२०८२ असार २६ गते, बिहीबार २३:२३

चुनावपछि महाधिवेशन गर्‍यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन गर्‍यो भने नेपाली कांग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो,’ नेता कोइरालाले भने ।

साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरे ।

‘नेपाली कांग्रेस पूरै संस्थापन पक्ष हो । त्यसरी हेर्नुस् तपाईंहरूले । तपाईंहरू जसरी सोधिरहनुभएको छ, त्यो होइन । हामी सबै एउटै हौं,’ कोइरालाले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।

‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौं । नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो पर्‍यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM