२०८२ मंसिर २३ गते, मंगलवार १३:४५

दुखी आत्मा: नेपाली चलचित्रमा पुरुष यौन स्वास्थ्य

नेपाली समाजमा यौन स्वास्थ्य अझै पनि वर्जित विषयको रूपमा लिइन्छ। यो विषयमा सामान्यतया छलफल र गफगाफ नै निकै कम हुन्छ। पाठ्यक्रममा समावेश भए पनि यौन स्वास्थ्य सम्बन्धी विषयहरूमा शिक्षकहरू पनि खुलेर छलफल गर्न हिचकिचाउँछन्। विद्यार्थीले आफ्ना जिज्ञासा र समस्याहरू राख्ने उपयुक्त वातावरण पाउँदैनन्। यो विषयलाई कलंकित गरिएको कारण व्यक्तिगत र सामाजिक तहमा गम्भीर असर पार्दै आएको छ।

नेपाली चलचित्र क्षेत्रमा यौन स्वास्थ्य सम्बन्धी विषयको प्रस्तुति अत्यन्तै सीमित र अपरिपक्व रहँदै आएको छ। अधिकांश चलचित्रले यी विषयलाई या त पूर्ण रूपमा बेवास्ता गरेका छन्, या हास्यास्पद ढंगले प्रस्तुत गरेका छन्। यौन स्वास्थ्य जस्तो गम्भीर विषयलाई मनोरञ्जनको साधन बनाउने वा अश्लील दृश्यहरूको माध्यमबाट देखाउने प्रवृत्ति बढी देखिन्छ। यी विषयहरूको चित्रण आफैंमा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो। त्यसैले धेरैजसो निर्माताले यस्ता विषयमा चलचित्र बनाउनै हिच्किचाउँछन्।

तर फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘दुखी आत्मा’ले समाजमा अझै पनि वर्जित विषयको रूपमा रहेको पुरुष यौन स्वास्थ्य, विशेषगरी ‘इडी’ (इरेक्टाइल डिसफंक्शन) को विषयलाई साहसिक र संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। पुरुषहरूमा देखिने यौन समस्याहरूमध्ये इरेक्टाइल डिसफंक्शन एक प्रमुख समस्या हो।

यो समस्या भएका पुरुषहरूले यौन क्रियाकलापको समयमा लिङ्गलाई उत्तेजित अवस्थामा राख्न वा कायम राख्न कठिनाई अनुभव गर्छन्। यद्यपि यो एक सामान्य चिकित्सकीय अवस्था हो, नेपाली समाजमा यसलाई अझै पनि लाजमर्दो विषयको रूपमा लिइन्छ।

फिल्मले मुख्य पात्र छेवाङको कथा मार्फत नेपाली समाजमा पुरुष यौन स्वास्थ्यको विषयमा रहेको अन्धविश्वास, ठगी र यसले निम्त्याउने मनोवैज्ञानिक पीडालाई प्रस्तुत गरेको छ। फिल्मको मुख्य पात्र छेवाङ जो कवि पनि हो, उसलाई इरेक्टाइल डिसफंक्शनको समस्या छ, जुन कुरा उसले कसैलाई भन्न सकेको हुँदैन। आफूमा यौन दुर्बलता रहेको थाहा पाएपछि छेवाङ समाजमा व्याप्त विभिन्न भ्रमहरूको शिकार बन्छ।

ऊ सर्वप्रथम एक कथित विशेषज्ञको सम्पर्कमा पुग्छ, जसले कोरियन औषधिको नाममा उसलाई ५० हजार रुपैयाँ ठग्छ। समस्याको समाधान खोज्ने क्रममा छेवाङ विभिन्न ठगहरूको जालोमा फस्दै जान्छ। तान्त्रिकको बुटीदेखि नक्कली तेलसम्म प्रयोग गर्ने उनको यात्राले एकातिर समाजमा यौन स्वास्थ्यबारे रहेको अज्ञानतालाई देखाउँछ भने अर्कोतिर यस्ता समस्याको उपचारको नाममा हुने ठगी र शोषणलाई पनि उजागर गर्छ।

यो फिल्मले एकैपटक दुई महत्वपूर्ण कुरा पुरुष यौन स्वास्थ्य र साहित्यिक क्षेत्रका विकृतिहरूलाई सशक्त ढंगले उठाएर नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ

फिल्मले छेवाङको शारीरिक र मानसिक पीडालाई अत्यन्त संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। चलचित्रले यौन दुर्बलताले व्यक्तिमा पार्ने गहिरो मनोवैज्ञानिक प्रभावलाई पनि प्रभावकारी ढंगले देखाएको छ। समाजको डर र लाजले गर्दा यस्ता समस्या भएका व्यक्तिहरू प्रमाणित चिकित्सकको सट्टा झाँक्री, तान्त्रिक र ठगहरूको शरणमा पुग्ने गरेको यथार्थलाई फिल्मले उजागर गरेको छ। यसरी फिल्मले एउटा व्यक्तिको कथा मार्फत समग्र नेपाली समाजमा यौन स्वास्थ्यको विषयमा रहेको अज्ञानता, अन्धविश्वास र यसले निम्त्याउने दुष्परिणामहरूलाई देखाएको छ।

चलचित्रले यौन स्वास्थ्यको मुख्य कथासँगै नेपाली साहित्य क्षेत्रमा व्याप्त विकृतिहरूलाई पनि गम्भीरतापूर्वक उठाएको छ। फिल्ममा एउटा दृश्य छ जहाँ राष्ट्रव्यापी कविता प्रतियोगिता भइरहेको हुन्छ। जसमा छेवाङले पनि भाग लिएको हुन्छ। त्यहाँ अन्य प्रतिस्पर्धीको भन्दा उसले लेखेको कविता बिम्बात्मक र बलियो हुन्छ। उसको वाचनले स्टेजमा बसेका अतिथिलाई पनि ध्यानाकर्षित गर्छ तर उसको कविताले सान्त्वनाको पुरस्कार हात पार्छ।

यो दृश्यले कविता प्रतियोगिताहरूमा रचनाको गुणस्तरभन्दा सम्बन्ध र पहुँचलाई प्राथमिकता दिइने विकृत प्रवृत्तिले सिर्जनशील प्रतिभाहरू कसरी ओझेलमा पर्छन् भन्ने यथार्थलाई फिल्मले देखाएको छ। साथै, पैसाको बलमा कविको परिचय किन्ने र आफूलाई साहित्यकार भनाउने प्रवृत्तिले साहित्यिक क्षेत्रको मर्यादामा आँच पुर्‍याएको कुरालाई पनि फिल्मले बलियो ढंगले उठाएको छ।

त्यो कथा झन् रोचक छ, त्यसको लागि फिल्म नै हेर्नुपर्ने हुन्छ। विशेषगरी आर्थिक विपन्नताका कारण प्रतिभाशाली कविहरू आफ्ना सिर्जना बेच्न बाध्य हुनुपर्ने दुःखद् यथार्थलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको छ। श्रवण मुकारुङका १३ वटा कविताहरूको प्रयोगले फिल्मलाई थप कलात्मक बनाएको छ।

छेवाङको पात्रमा दयाहाङ राईले सुन्दर काम गरेका छन्। आफ्नो जीवनमै पनि कवि बन्न काठमाडौं छिरेका दयाहाङले कविको पात्र र कविता वाचनलाई न्याय गरेका छन्। अनामिकाको पात्रमा आँचल शर्मालाई सुहाएको छ। जग्गुको पात्रमा अनुपविक्रम शाही, चन्द्र मोक्तानको रुपमा बुद्धि तामाङ, डा. कविताको रूपमा लुनिभा तुलाधर सबैले आ–आफ्नो पात्रलाई न्याय गरेका छन्।

यदि तपाईं नेपाली नाटकको नियमित दर्शक हो भने, नाटकघरमा देखिने/भेटिने थुप्रै कलाकारलाई यो फिल्ममा सानो सानो दृश्यमा भने पनि देख्न पाउनुहुन्छ। फिल्मको यो सकारात्मक पक्ष हो। फिल्ममा प्रयोग गरिएका केही दुईअर्थी संवादहरूले यसको प्रभावकारितामा भने केही आँच पुर्‍याउन सक्छन्। विशेषगरी यौन स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रयोग गरिएका यस्ता संवादहरूले विषयको गम्भीरतालाई केही हदसम्म कमजोर बनाएका छन्।

दर्शकहरूले यस्ता संवादलाई फरक-फरक तरिकाले बुझ्न सक्ने र कतिपयले यसलाई हास्यास्पद रूपमा लिन सक्ने जोखिम रहेको छ। यद्यपि, फिल्मको समग्र प्रस्तुति र कलात्मक पक्षले यी सीमितताहरूलाई धेरै हदसम्म सन्तुलन गर्न सफल भएको छ। फिल्मको मूल सन्देश- पुरुष यौन स्वास्थ्यमा खुला संवादको आवश्यकता र साहित्यिक क्षेत्रमा व्याप्त विकृतिहरूको अन्त्य स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत भएको छ।

विशेषगरी किशोर-किशोरी र युवा अवस्थामा यौन स्वास्थ्य सम्बन्धी जानकारीको अभावले भ्रामक धारणाहरू विकसित हुन्छन्। विद्यालयमा यौन शिक्षा पाठ्यक्रममा समावेश भए पनि यसको प्रभावकारी शिक्षण नहुँदा विद्यार्थी अनौपचारिक र अविश्वसनीय स्रोतहरूबाट जानकारी लिन बाध्य हुन्छन्। चलचित्र एक शक्तिशाली माध्यम हो, जसले समाजमा व्याप्त गलत धारणा र मान्यताहरू परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

नेपाली चलचित्र क्षेत्रले यौन स्वास्थ्य सम्बन्धी विषयहरूलाई अझै बढी गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ। यस्ता विषयमा फिल्म निर्माण गर्दा विशेषज्ञहरूसँग परामर्श लिने, गहन अध्ययन गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ ध्यान दिनु जरूरी छ। जुन कुरामा निर्देशक तथा लेखक दीपेन्द्र लामा सफल भएको देखिन्छ। नेपाली चलचित्र क्षेत्रमा यो एउटा सकारात्मक परिवर्तनको संकेत हो।

यसरी फिल्मले एकैपटक दुई महत्वपूर्ण विषयवस्तु पुरुष यौन स्वास्थ्य र साहित्यिक क्षेत्रका विकृतिहरूलाई सशक्त ढंगले उठाएर नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ। समग्रमा, दुखी आत्माले समाजका दुई फरक तर महत्वपूर्ण विषयवस्तुलाई एकै कथामा गुम्फेर प्रस्तुत गर्न सफल भएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM