२०८२ असार २७ गते, शुक्रबार १६:५७

रास्वपाले पदाधिकारी र सदस्यको कार्यसम्पादन मूल्यांकनसम्बन्धी कार्यविधि बनाउने

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठक


८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र सदस्यहरूको कार्यसम्पादन मूल्यांकनसम्बन्धी कार्यविधि तयार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ दिनभित्र उक्त कार्यविधि तयार पारेर पेस गर्ने निर्णय लिएको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै, आजको बैठकमा कार्यबाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिा राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए ।

पार्टीले संसद्मा उठाउनुपर्ने राष्ट्रिय मुद्दा र जनजीविकाका सवालहरूमा सुझाव लिँदै सदनलाई थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा पनि छलफल भएको बताइएको छ । ‍

त्यस्तै, बैडकले प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्‍यापिड एक्सन टीम (र्‍याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१, सम्पर्क विभाग नियमावली २०८१ पनि पारित गरेको छ ।

पार्टीले गर्न लागेको सवांङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ ।

केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको बुर्लाकोटीले जानकारी गराएका छन् ।

बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम श्री कविन्द्र कार्की (काठमाडौं) र श्री राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM