२०८२ मंसिर २३ गते, मंगलवार १२:५८

एमाले विभाजन जायज थियो, एकीकृत समाजवादी बनाएकोमा गौरवबोध छ : माधव नेपाल

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताए ।

‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्‍यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने ।

नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए । ‘हामीले बहुत न्यायोचित र जायज काम गर्‍यौ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध गर्छौं ।’

पार्टी एकताको हल्ला निराधार

अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे ।

‘एकीकृत समाजवादीका बारेमा अनेकथरीका कुराहरू प्रचारमा आइरहेका छन् । कसैले एमालेसँग यो पार्टी मिल्न गयो भनेर कसैले माओवादीसँग मिल्न जाने भयो भनेर । अनेकथरीका कुप्रचारहरू भइरहेका छन्’ उनले भने, ‘यस्ता कुनै पनि कुप्रचारहरूको भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।’

नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए । ‘हामी आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छौं । सशक्त र प्रभावकारी बनाउन चाहन्छौं’ उनले भने, ‘यसमा कुनै प्रकारका अन्यौल र द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।’

मित्रशक्तिसँग सहकार्य गर्ने

अध्यक्ष नेपालले मित्र शक्ति खोजेर सहकार्य गर्ने बताए । पार्टीलाई अगाडि बढाउन मित्र र सहयोगीहरुको खोजी गरिरहेको बताए ।

‘वामपन्थी, समाजवादी र परिवर्तनकारी शक्तिहरूलाई मिलाएर लैजानुपर्ने आवश्यकता छ’ उनले भने, ‘समाजको विकास र अग्रगतिको निम्ति अगाडि बढ्न चाहनेहरूलाई मिलाएर अगाडि लैजानुपर्ने आवश्यकता छ ।’

पछाडि फर्कन खोज्ने शक्तिहरूसँग जुध्न पनि अग्रगामी शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा उनको जोड थियो ।

देशको विकास गर्न नचाहने शक्तिसँग जुध्न शक्ति र पहलकदमी चाहिने र देशका कतिपय घटनाक्रममा एकीकृत समाजवादीको आवश्यकता देखिएको उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM