२०८२ माघ ७ गते, बुधबार १३:१५

सशस्त्रमा डीआईजी बढुवा: ६ महिना रोकेपछि शक्तिकेन्द्रको आडमा जुनियरलाई सिफारिस

९ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डीआईजीद्वय अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण गत १६ भदौमा अनिवार्य अवकाशमा गए ।

उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा दुई डीआईजीको पद रिक्त भयो । तर गृह मन्त्रालयले कुनै चासो देखाएन । डीआईजी बढुवाको मुख्य जिम्मेवारी गृहको रहने सशस्त्र प्रहरी नियमावली २०७२ मै उल्लेख छ ।

नियमावलीको दफा ३९ मा बढुवा समितिमा गृहसचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्यसचिव रहने व्यवस्था छ । यो समितिले सशस्त्रमा डीआईजी पद रिक्त भएको ६ महिनासम्म ‘होल्ड’ गर्‍यो ।

यसरी तीन महिनासम्म बढुवा नगरी होल्ड गर्नु सर्वोच्च अदालतको आदेश विपरीत थियो । चार महिनासम्म पद खाली राखेर बढुवा गरी अवकाशमा पठाइएको भन्दै एसएसपी यादवराज खनालले ९ जेठ २०७४ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको फैसला गर्दै २०७५ जेठमा सर्वोच्चले पद रिक्त रहेको तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भन्दै सरकारलाई निर्देशन समेत दिएको थियो ।

तर, सर्वोच्च अदालतको यो निर्देशन विपरीत सशस्त्रमा ६ महिनासम्म डीआईजी बढुवा रोकेर अहिले वरीयता मिच्दै बढुवा सिफारिस गरिएको छ ।

६ महिनापछि बढुवा गर्नुको पछाडि भने रिक्त संख्या बढी बनाएर आफू निकटकालाई बढुवा गर्नु थियो । ६ महिनासम्म बढुवा नगर्दा यही बीचमा २२ माघमा अर्का डीआईजी किशोर प्रधान ५ डीआईजीको ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गए ।

शक्तिकेन्द्रको पहुँचका आधारमा दिपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा सिफारिस गरिएको छ । कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं हुन् ।

लामो समयसम्म बढुवा रोकेर राखेपछि संसद्‌मा समेत यस विषयमा चर्चा भएको थियो ।

२९ माघको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले डीआईजी बढुवा रोकिएकोबारे कुरा उठाएका थिए । ‘सर्वोच्चले कुनै प्रहरीको पद रिक्त रहेको ३ महिनाभित्र बढुवा सिफारिस गरिसक्नु भनेको थियो । तर सशस्त्र प्रहरीमा डीआईजीको पद खाली भएको साढे ५ महिना भइसक्यो, कुन ज्वाईंनारायणलाई प्रहरी प्रमुख बनाउन यो गरिँदै छ ?’ झाले प्रश्न गरेका थिए ।

त्यसको केही दिनमै सशस्त्र हेडक्वार्टरले बढुवाका लागि सूचना निकाल्यो । र, बिहीबार मात्रै बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिका सदस्यसचिव एआईजी वंशीराज दाहालको हस्ताक्षरमा बिहीबार एक सूचना निकाल्दै पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दिपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्टलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।

उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवाको कन्फर्म भएर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ ।

बिहीबार भएको यो बढुवा सिफारिसमा वरीयता मिच्दै जुनियरलाई बढुवा गरिएको छ भने सिनियरलाई छुटाइएको छ ।

सातौं नम्बरका कुँवर र आठौं नम्बरका भट्ट बढुवा हुँदा उनीहरूभन्दा सिनियरहरू भने बढुवामा छुटेका छन् ।

बढुवाका लागि सशस्त्र प्रहरीकै पहिलो ब्याच सि.सं. १ का टोली र त्यो भन्दा अघिल्लो टोलीका प्रतिस्पर्धामा थिए । सि.सं. को टोलीबाट यसअघि नै सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी डीआईजी भइसकेका थिए । तर उनीहरूकै ब्याचका चार जना भने एसएसपीमै थिए ।

एसएसपी वरीयताको सूचीअनुसार पहिलो नम्बरमा कृष्णराज पाठक, दोस्रो नम्बरमा कृष्ण ढकाल, तेस्रो नम्बरमा मनीष थापा, चौथो नम्बरमा विनोदराज श्रेष्ठ, पाँचौ नम्बरमा प्रकाश थापा, छैटौं नम्बरमा प्रवीण कँडेल, सातौं नम्बरमा दिपेन्द्र कुँवर र आठौं नम्बरमा विष्णुप्रसाद भट्ट थिए ।

तर, सातौं नम्बरका कुँवर र आठौं नम्बरका भट्ट बढुवा हुँदा उनीहरूभन्दा सिनियरहरू भने बढुवामा छुटेका छन् ।

सशस्त्रमा डीआईजी बढुवा हुन अनिवार्य रूपमा स्टाफ कलेज पास हुनुपर्ने व्यवस्था छ । पहिलो नम्बरमा रहँदा पनि बढुवामा छुटेका पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएर प्रहरीमा आएका हुन् । तर आर्मी र प्रहरीबाट स्थानान्तरण भएर आएकाहरूलाई भने स्टाफ कलेज पास गर्नुपर्ने व्यवस्था सशस्त्रमा छैन । जसका कारण उनी बढुवाका लागि योग्य हुँदाहुदै पनि छुटे । उनी तस्रो पटक बढुवामा छुटेका हुन् ।

त्यस्तै, दोस्रो नम्बरका ढकाल पहिलो नम्बरमा बढुवा सिफारिस हुँदा तेस्रो नम्बरका थापा भने बढुवामा छुटेका छन् । थापा सि.सं. १ ब्याचकै स्टाफ कलेज उत्तीर्ण अधिकृत हुन् । उनी व्यावसायिक र राम्रो कार्यसम्पादन भएका अधिृकतको रुपमा चिनिन्छन् ।

पाठकसँगै सि.सं. १ कै स्टाफ कजेल पास गरेका थापा छुट्दा सि.सं. २ का कुँवर र भट्ट भने शक्तिकेन्द्रको पहुँचका आधारमा बढुवा भएका छन् । जबकि, कुँवर र भट्टभन्दा अघि अर्का अधिकृत प्रवीण कँडेल पनि थिए । उनी पनि प्रहरीबाट स्थानान्तरण भएर आएकाले उनलाई पनि बढुवाका लागि स्टाफ कजेल गर्नुपर्ने अवस्था थिएन । उनी पनि बढुवामा छुटेका छन् । सि.सं. १ कै ब्याचका विनोदराज श्रेष्ठ र प्रकाश थापा भने स्टाफ कलेजमा फेल भएकाले उनीहरू बढुवाका लागि योग्य थिएनन् ।

पहिलो नम्बरका पाठक, तेस्रो नम्बरका थापा र छैटौं नम्बरका कँडेललाई छुटाएर शक्तिकेन्द्रको पहुँचका आधारमा कुँवर र भट्टलाई बढुवा सिफारिस गरिएको छ । बढुवामा छुटेका उनीहरू कुनै कारबाहीमा परेर बढुवा रोकिएका व्यक्तिहरू नभएको सशस्त्रको मानव स्रोतका एक अधिकारी बताउँछन् ।

बढुवा सिफारिस भएका कुँवर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं हुन् ।

सांसद झाले लगाएको आरोपलाई यो बढुवाले पुष्टि गरेको छ । कुँवर र भट्ट अघिल्लो ब्याचलाई समेत उछिनेर बढुवा हुन सफल भएका छन् ।

यसअघि कुँवरलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो ।

कुनै एसपीले चार वर्ष सेवा नगरेको अवस्थामा एसएसपी पद रिक्त हुँदा कायममुकायम एसएसपीको दर्जा दिएर काम गर्न व्यवस्था नियमावलीले गरेको थियो ।

कुँवरलाई एसएसपीमा बढुवा गर्न उक्त प्रावधानले बाधा पु‍र्‍याएपछि नियमावली नै संशोधन गर्दै चार वर्षे पदावधिलाई तीन वर्षमा झारिएको थियो । नियमावली संशोधन गर्दै उनी २०७९ साउनमा एसएसपीमा बढुवा भएका थिए ।

शक्तिकेन्द्रको पहुँचमा हुने यस्ता अपारदर्शी बढुवाले सुरक्षाकर्मी र सिंगो संगठनलाई हानि गर्ने सशस्त्रका एक पूर्व एआईजी बताउँछन् ।

नियमावली संशोधन गरेकै दिन २३ असारमा सूचना निकालेर कुँवरलाई एसएसपी बढुवा लागि सिफारिस गरिएको थियो । ११औं नम्बरमा रहेका कुँवर बढुवा भएपछि आफ्नो ब्याचको पहिलो नम्बरमा पुगेका थिए ।

अहिले उनै कुँवरले सि.सं. १ को टोलीलाई समेत उछिनेर डीआईजी बढुवा भएका छन् । २०५९ चैत ७ मा इन्स्पेक्टरको भर्ना हुँदा ७४ जनाको अन्तिमतिर रहेका उनी अहिले भने शक्तिकेन्द्रको पहुँचका आधारमा आफ्नो ब्याचको पहिलो नम्बरमा रहँदै सिनियरलाई समेत उछिनेर बढुवा हुन सफल भएका छन् । यसअघि कुँवरलाई नै स्टाफ कलेज पास गराउन समेत चलखेल गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुई पटक अनुत्तीर्ण भएका थिए । त्यसपछि बिना प्रतिस्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्सका लागि सहभागी गराइएको थियो । तीन पटकसम्म पनि असफल भए फेरि परीक्षा दिन नपाइने भएपछि प्रवेश परीक्षा नै नलिई सोझै सेनाको कलेजका लागि छनोट गरिएको थियो ।

कुँवरसँगै बढुवा भएका सि.सं. २ का भट्ट यसअघि एसपीसम्म पहिलो नम्बरमा बढुवा भएका थिए । एसएसपीमा भने कुँवरले उनलाई समेत उछिनेर बढुवा भएका थिए । नुवाकोटका भट्ट अहिले शक्तिकेन्द्रकै पहुँचको भरमा बढुवा हुन सफल भएका छन् ।

शक्तिकेन्द्रको पहुँचमा हुने यस्ता अपारदर्शी बढुवाले सुरक्षाकर्मी र सिंगो संगठनलाई हानि गर्ने सशस्त्रका एक पूर्व एआईजी बताउँछन् । ‘कोही बढुवा हुनु र कोही छुट्नु सामान्य हो तर त्यो जस्टिफिकेसन भने बढुवा हुने र छुट्नेले महससु गर्ने खालको हुनुपर्छ । अन्यथा कामभन्दा पनि शक्तिकेन्द्र रिझाएर बढुवा हुने रोगले प्रसय पाउँछ’ ती अधिकृत भन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM