार्जीलिङबाट कालेबुङ झरेको त्यो दिन काँ बिर्सेको छु र ?

गोपाललाई मैले उनीसित भौतिक भेट्नुअघि नै चिनेको हुँ । उनको गीतका कारणले, उनको सङ्गीतका कारणले, उनको स्वरका कारणले ।

त्यस बेलाकी सिर्जना । बाला सिर्जना । कोपिला सिर्जना । यो शायद सन् १९७० तिरको कुरो हुँदो हो । उर्मिलाको त झन् कुरै भएन । रिन्छेन र उर्मिलाले सँगै काम गरेका हुन् ‘वीन कोअपरेटिभ’ मा । चार वर्षभन्दा बढी समय । उर्मिला श्रेष्ठ कोअपरेटिभ म्यानेजमेन्ट एक्सपर्ट, युएनडिपी स्टाफ । याङ्जी शेर्पा वीन अध्यक्ष । रिन्छेन योञ्जन पहिलो उपाध्यक्ष सहकारीको । एक किसिमले कर्ताधर्ता ।

उर्मिलाले घच्घच्याएपछि मैले मेसेन्जरमा चेक गरेँ । हुन पनि हो रैछ । रिन्छेनले म्यासेज पठाइसकेकी रहिछन् ‘‘…होप यू ह्याभ स्टार्टेड द आर्टिकल…’’ यो मार्च १३ तारिखको कुरो थियो ।

उर्मिला र मबीच बेलाबखत कुराकानी चल्छ, गोपाल बूढाबूढीका बारेमा । गोपालसित अप्रतिम प्रतिभा थियो । आफूभित्र अन्तर्निहित प्रतिभालाई प्रखर रूपमा प्रकट गर्नु गोपालको शक्ति हो । धर्म पनि हो । रिन्छेनसँग सोच छ । सोचभित्र सम्भावना खोज्दै सार्थकता पत्ता लगाउनु उनको सिद्धि हो । अभीष्ट हो । देख्नेले गोपालभित्र ‘नरम’ मात्र देख्छ । देख्नेले नै रिन्छेनमा भने ‘नरम’ पनि देख्छ, ‘गरम’ पनि देख्छ । हुन पनि रिन्छेन कडामा कडा प्रस्तरभन्दा कडा हुन्, नरममा नरम भुइँकुइरोभन्दा कोमल छिन् ।

गोपाललाई मैले उनीसित भौतिक भेट्नुअघि नै चिनेको हुँ । उनको गीतका कारणले, उनको सङ्गीतका कारणले, उनको स्वरका कारणले । त्यसताका आफूहरू पनि गीत-सङ्गीत भनेपछि हुरूक्कै हुने । अरूहरूजस्तै हामी दुई पनि गोपालभक्त थियौं । सन् १९६७ तिर हुँदो हो हामी दुईबीच भौतिक भेट भाको । भेटघाट के भएथ्यो, झ्वाम्लाङ् झ्याङ्निनुजस्तो भयो । ग्वाम्लाङ् अँगालिनुजस्तो भयो ।

गोपालले नारायणगोपालसित मित लगाए । तर मितेरी मसित बढी भो जस्तो भयो । त्यसैताका हो, म नेपाली साहित्य पढ्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा दाखिल भएको । गोपाल पनि कसरी हो, त्यहीँ हुत्तिएर आए । यी सन् १९६७-६८ का कुरा हुन् । लगभग दुई वर्ष हामी सबैले सँगसँगै पढ्यौं, नेपाली विषय । आज आधा शताब्दी नाघिसकेको कुरो । त्यतिखेरका धुमिल चित्रमात्र आउँछन् आँखाअगाडि ।

पढ्दै जाँदा कसोकसो बेन्जु शर्मा, बिन्दु, प्रेमा शाह, गोपाल र मबीच निकटता यस्तो बढ्दै गएछ कि अञ्जानमै हाम्रो एउटा ग्रुप बनिसकेछ । लाग्थ्यो, विश्वविद्यालय परिसरभित्र रमणीयताको एउटा सुरम्य भूलोक भेटिएको छ । हुन पनि समयले एउटा अनुपम उन्नयन पाएका पलहरू थिए ती । बेन्जुबारे गोपाल र मबीच चर्चा चल्थ्यो । हाम्रो समयमा बेन्जुजस्ती राम्री केटी कहीँ देखिएनन्, थिएनन् -सौन्दर्यकी साक्षात् मूर्ति ।

गोपाल भन्ने गर्थे, “भोजपुरे, मैले रिन्छेनसित सङ्गत नगरेको भए बेन्जुलाई म जिन्दगीभरि पछ्याइरहन्थेँ होला ।” म भन्थेँ, “गोपाल तिमी त्यसो भन्छौ । मचाहिँ भन्छु मैले उर्मिलासित लभ गर्न नथालेको भए तिमी र मबीच कुस्ती पर्न बेर थिएन ।” तर ती त गोपाल र मबीचको मुख मिठ्याइमात्र थियो । बेन्जु विवाहित थिइन् । र, हाम्रो मनोभाव बेन्जुलाई सुइँको पनि दिएनौं र हाम्रो मित्रता अविरल चलिरह्यो ।

हाम्रो नेपाली कक्षामा सङ्गीतकार गोपाल र ममात्र थियौं । त्यतिखेर गोपाल योञ्जन बहुमनप्रिय गीतकार, सङ्गीतकार र गायक बनिसकेका थिए । गणेश रसिक र मेरो रातो भाले रेडियोबाट बजिसकेको थियो । तर, शास्त्रीय सङ्गीतमा आधारित सङ्गीत रचना गर्ने सङ्गीतकारमध्ये गोपाल योञ्जनको नाम अग्रपङ्क्तिमा थियो । शास्त्रीय सङ्गीतमा आधारित गीत रचना गर्नेलाई पहिलेदेखि नै उच्च अनि लोकसङ्गीतमा आधारित सङ्गीतकारलाई हल्का स्वरूप दिने परम्परा उहिले थियो र अझै छ । थोरै विज्ञलाई मात्र थाहा होला, शास्त्रीय अनि आधुनिक गीत-सङ्गीतको जननी पनि लोकसङ्गीत नै हो भनेर ।

हाम्रो दुई वर्षे पढाइ अवधिका बेला गोडा दुई-तिनेक साङ्गीतिक र सांस्कृतिक कार्यक्रम गऱ्यो होला, त्रिभुवन विश्वविद्यालयले । त्यसताका योगेश वैद्य पनि त्रिभुवन विश्वविद्यालयमै पढ्थे । कार्यक्रममा हामी तीनै जनाले नगाई धर पाउँदैनथ्यौं ।

एकपल्ट मैले प्रेमा शाहको गीत गाएँ-
के थाहा तिम्रो र मेरो बीच एउटा युग आई अड्छ भनेर
धेरै-धेरै विस्मृतिपछि यहाँ के थाहा तिम्रो र मेरो बीच
बेग्लाबेग्लै रात र दिन हुन्छ भनेर ।

गीत सुनिसकेपछि गोपालले मलाई अँगालोमा बाँधे । उनी पहिलो प्रशंसक थिए, त्यस गीतका । “धेरै राम्रो । कसले सङ्गीत राखेको भोजपुरे यस गीतमा?” गोपालले सोधे । “म र रसिक मिलेर बनाएको,” मैले भनेँ । “ल, हार्दिक बधाई छ दुवैलाई ।” दक्ष पारखीले परख पोखेको-म दङ्ग परेँ । पढाइ सकियो । गोपाल पास भए । म पास भएँ । अब जागिर चाहियो ।

सन् १९७२ को पूर्वार्ध्दतिरको कुरो हुँदो हो । प्राध्यापक चाहिएछ, पद्मकन्या कलेजका लागि । लोकगीत-सङ्गीत पढाउने । मैले दरखास्त दिएँ । अर्का उम्मेदवार परेछन् गोपाल । मेरै मित्र गिरिधर गोपाल । पद एक, उम्मेदवार दुई । अन्तर्वार्ता हुनुअघि हामी दुई कलेज अगाडि चौरमा बस्यौं । गोपालले भने “हिरण्य, यो जागिर जसले पाए पनि फरक नपर्ला । अझ यसमा तिमी छानिए म बढी खुशी हुनेछु ।”

गोपालको आत्मीय वाणीले म गद्गद् भएँछु, विभोर बनेछु, मैले मनमनै गमेँछु र भनेँछु- “गोपाल, तिमीले यो पद पाउनुपर्छ । तिमीहरू भाडाको घरमा बस्छौ । तिमीहरू बाहिरबाट आएका । हाम्रो कमसेकम एकतले भए पनि घर छ, पुतलीसडकमा । स्वास्नीले कमाउँछे र हामीलाई खान पुग्छ ।”

पछि थाहा भो, रिन्छेनले त्यसैताका कुस्त कमाउँदी रहिछन्, गोपाललाई बालिष्टमा अडेस लाएर खान पुग्ने गरी । आज अचम्म लाग्छ, हामी दुईबीच त्यो कस्तो अचम्मको आत्मीय अनुभूति र अपनत्व ? अन्तर्वार्ताको नतिजा निक्लियो । गोपाल चुनिएछन् । मैले चिताएको पुगेछ, खुशी भएँ ।

रिन्छेन र उर्मिलाले वीन कोअपरेटिभ भन्ने संस्थामा केही समय सँगै काम गरेका थिए । त्यसै ताका रिन्छेन र गोपालले हामी दुई जोईपोइलाई घर बोलाए, खाना खान । धापासी घरमा । घर भव्य थियो । तीन रोपनीको त कम्पाउन्ड । रिन्छेनले घर देखाइन्-सिनित्त परेको सुग्घर । पाँचतारे होटलले के भ्याउनु सफाइमा ? बाहिर फूलबारी फूलले ढपक्क ढाकेको । दुबोको लन उत्तिकै उम्दा । “छ्या, हाम्रो घर हेरेर यिनीहरूले के भन्ने होलान् । हामी भने ल्याङ्फ्याङे,” मलाई लाज लाग्यो । अनि हामी रेकर्डिङ स्टुडियो हेर्न गयौं । घरको चोटामा जस्तो लाग्छ ।

क्युबिकल रेकर्डिङ गर्ने सर्जामहरू, बाजागाजा- सबै व्यवस्थित । गोपालले मुख फोरे, “लौ है उर्मिलाजी र भोजपुरे, अब धमाधम गीतहरू रेकर्ड गर्नु पऱ्यो । स्टुडियो तिमेरूकै हो । बसेर गाउने कि उठेर? सुतेर गाए पनि हुन्छ । लडिबुडी गरेर गाए पनि कोही बात छैन । तिमेरूका लागि स्टुडियो चौबीसै घन्टा खुला ।” तर सो समयसम्ममा हाम्रो गाउने रहर र रफ्तार निकै पातलो भइसकेको थियो । हामी मुसुमुसु हाँसिरह्यौं ।

गोपाल योञ्जन गुणैगुणका चुली । गुणीगुणीलाई चुनीचुनी तान्दा रहेछन् ईश्वरले पनि । गोपाललाई पनि धेरै चाँडो ताने । गोपाल, तिमी गए पनि तिम्रा रचनाहरूमा तिमी बाँचिरहनेछौ । हामी रहुञ्जेल तिम्रा गीत र सङ्गीत सुनेर बाँचिरहनेछौं । ल गोपाल । अनन्त अनि स्वान्तः सुखमा सुतिरहनू ।

भोलिपल्ट उर्मिला सदाझैं अफिस गइछन् र रिन्छेनको तारिफ गर्दै भनिछन्, “रिन्छेनजी, हिजो तपाईंले ख्वाउनुभाको आलु कस्तो मीठो?” रिन्छेनले तत्काल खिपिछन् उर्मिलालाई, ‘‘छ्या उर्मिलाजीलाई के भाको हो? खाना ख्वाएर, स्टुडियो देखाएर गाउने रहरको ऊर्जा उमारिदिउँला भनेको त आलुको पो कुरा गर्नुहुँदो रहेछ ।” उर्मिला आजसम्म पनि थक्कथक्क गर्छिन् । “गोपाल जस्ता मनकारी मानिस कहाँ पाउनु यो स्वार्थी जमानामा? पैसा खर्च गर्नु नपर्ने । जसरी गाए पनि हुने । जहिले अलापे पनि हुने । लौ भन्नुस् त, त्यस्तो मान्छे काँ पाउनु यो हृदयहीन समयमा?”

उर्मिलाले धेरै पछि मलाई भनेकी थिइन् । उर्मिलाको नजरमा गोपाल शान्त, सरल, शुद्ध, गम्भीर, भव्य र शिष्ट-विशिष्ट । उदार अनि उन्नत व्यक्तित्व । आँखामा राखे पनि नबिझाउने ।

लेकाली अस्तित्वमा आयो सन् १९६७ वसन्त पञ्चमीका दिनमा, सुग्घर अनि उन्नत उद्देश्य लिएर । लेकालीका उद्देश्य धेरै थिए । तर चुरो उद्देश्य थियो, नेपाली कानहरूलाई आफ्नै खाले गीत-सङ्गीतले तान्ने । त्यसताका हिन्दी गीत-सङ्गीतले बढी नै करेपिरहेको भान हुन्थ्यो, नेपाली कानहरूलाई ।

हुन त हाम्रा अग्रज र समकालीन सङ्गीतकर्मीहरू पनि जानी-नजानी त्यो अनुष्ठानमा लागिपरेकै हुन् । तर लेकाली भने संस्थागत रूपले होम्मिन खोजेको थियो । लेकालीले खासमा तीन खाले गीत गायो । पहिलो- ठेट लोकगीत । दोस्रो- लोकसङ्गीतबाट प्रभावित गीत । तेस्रो- समकालीन सिर्जनशील गीत-सङ्गीत ।

तेस्रो पाटोमा आएर हामीले बढी प्रयोगधर्मी गीत-सङ्गीत बनायौं, गायौं । गीतमा मानवीय संवेदनाका साथै त्रासदी, कष्ट-कहर, जिजीविषालाई शब्द र स्वरहरूमा कला उन्न खोज्यौं । चलनचल्तीका रूढी ढाँचा-ढर्राका शाब्दिक अनि साङ्गीतिक वेगभन्दा एउटा बेग्लै चेतको साङ्गीतिक शैली-बहावमा बहकिन मन पराएको थियो, लेकालीले । हाम्रो यो तेस्रो खाले गीतबाट लेकाली जनजनको मनमनसम्म घुस्न नसकेको अनुभूति हामीमा छ । यसका दुई कारण छन् । पहिलो- गीत-सङ्गीत बढी बोझिलो बने ।

सामान्य श्रोताको हृत्तन्त्रीलाई झकझक्याउन ती असमर्थ बने । तर यही काँटका गीत-सङ्गीत मञ्चमा गाउँदा भने लोकप्रिय बने- क्यानाडा, काठमाडौँ, दार्जीलिङ, खरसाङ र कालेबुङमा पनि । अनि दोस्रो- त्यसताका प्रसारको माध्यम एउटै रेडियो नेपाल थियो । त्यहाँ मेरो भोक लाग्यो खान दे, तिर्खा लाग्यो पानी दे, हामीले पनि त बाँच्नुपर्छ, बास बस्न छाप्रो दे र रसिकको कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा जस्ता गीतहरू पच्न सकेन । लेकालीको थोरबहुत यहाँनेर चर्चा गर्नुको एउटा गतिलै कारण छ ।

…गोपालले पनि लेखे र गाए- देशले रगत मागे, मलाई बलि चढाऊ, रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी । यस्तो निर्मल सौन्दर्य बोकेको देशभक्तिको गीत अरू मैले सुनेको छैन ।

आज गोपाल योञ्जन र नारायणगोपालको स्वर नसुन्ने कुनचाहिँ पो नेपाली कान होला? मुलुकभित्र मात्र होइन, नेपाली पुगेको जुनसुकै थलोमा गोपाल योञ्जन, नारायणगोपाल गुन्जिन्छन् । सुन्नेले हिन्दी गीत आज पनि सुन्छन् । तर साङ्गीतिक तुिष्टका लागि अब कसैको भर पर्नु पर्दैन । नेपाली आदिसङ्गीतकर्मीहरू सेतुराम, मेलवादेवी, मास्टर मित्रसेन, मास्टर रत्नदास, धर्मराज थापा हुँदै आजका अनगिन्ती कलाकर्मीहरूको अनवरत शिल्पले गर्दा नै हाम्रो साङ्गीतिक जगत् यति झलमल्ल हुन सकेको हो । यसरी लेकालीको माथि मैले ‘कहेको’ उद्देश्यपूर्तिको परिसीमा अब धेरै दूर छैन र प्रसिद्धिलाई सात समुद्र पार पुऱ्याएर हाम्रो सङ्गीतलाई हालको स्थितिसम्म पुर्याउने महारथीमध्ये गोपाल योञ्जन र नारायणगोपाल मित-मितको नाम अग्रपङ्क्तिमा पर्छ-पर्छ ।

भनिन्छ, पश्चिमेली सङ्गीतको विकास भन्नु नै ‘हार्मोनी’ र ‘पोलिफोनी’ को विकास हुनु हो । उताको सङ्गीत चर्च सङ्गीतबाट उठेर आजसम्म आइपुगेको हो । दार्जीलिङतिरका नेपाली सङ्गीतकारको सङ्गीतमा पनि कुनै न कुनै रूपले चर्च सङ्गीतको प्रभाव परेको प्रतीत हुन्छ । तर गोपालको सङ्गीतमा चर्च सङ्गीतको प्रभाव पाइन्न । उनको सङ्गीतको सिद्धि भनेको पूर्वेली शास्त्रीय सङ्गीतको आकण्ठ प्रभाव हुनु हो ।

गोपाल नेपाली सङ्गीतमा एउटा बेग्लै वेग र चेत बोकेर आए । उनले आफ्ना समकालीन सङ्गीतकारले भन्दा एउटा बेग्लै ‘धार’ भित्र्याए हाम्रो साङ्गीतिक फाँटमा । शास्त्रीयतामा आधारित सङ्गीतले बढीभन्दा बढी सरगम, आलाप, मुर्च्छना, खिड्का, कण र कम्पनमा कुद्ने ठाउँ पाउँछ र कला एवम् गलाले चमत्कार चुल्याउन बेर लगाउँदैन । गोपालका गीतहरूको फिहरिस्त दिएर साध्य छैन । र, उनको सङ्गीतका बारेमा पनि धेरै कुरा भन्न बाँकी नै छ ।

गोपाल उठ्न खोजे, हामीलाई देखेर । हामीले उठ्न दिएनौं । उनले हिम्मत हारेझैं लाग्यो यसपालि, उनको कुरा सुनेपछि । गोपालले भने, “भोजपुरे, म यसपालि ज्यूँदो फर्किन्नँ होला नेपाल ।” कताकता टोलाएको उनको दृिष्ट, त्यसमाथि उनको करुण कथनी । मलाई त्यस क्षणको अनुभूतिले एकछिन पिरोल्यो । केही पलका निमित्त म साँच्चिकै मरेँ ।

अरू भन्ने कुरालाई भन्न थाँती राखेर एउटा राष्ट्रिय गीतका बारे भन्छु । धेरै-धेरै नेपाली गीतकारहरूले देशभक्तिका गीत कथेका छन् । सङ्गीतकारले सङ्गीत रचेका छन् । मैले पनि गीत लेखेँ । भाका भरेर लेकाली मिलेर गायौं- मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरापहरा छहराको देश । मवीवी शाहले लेखे, शिवशङ्करले धुन रचे र गाए- म मरे पनि मेरो देश बाँचिराखोस् । र, गोपालले पनि लेखे र गाए- देशले रगत मागे, मलाई बलि चढाऊ, रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी । यस्तो निर्मल सौन्दर्य बोकेको देशभक्तिको गीत अरू मैले सुनेको छैन । त्यस्तै भाव अरुसँग पनि होला । तर, भन्न पनि जान्नुपर्यो नि । गोपालले भन्न जाने र भने मुलुकको मोहमा । नत्र मलाई बलि चढाऊ भन्ने आँट कसले देखाउन सक्छ ? आफू हुनुको सही मूल्य उनले चिने, त्यस्तो गीत कथे र गाए । धन्य देशभक्ति गीत, धन्य देशभक्त गोपाल ।

गोपाललाई भेट्न हामी अपोलो अस्पताल गयौं । शशि भण्डारी र म । दिल्लीमा । अस्पतालमा रिन्छेन एक्लै थिइन् । गोपालको सेवाशुश्रूषामा व्यस्त । गोपाल सजिला । हरफन मौला । जिन्दगीभरि रिन्छेनले गोपालको सेवा गरिन् । त्यतिखेर पनि गर्दै थिइन् । दृश्य मार्मिक थियो । गोपाल उठ्न खोजे, हामीलाई देखेर । हामीले उठ्न दिएनौं । उनले हिम्मत हारेझैं लाग्यो यसपालि, उनको कुरा सुनेपछि । गोपालले भने, “भोजपुरे, म यसपालि ज्यूँदो फर्किन्नँ होला नेपाल ।” कताकता टोलाएको उनको दृिष्ट, त्यसमाथि उनको करुण कथनी । मलाई त्यस क्षणको अनुभूतिले एकछिन पिरोल्यो । केही पलका निमित्त म साँच्चिकै मरेँ । एकैछिन पछि म यथार्थसँगै बौरिएँ र भनेँ, “गोपाल, मर्न त्यति सजिलो हुँदैन । हेरिराख, केही दिनमै तिमी घर फिरेर तिम्रा औंलाहरू हार्मोनियमका रिडहरूमा सलबलाइरहेका हुनेछन् ।”

तर त्यो त मेरो अभिलाषा मात्र थियो । उनका औंलाहरू हार्मोनियमका रिडहरूमा फेरि कहिल्यै चलमलाएनन् । उनी सदाका लागि सुते । सर्वकालका लागि सुते, उनका सपना र विपनाहरू पनि । शायद शशि र म अन्तिम नेपाली कलाकार-साहित्यकार थियौं होला, गोपालको ज्यूँदो स्वरूपको अन्तिम दर्शन गर्ने र उनीसित अन्तरङ् कुराकानी गर्ने । दिल्लीमा हाम्रो कुराकानी भएको लगत्तै सजीव गोपाल उनको प्रिय मुलुक नेपाल फिरे । तर निर्जीव भएर ।

गोपाल योञ्जन गुणैगुणका चुली । गुणीगुणीलाई चुनीचुनी तान्दा रहेछन् ईश्वरले पनि । गोपाललाई पनि धेरै चाँडो ताने । गोपाल, तिमी गए पनि तिम्रा रचनाहरूमा तिमी बाँचिरहनेछौ । हामी रहुञ्जेल तिम्रा गीत र सङ्गीत सुनेर बाँचिरहनेछौं । ल गोपाल । अनन्त अनि स्वान्तः सुखमा सुतिरहनू ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM