२०८२ श्रावण ४ गते, आईतवार ०२:५०

दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ता, शपथ ग्रहण आज




काठमाडौं । भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टी (भा.ज.पा.) की विधायक रेखा गुप्ताको नाम घोषणा गरिएको छ। बुधबार साँझ आयोजित भाजपा विधायक दलको बैठकले उहाँलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो।

यससँगै, प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्षको रूपमा नियुक्त हुनुभएकाे छ । भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षकको रूपमा तोकेको थियो, जसले विधायक दलका सबै सदस्यसँग व्यक्तिगत रूपमा छलफल गरेका थिए।

सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको चयन पुष्टि भएको थियो। रेखा गुप्ताको शपथ ग्रहण आज (बिहीबार,फेब्रुअरी २०२५) दिउँसो १२:३५ बजे रामलीला मैदानमा हुनेछ।

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्दै २७ वर्षपछि दिल्लीको सत्ता पुनः आफ्नो हातमा ल्याएको हो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM