२०८२ मंसिर २० गते, शनिबार २३:५०

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

वीरगञ्ज (पर्सा) । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार अझै पनि भुल्न नसकेको बताउनुभयो । 

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फेब्रुअरी १६ तारिख (फागुन ४ गते)आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो । 

“प्रकृतिको घटना हुनु अगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ”, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भई त्यहाँ अध्ययनरत विद्यार्थी झाले भन्नुभयो, “नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध गर्‍यौँ । तर, कलेज प्रशासन सुनुवाइ नगरेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाब दिने योजनासहित शान्तिपूर्वक रूपमा आन्दोलन पनि गर्‍यौँ ।” 

विद्यार्थीको प्रदर्शन चर्केपछि फेब्रुअरी १७ तारिखमा केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई अर्को सूचना जारी नभएसम्मका लागि तत्काल छात्रावास छाड्नका लागि निर्देशन दिएका थिए । झाले कलेज प्रशासनले एकतर्फी ढङ्गले नेपाली विद्यार्थीले छात्रावास छाड्नुपर्ने सूचना जारी गरेपछि नेपाली विद्यार्थीको मनोबल खस्किएको स्मरण गर्नुभयो । 

“नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो । सो घटनाले हाम्रो मन साह्रै कुडिएको छ”, उहाँले भन्नुभयो, “हाम्रै कतिपय साथीभाइ कुटपिटको कारणले घाइतेसमेत बन्नुभयो ।” 

विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गर्नुभयो । “अधिकांश नेपाली विद्यार्थीसँग नेपाल फर्किनका लागि आवश्यक पैसासमेत थिएन”, उहाँले भन्नुभयो, “म आफैँ पनि दाइको साथीसँग पैसा सापटी मागेर नेपाल फिर्ता आएको हुँ ।”

केआइआइटीमा छैटाँै सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गर्नुभयो । “प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो । घटना हुने दिन पनि प्रकृतिले मलाई जुत्ता दिनका लागि अनुरोध गरेकी थिइन । मैले सहजै भइहाल्छ नि भन्ने जवाफ फर्काएकी थिएँ”, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भन्नुभयो, “घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो । उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ लागेकी थिइन् । तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।” 

ती छात्राले प्रकृतिले कुन कारणले आत्महत्या गर्ने परिस्थितिमा पुगिन् भन्ने विषयमा स्वतन्त्र ढङ्गले खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “प्रकृतिको मृत्युपछिको असहज परिस्थितिले नेपाली विद्यार्थीलाई नेपाल फर्किन पनि निकै कष्टकर भएको थियो”, उहाँले भन्नुभयो, “कलेज प्रशासनले एक्कासी छात्रावास छाडेर जाउँ भन्दा राज्य नभएको महसुस गर्‍यौँ ।”

केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्रावास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोख्नुभयो । “म त्यहाँ अध्ययन गर्न गएको सात महिना पनि भएको छैन । भर्खरै दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ”, उहाँले भन्नुभयो, “एक्कासी होस्टेल छाड भनेपछि समस्या आइपर्‍यो । कहाँ जाउँ के खाउँ भन्ने चिन्ताले सतायो । साथीभाइसँग पैसा सरसापट गरेर कैयौँ पटक रेल र बस परिवर्तन गरेर बल्लबल्ल फेब्रुअरी १९ तारिखको बेलुकीपख वीरगञ्ज घरमा आइपुगेको हुँ ।” 

कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताउनुभयो । “यति धेरै दुःख झेलेर आइयो । त्यो कहालीलाग्दो क्षण भुल्न पनि सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीले यस्तो भोगे पनि हामीजस्तै अन्य कुनै पनि नेपाली विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस् ।” 

केआइआइटीबाट फेब्रुअरी १८ मा घर फर्किनुभएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गर्नुभयो । “नेपाली विद्यार्थी निकै झन्झट व्यहोरेर स्वदेश फर्किएका छौँ”, उहाँले भन्नुभयो, “हामीले भुवानेश्वरबाट बस रिर्जभ गरेर वीरगञ्ज फर्किएका हौँ ।” 

केआइआइटीमा अध्ययनरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघर चोकमा प्रदर्शनी गरेका छन् । मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन् । 

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले आज प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने माग राखेका छन् । स्वदेश फर्किएका नेपाली विद्यार्थीले केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

केआइआइटीमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुशवाहले नेपाल सरकारले कलेज प्रशासनसँग समन्वय गरेर नेपाली विद्यार्थीलाई कुनै किसिमको दुर्व्यवहार नहुने सुनिश्चिता गरेको खण्डमा फेरि फर्कन सकिने बताउनुभयो । “सरकारले विद्यार्थीको सुरक्षा र भविष्यमा कुनै अप्ठेरो नपर्ने सुनिश्चित गरेको खण्डमा त्यहाँ फर्किएर आफ्नो अध्ययनलाई अघि बढाउन चाहन्छौँ”, उहाँले भन्नुभयो । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुकासम्म एक सय ५९ विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएका जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालयले फर्किएका विद्यार्थीलाई आवश्यक सहजीकरण गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । 

सहायक प्रजिअ कार्कीका अनुसार फर्किएकामध्ये एक सय २७ छात्र र ३२ जना छात्रा रहेका छन् । केआइआइटीमा करिब एक हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गर्दै आएका जनाइएको छ । हिमाल लम्साल/रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM