२०८२ मंसिर २२ गते, सोमबार १६:०६

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । 

मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो १ बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

आज मडिया ब्रिफिङका क्रममा उहाँले भन्नुभयो, “साताभरिका नीतिगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्पूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।” यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फत समेत सूचना र जानकारीहरू दिँदै आएको छ ।

प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताउनुभयो । 

मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । उहाँले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिनुभयो । 

हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।  

देशभरी ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरूले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराउनुभयो । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् ।

प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताउनुभयो । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान  एक महिनासम्म चल्ने जानकारी गराउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM