२०८२ असार २७ गते, शुक्रबार १७:१२

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन

५ फागुन, काठमाडौँ । अमेरिकामा दर्ता रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन भएको छ । नेपाल शाखाको अध्यक्षमा कृष्णा पौडेल चुनिएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित भेलाले पौडेलको अध्यक्षतामा १९ सदस्यीय नेपाल शाखाको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

शाखाको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल छन् । सचिवमा सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल छन् ।

त्यस्तै बोर्ड अफ डाइरेक्टरहरुमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र युव गाहामगर रहेका छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो शाखा नेपालमा गठन गरिएको हो ।

भेलामा उपस्थित अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले अन्य देशहरुमा पनि शाखा गठन गर्ने योजना रहेको सुनाए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM