२०८२ माघ ७ गते, बुधबार १२:३०

…अनि राहुलकुमार मण्डल ‘मानिया’ बने

१० फागुन, काठमाडौं । मानिया उपनामबाट चर्चित राहुलकुमार मण्डलले २०१८ को अप्रिलबाट र्‍यापतर्फ आफ्नो पहिलो कदम चाले। उनी हाईस्कुल अध्ययनको क्रममा साथी दीपेन्द्र मण्डलसँग विराटनगरमा बस्थे। एकदिन मानियाले दीपेन्द्रको मैथिलीमा लेखिएको गीत फेला पारे जुन उनलाई खुब मन पर्‍यो।

तर उनले त्यसलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने महसुस गरे। उनले दीपेन्द्रसँग सम्पादन बारे कुरा गरिहेरे र दीपेन्द्रले सहमति जनाए। गीत सम्पादन गरेपछि मानियाले त्यसलाई गुनगुनाए। सुरुमा शब्दहरू पप गीतका लागि लेखिएको भएतापनि मानियाले गाउँदै जाँदा गीतले र्‍यापको रूप लियो जुन अझ राम्रो सुनियो। दुई साथीहरू मिलेर गीत रेकर्ड गर्ने निर्णय गरे। रेकर्ड पनि गरे र त्यसलाई ‘डिजे वाला’ नाम दिई फेसबुकमा अपलोड गरे।

मानिया ती थोरै मैथिली र्‍यापरहरू मध्ये एक हुन् जसले डान्सरको रूपमा आफ्नो करियरको सुरुवात गरे र पछि व्यावसयिक र्‍यापर बने। उनले पहिले आफ्नो नृत्य टोली; थर्ड आई डान्स ग्रुपको लागि कोरियोग्राफी गरे।

तर, पहिलो र्‍याप गीत रिलिज गरेपछि उनी पूर्णतः र्‍यापतिर लागे। यसमा जति खुसी अरू केहीमा नभेटेपछि उनले पहिलो रिलिजपछि निरन्तर मैथिली र्‍याप गीतहरू नै लेख्न थाले। मैथिली र्‍यापप्रतिको अत्यन्त लगावका कारण उनले आफ्नो डाक्टर बन्ने सपना र बुबालाई डाक्टर पढ्छु भनी गरेको वाचा पनि त्यागिदिए।

मानिया भन्छन्, “मेरो निर्णयले मेरो बुबाको चित्त अझै दुखिरहेको छ।”

तैपनि उनी आफ्नो बुबालाई मनाएर उनलाई गर्व महसुस गराउन प्रयासरत नै छन्। त्यही हेतुले आफ्नो बुवालाई समर्पित गर्दै उनले ‘समाद’ नामको गीत सार्वजनिक गरेका छन्।

एकपछि अर्को हिट

मानियाको कथा ती हजारौं मानिससँग मेल खान्छ जसले आफ्ना आमाबाबुले अपेक्षा गरेको भन्दा फरक करियर रोजेका छन्।

मानियाका बुबाले उनको र्‍यापर बन्ने सपनाको विरोध गरिरहँदा उनका दाइ अजय मण्डल भने सधैं उनको पक्षमा उभिएका थिए। हाईस्कूलको पढाइ पूरा गरेपछि कृषिमा बीएससी गर्न चण्डीगढ विश्वविद्यालयमा भर्ना हुनै लागेका मानियालाई दाइले अन्तिम पटक भनिहेरे, “यदि सङ्गीतलाई करियर बनाउन चाहन्छौ भने यहीं बस। म सकेको सहयोग गर्नेछु।”

पछिल्लो समय मैथिली र्‍यापरको सङ्ख्या बढ्दै गएकाले मानियाले र्‍याप सुरु गर्दाको समयभन्दा अहिलेको अवस्था बदलिएको छ। पछिल्लो समय मैथिली र्‍यापले गरेको प्रगतिबाट उनी खुसी छन्

त्यसपछि मानिया जनकपुर आए जहाँ उनले अर्का मैथिली र्‍यापर एके रेनलाई भेटे। उनीहरूले जनकपुरको स्थानीय स्टुडियोमा सँगै केही गीतहरू रेकर्ड गरे तर त्यसको नतिजाबाट भने खासै सन्तुष्ट भएनन्। एके रेन काठमाडौंका बासिन्दा थिए। त्यसैले उनले मानियालाई पनि काठमाडौं आउने सुझाव दिए।

मानिया पनि राजधानी छिर्न तयार भए र लगत्तै दुई साथीहरू राजधानीमा भाडाको कोठामा बस्न र सँगै गीत लेख्न थाले। उनीहरूले पहिलो गीतको रूपमा ‘मैथप’लाई रेकर्ड गरे जसको अर्थ मैथिली हिपहप हो। रिलिजपछि गीतको लोकप्रियताले उनीहरूको अपेक्षा नाघ्यो। यो लेख लेखिंदासम्म यस गीतलाई युट्युबमा २ लाख ४७ हजार ३३४ पटक हेरिएको छ।

मैथपको लोकप्रियताले र्‍याप सङ्गीततर्फ मानियाको जोस जाँगर बढायो। त्यसपछि यी जोडीले अर्को गीत लेखे ‘एन्टी लभ’ जसले युट्युबमा ५० लाख भन्दा बढी भ्युज बटुलेको छ। यो उनीहरूको सबैभन्दा धेरै हेरिएको गीत बन्न सफल भएको छ।

मानियाको अर्को अत्यधिक लोकप्रिय गीत ‘निकम्मा’ हो जुन उनका अनुसार उनको ब्रेकअपपछि आएको नैराश्यताबाट लेखिएको हो।

मानिया भन्छन्, “निकम्मामा मैले ब्रेकअपपछि निराशाको समयमा देखेको र गरेको सबै कुरा समावेश छन्।”

उनको अर्को गीत ‘शिव जी’को विशेषगरी कोरसले टिकटकमा धेरै लोकप्रियता कमायो।

टिकटक उनका गीतहरू प्रवर्धन गर्ने प्रमुख प्लेटफर्महरू मध्ये एक भएकोले उनी यसलाई स्वतन्त्र कलाकारहरूका लागि वरदानै हो भन्छन्। लकडाउनको समयमा पनि जब उनले आफ्नो आधिकारिक डेब्यू गीत जारी गरिसकेका थिएनन् तब उनी मैथिली सायरी पोस्ट गर्थे। यसका कारण पहिले नै उनको टिकटक लोकप्रिय बनिसकेको थियो। त्यही खातामा गीतहरू पनि अपलोड गर्दै जानाले उनको सङ्गीत हजारौं मानिसहरूमा पुग्न थप मद्दत पुग्यो।

किन मैथिलीमा र्‍याप ?

मैथिली र्‍याप गर्नु पछाडिको उनको कारण सरल छ। पहिलो, यो उनको मातृभाषा हो र दोस्रो, यसले उनलाई नेपाली वा अङ्ग्रेजीमा र्‍याप गर्ने नेपालका अन्य र्‍यापरहरूबाट भिन्न रहन मद्दत गर्छ।

२६ वर्षीय र्‍यापर अनलाइनखबरसँगको कुराकानीमा भन्छन्, “मैथिलीमा र्‍याप गर्दाको आनन्द अतुलनीय छ, म अरू कुनै भाषासँग उस्तै सम्बन्ध भेट्दिनँ।”

मैथिली र्‍यापमा अझ खारिनका लागि उनले प्रेरणा र मार्गदर्शनको खोजीमा झाँझरपुर र मझौरा लगायत भारतका धेरै ठाउँहरूमा यात्रा गरे। यद्यपि उनले आफ्नो सङ्गीत यात्रामा सघाउ पुर्‍याउने खासै केही फेला पार्न सकेनन्। आफ्नो सीपलाई माझ्नका लागि उनले मैथिली र्‍याप बारे सामग्री खोज्ने प्रयास पनि गरे तर त्यसमा पनि उनले केही सार्थक कुरा पाएनन्।

सुरुमा मैथिली र्‍यापको बजार नभएकाले मानियाका दाइले नेपाली भाषामा र्‍याप गर्नु भनी सुझाव दिएका थिए। यद्यपि मानियाले तुलनात्मक रूपमा काम हुन बाँकी मैथिली भाषामा अवसर देखे।

पछिल्लो समय मैथिली र्‍यापरको सङ्ख्या बढ्दै गएकाले मानियाले र्‍याप सुरु गर्दाको समयभन्दा अहिलेको अवस्था बदलिएको छ। पछिल्लो समय मैथिली र्‍यापले गरेको प्रगतिबाट उनी खुसी छन्।

उनी भन्छन्, ‘नयाँ कलाकार र उनीहरूका गीत उत्कृष्ट छन्।’  उनी नेपाली साङ्गीतिक क्षेत्रमा थप मैथिली र्‍याप कलाकारहरूको उदय होस् भन्ने कामना गर्छन्।

स्थानीय सहयोग

भाषा बाहेक मानियाको कामको अर्को चाखलाग्दो पक्ष उनको म्युजिक भिडियोहरू हो, जहाँ सबै कलाकारहरू दलित समुदायका स्थानीय मानिस छन् र उनीहरू मानियाकै समुदायका हुन्।

“मेरो समुदायका मानिसहरू एकदम सहयोगी छन् र सधैं साथ दिन तयार हुन्छन् जसले मलाई म्युजिक भिडियोका लागि कलाकारहरू खोज्न सजिलो बनाएको छ” उनी भन्छन्, “नत्र म्युजिक भिडियोका लागि कलाकार जुटाउन गाह्रो पर्ने थियो।”

उनको म्युजिक भिडियोमा परिवार र साथीभाइदेखि आफन्तसम्म सबैलाई फिचर गरिएको छ।

हाल मानियाले जनकपुरमा आफ्नै एउटा स्टुडियो खोलेका छन् र २०२५ मा रिलिज गर्न लागेका अल्बमको तयारीमा छन्। आफ्ना गीत रेकर्ड गर्नुका साथै स्टुडियो मार्फत प्रतिभाशाली कलाकारलाई प्रवर्धन गर्ने उनको लक्ष्य रहेको छ।

“यहाँ धेरै प्रतिभाशाली कलाकारहरू छन् तर उनीहरूसँग प्रायः प्लेटफर्म र आर्थिक सहयोगको अभाव छ। ती कलाकारहरूलाई म उनीहरूको गीत रेकर्ड गराउन सहयोग गर्छु’, मानिया भन्छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM