२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:४५

स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रवर्द्धन आवश्यक : ऊर्जा मन्त्री खड्का

काठमाडौं/ नेपाललाई स्वच्छ ऊर्जा प्रवर्द्धनमार्फत न्यून कार्बन उत्सर्जनयुक्त अर्थतन्त्रतर्फ अघि बढाउन नवीकरणीय ऊर्जा कार्यक्रमको भूमिका महत्वपूर्ण रहने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले बताउनु भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) द्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) को सिकाइ आदान प्रदान कार्यक्रम मा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै उहाँले ऊर्जा प्रणालीलाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउने लक्ष्यका साथ नेपाल सरकारले विभिन्न योजना अगाडि सारेको उल्लेख गर्नुभयो।

नेपाल सरकार र बेलायत सरकारको सहकार्यमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गतको सिकाइ आदान प्रदान कार्यक्रम मार्फत हालसम्म भएका उपलब्धिहरूको समीक्षा तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो।

नेपाल सरकारको ऊर्जा विकास रणनीति र नवीकरणीय ऊर्जा प्रवर्द्धन

कार्यक्रममा मन्त्री खड्काले नेपाल सरकारले हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ अनुसार सन् २०३५ सम्ममा जडित विद्युत क्षमता २८,५०० मेगावाट पुर्याउने लक्ष्य लिएको बताउनुभयो। त्यसैगरी, प्रतिव्यक्ति वार्षिक विद्युत खपत १,५०० युनिट पुर्याउने, राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत परियोजनामार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य सरकारले राखेको उहाँको भनाइ थियो।

“नेपालले लिएका स्वच्छ ऊर्जा प्रतिबद्धता, दोस्रो राष्ट्रिय निर्धारित योगदान (NDC) लक्ष्य, १६ औं पञ्चवर्षीय योजना तथा दीर्घकालीन कार्बन न्यूनिकरण रणनीति (LTS) सफल बनाउन वित्तीय स्रोत तथा प्रविधिको व्यवस्थापनमा विकास साझेदारहरूसँग सहकार्य गर्न आवश्यक छ,” मन्त्री खड्काले भन्नुभयो।

नवीकरणीय ऊर्जा विधेयक शीघ्र कार्यान्वयन गरिने

ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई कानुनी आधार प्रदान गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक राष्ट्रियसभाबाट पारित भई हाल प्रतिनिधिसभामा विचाराधीन रहेको जानकारी मन्त्री खड्काले दिनुभयो। “यस विधेयकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) लाई नयाँ संरचनामा ढाल्न मद्दत गर्नेछ,” उहाँले बताउनुभयो।

बेलायत सरकार र अन्तर्राष्ट्रिय साझेदारको योगदानको प्रशंसा

कार्यक्रममा बेलायतका राजदूत रोब फेन, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. बिच्छा, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, RECON का अध्यक्ष कुशल गुरुङ, DAI Global UK का वरिष्ठ निर्देशक टिम समरानायके, NREP टिम लिडर सुमन बस्नेत, AEPC उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी लगायतका विशिष्ट व्यक्तिहरूले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

बेलायत सरकारका तर्फबाट नेपालमा नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि गरिएको लगानी तथा सहकार्यको उच्च प्रशंसा गर्दै मन्त्री खड्काले आगामी दिनमा समेत विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा राख्नुभयो। “वि.सं. २०७५ माघदेखि लागू भई २०८१ चैत्र १८ मा सम्पन्न हुने यो कार्यक्रम नवीकरणीय ऊर्जा विस्तारको दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ,” मन्त्री खड्काले बताउनुभयो।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको संलग्नता अपरिहार्य

कार्यक्रममा वक्ताहरूले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा निजी क्षेत्रको लगानी र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दिगो ऊर्जा च्यालेन्ज फण्ड (Sustainable Energy Challenge Fund) जस्ता योजनाहरूले ऊर्जा क्षेत्रमा वित्तीय स्थायित्व ल्याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका पदाधिकारी, ऊर्जा विज्ञलगायतको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM