२०८२ माघ १ गते, बिहीबार ०४:२९

वार्षिक १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइको मात्रै हुन्छ उपचार

फाइल तस्वीर


८ फागुन, काठमाडौं । नेपालमा वार्षिक १५ सय बालबालिकामा क्यान्सर हुने गरेको छ । तर खर्चको अभावका कारण एक तिहाइको मात्रै उपचार हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार प्रत्येक वर्ष विश्वमा तीन लाख बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको छ । विकसित मुलुकमा भन्दा नेपाल जस्ता न्युन आयस्तर भएका मुलुकहरूमा चार गुणा बढी बालबालिकाको ज्यान क्यान्सरबाट जान्छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार, उच्च आय भएका देशमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने सम्भावना भएपनि नेपालमा भने ३० मात्रै प्रतिशत छ ।

नेपालमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिका अस्पताल नपुग्ने र पुगेकामध्ये पनि ५० प्रतिशतले कमजोर आर्थिक अवस्थाका कारण पुरै उपचार गर्न नसक्ने अवस्थाको अनुमान छ ।

अस्पताल पुगेकामध्ये पनि आधा बालबालिका पैसा नभएर उपचार नसकी फर्कनुपर्ने अवस्था रहेको उपचारमा समलग्न चिकित्सकहरू बताउँछन् ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरी परीक्षणका लागि अस्पताल पुग्ने बालबालिकाको संख्या कूल रोगीको २० प्रतिशत मात्र हुनसक्ने अनुमान लगाउँछन् । उनका अनुसार ८० प्रतिशत बिरामी अझै क्यान्सर रोग जाँच्ने सुविधा भएका अस्पतालमै पुग्दैनन् ।

गरिबीकै कारणले रोग पहिचान भएर उपचार नगर्नु वा उपचार छाडेर घर फर्कनुपर्ने बाध्यता छ ।

अन्य रोगभन्दा क्यान्सरको उपचार महंगो हुन्छ । उपचारको क्रममा करिब पाँच वर्ष अस्पताल गइराख्नुपर्छ । उपचार प्रकिया लामो र खानुपर्ने औषधि महंगो हुने भएकाले नेपालमा गरिब परिवारका लागि क्यान्सर रोग काल सावित हुने गरेको छ ।

भर्ना भएका १५ वर्ष मुनिका बिरामीलाई अस्पतालले नै खानाको व्यवस्था गरेपनि अस्पतालको फार्मेसीमा उपलब्ध औषधि किन्न सरकारले प्रतिबिरामी एकलाख रुपैयाँ छुट्याएको छ ।

तर यो रकम पर्याप्त हुँदैन । सरकारी अस्पतालमा केही सहुलियत हुँदा पनि गरिब, विपन्न वर्गले उपचार धान्न सक्ने अवस्था हुँदैन । महंगो औषधि किन्नुपर्ने र परीक्षण गर्नका अन्य मुलुक (भारत) पठाउनुपर्ने भएकाले १० प्रतिशत बालबालिकाकाका अभिभावकलाई सन्तानको माया मार्न बाध्य हुन्छन् ।

सरकारले क्यान्सर लागेका बालबालिकालाई मध्यनजर गर्दै ३५ प्रकारका औषधि निःशुल्क दिने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड्स चिल्डे«स रिसर्च हस्पिटलको संयुक्त पहलमा सञ्चालित ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ मार्फत ३५ प्रकारका औषधि नेपाललाई सहयोग भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा पहिलो चरणको बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण भएको छ ।

(डब्लूएचओ) का नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् ।

पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि इन्जेक्सन सिस्प्लाटिन–१ मिग्रा (५० मिलि), इन्जेक्सन कार्बोप्लाटिन १० मिग्रा (४५ मिलि) र इन्जेक्सन काबोप्लाटिन १० मिग्रा (१० मिलि) औषधि प्राप्त भएको हो ।

डब्लूएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा २०८० चैत १४ मा स्वास्थ्य मन्त्रालय र डब्लूएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्भौता भएको थियो ।

मन्त्रालयका अनुसार दाताबाट प्राप्त भएका औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचारका लागि आएका बालबालिकामा प्रयोग हुनेछ ।

औषधि हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनको काम गरिरहेको बताए ।

‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुन नपरोस् भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ पौडेलले भने, ‘औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ ।’

सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछन् ।

यस कार्यक्रममार्फत औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रायलयले जनाएको छ ।

यस कार्यक्रमले नेपालमा बालबालिकाको क्यान्सर उपचालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने र २०३० सम्म क्यान्सर पीडित बालबालिका बाँच्ने सम्भावना दर ६० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM