२०८२ माघ ५ गते, सोमबार १७:४४

देउवाले डाक्न छाडेपछि समूह फेर्न खुट्टा उचाल्दै यी नेता

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवासँग झण्डै ८२ प्रतिशत शक्ति छ । तर १४औं महाधिवेशनबाट प्राप्त यो शक्ति जोगाइराख्न देउवाको भूमिका शून्यप्राय: देखिन्छ । उनले आफ्नो समूहको बैठकसमेत डाक्न छोडेका छन् ।

कांग्रेसको विधानले आफूलाई तेस्रो पटक सभापति बन्न नदिने भएपछि देउवाले आफ्नै समूहका नेताहरुलाई समेत एक ढिक्का राख्न कुनै चासो नदिएको विश्लेषण पार्टीभित्र हुन थालेको छ ।

संस्थापन समूहलाई एकतावद्ध राख्न स्वयं देउवाकै रुचि नभएपछि नेताहरु तितरवितर हुन थालेका छन् । सभापति पदमा नयाँ व्यक्ति पुग्ने हुँदा नेताहरु महाधिवेशनलाई ध्यानमा राखेर समूह परिवर्तन गर्ने तरखरमा देखिन्छन् । कांग्रेस नेताहरुका अनुसार राजनीतिक भविष्य सुरक्षित हुने गरी समूह परिवर्तन गर्न नेताहरु लागेका छन् ।

देउवापछि संस्थापन पक्षका लागि ‘सर्व स्वीकार्य’ अर्को व्यक्ति नहुँदा नेताहरुले राजनीतिक जीवन सुरक्षित हुनेगरी समूह परिवर्तन गर्न लागेको चर्चा कांग्रेसमा छ । उक्त समूहमा रहेका शीर्ष नेताहरुमा एकले अर्कोप्रति विश्वास नगर्दा संस्थापन पक्षबाट सभापतिका आकांक्षी नै करिब आधा दर्जन देखिएका छन् ।

संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिका दाबेदार हुन् । १४औं महाधिवेशनमा देउवालाई साथ दिएका पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि संस्थापन समूहबाट सभापति पदमा आकांक्षी छन् । गत महाधिवेशनमा कुनै समूहमा नखुलेका पूर्वमहामन्त्री डा. शशांक कोइराला समेत सभापतिका आकांक्षी हुन् ।

करिब आधा दर्जन नेताले सभापतिमा दाबी गरे पनि आफ्नो समूहलाई मिलाउन सक्ने नेताको अभाव संस्थापनमा खड्किएको छ । त्यही अभाव हटाउन गत शुक्रबार ११ जना नेता देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । १५औं महाधिवेशनमा संस्थापन पक्षबाट ‘एकल उम्मेदवार’ बनाउने चाहनाले सभापतिकहाँ पुगेका उनीहरुले देउवाबाट कुनै वचन भने पाएनन् ।

सह-महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र भीष्म आङ्देम्बेदेखि संस्थापन पक्षका नेताहरु बालकृष्ण खाँण, एनपी साउद, मोहनबहादुर बस्नेत, प्रकाशशरण महत, डिला संग्रौला लगायतले समूह परिवर्तनको तयारी गरेका छन् ।

बुढानीलकण्डको बैठकमा पुगेका एक नेता भन्छन्, ‘देउवापछि समूहको मूल नेतृत्वमा संकट छ । एकले अर्कोलाई विश्वास गर्दैनन् ।’ कांग्रेस स्रोतका अनुसार सभापतिको दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शंशाक कोइरालाले बहाल रहेका उपसभापति पूर्णबहादुर खड्कासँग आगामी महाधिवेशनलाई लिएर सहकार्यको संवाद गरेका छैनन् । एउटै समूहमा रहेका खड्का र प्रवक्ता डा. प्रकाशशरण महतको सम्बन्ध समेत सहज नभएको कांग्रेस नेताहरु बताउँछन् ।

समूह भित्रै नेताहरुको मन विभाजित हुने संकेतले तेस्रो तहका नेताहरु समीकरण परिवर्तन गर्ने सोचमा पुगेका छन् । समूह परिवर्तन गर्नेहरुको चर्चामा पदाधिकारीहरुको नाम समेत छ । सह-महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र भीष्म आङ्देम्बेले संस्थापन पक्ष छोडेर नेता डा. शेखर कोइरालातिर झुकाव राखेको दाबी गर्नेहरु छन् ।

साथै, बालकृष्ण खाँण, एनपी साउद, मोहनबहादुर बस्नेत, प्रकाशशरण महत, डिला संग्रौला लगायतको नाम पनि समूह परिवर्तन गर्नेहरुको सूचीमा परेको छ ।

कोइराला निकट नेता देवराज चालिसे बजारमा आएका चर्चा स्वभाविक भएको बताउँछन् । उनी भन्छन्, ‘सत्य हुनुभन्दा अघि त हल्लै चल्ने हो नि । आगो नबाली धुँवा देखिँदैन । बाहिरका हल्लालाई असत्य भन्ने आधार छैन ।’ राजनीतिक भविष्य सुरक्षित राख्ने अभिलाषाले पार्टीका नेताहरु यताउता हुनुलाई चालिसे प्राकृतिक ठान्छन् ।

समूह परिवर्तन गर्नका लागि उनीहरुको व्यक्तिगत स्वार्थले काम गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले सुनाए । उनले भने, ‘सभापति देउवाको आडमा लाभ लिन सकिने अवस्थासम्म उनीहरु सँगै रहे । अब उनको पछि लागेर हुन्न भनेर पनि होला ।’

देउवाको साथ छोड्नुको अभिप्रायलाई कांग्रेसमा फरक तरिकाले पनि विश्लेषण गरिएको छ । समूह परिवर्तनका लागि नाम चर्चामा रहेकाहरु मन्त्री भइसकेका वा सांसद नभएकाहरु छन् । साउद परराष्ट्र, महत अर्थ र बस्नेत स्वास्थ्यमन्त्री बनेका थिए । डिना, खाँण, संग्रौला सांसद पदमा छैनन् । संसदको यही अवधिमा एक कार्यकाल मन्त्री बनेकाहरु पुनः दोहोरिने अवस्था छैन ।

कांग्रेस र एमालेबीच देउवाले २०८३ को साउनमा सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । देउवाले सरकारको नेतृत्व गर्दा त्यसबेला मन्त्रीको आशा नराख्नेहरुले गुट परिवर्तन गर्न लागेको संस्थापन पक्षका एक नेताले सुनाए । उनले भने, ‘मन्त्री हुन पाइन्छ कि भन्ने आशा उनीहरुलाई अब छैन । मन्त्री हुने आशा भए देउवालाई छोड्ने थिएनन् ।’

कोइराला समूहमा देउवा पक्षबाट नेताहरु भित्रिएको संस्थापनइतरका नेताहरु दाबी गर्छन् । कोइराला सहभागी कार्यक्रममा अतिथिका रुपमा पूर्व परराष्ट्र मन्त्री साउदको सहभागिता बढ्न थालेको छ । ६ फागुनमा कोइरालालाई प्रमुख अतिथि रहेको कार्यक्रममा साउद सहभागी भएका थिए ।

नेपाल प्रेस युनियनले शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन राखेको थियो । त्यसको केही दिनअघि भक्तपुरमा राखिएको विचार गोष्ठीमा कोइरालासँगै साउद उपस्थित भएका थिए । ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा साउद सहभागी थिए । कोइरालासँग नजिकिएको विषयमा प्रश्न गर्दा साउदले हो वा होइन, कुनै प्रतिक्रिया दिएनन् । उनले अनलाइनखबरसँग भने, ‘यो बारेमा अहिले केही बोल्दिनँ । पछि विस्तृत कुरा गरौंला ।’

प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री हुनुअघि कोइरालासँग केन्द्रीय सदस्य बस्नेतको सम्बन्ध राम्रो थिएन । स्वास्थ्यमन्त्री बनेसँगै बस्नेत कोइरालासँग नजिकिएका हुन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डको मन्त्रिपरिषद्मा बस्नेतलाई देउवाले खेलकुद मन्त्री बनाउन चाहेका थिए । बस्नेतको चाहना भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थियो । संस्थापनइतरलाई स्वास्थ्य मन्त्रालय दिएर आफ्नो पक्षले खेलुकद राख्ने तयारीमा देउवा थिए ।

कांग्रेसभित्र उमेरलाई प्राथमिकतामा राखेर महत्व दिने नेताहरु समेत छन् । राजनीतिक भविष्यलाई सुरक्षित गर्न समकालीन वा बढी उमेरको व्यक्तिबाट साथ खोज्ने पद्धति जस्तो बनाउने कतिपय नेता छन् ।

पार्टी स्रोतका अनुसार बस्नेत निरन्तर धाएर स्वास्थ्य मन्त्रालयका लागि शेखरलाई मनाएका थिए । बस्नेतले इच्छा अनुसारको मन्त्रालय प्राप्त गरे । कोइरालाले खेलकुद मन्त्रालय सम्हाल्ने गरी आफू निकट डिगबहादुर लिम्बुलाई मन्त्रिपरिषद्मा पठाए । कोइराला लगाएको गुणले बस्नेत कोइरालासँग नजिकिएका थिए । बस्नेत मन्त्री हुँदाको समय स्मरण गर्दै एक कांग्रेसका नेता भन्छन्, ‘कांग्रेस समर्थक कुनै कर्मचारीले सरुवाको कुरा गर्‍यो भने पहिले शेखर दाइसँग कुरा गरेर आउनू भन्थे ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार बसेर फर्केका बालकृष्ण खाँण पनि कोइरालासँग नजिकिएको पार्टीभित्र चर्चा हुन्छ । खाँण केन्द्रीय कारागारमा रहेको बेला कोइराला दुई पटक भेट्न गएका थिए । पार्टी स्रोतका अनुसार खाँणले त्यसबेला वकालत गरिदिने कानुन व्यवसायी आफ्नो पक्षमा जुटाइदिन कोइरालासँग आग्रह गरेका थिए ।

कांग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डीएलएमा कोइराला निकटका रहेकाले उनीहरुको साथको अपेक्षा खाँणले गरेका थिए । कोइरालाको पक्षमा देखिने गरी गत महिना खाँणले दाङमा सम्बोधन समेत गरे । उनले कांग्रेसमा कोइराला परिवारको योगदानको चर्चा गरेका थिए ।

खाँणले सभापति देउवासँग दूरी नबढाउन शेखरलाई सुझाव दिएको समेत संस्थापनइतरका एक नेताले दाबी गरे । खाँण निकट सहमहामन्त्री महेन्द्र यादव महाधिवेशन आउन धेरै समय भएकाले अहिले को कता भनेर चर्चा गर्न आवश्यक नरहेको बताउँछन् । ‘महाधिवेशन आउन धेरै समय छ । अहिले यो यता, ऊ उता भन्ने बेला भएको छैन,’ यादव भन्छन् ।

कांग्रेसभित्र उमेरलाई प्राथमिकतामा राखेर महत्व दिने नेताहरु समेत छन् । राजनीतिक भविष्यलाई सुरक्षित गर्न समकालीन वा बढी उमेरको व्यक्तिबाट साथ खोज्ने पद्धति जस्तो बनाउने कतिपय नेता छन् । कोइराला पक्षबाट सहमहामन्त्रीका उम्मेदवार बनेका चालिसे भन्छन्, ‘राजनीतिक स्पेस खोज्न समकालीन नेताहरुलाई रोज्न खोज्नु प्राकृतिक नै देखिन्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM