२०८२ असार २६ गते, बिहीबार २३:१०

कास्की क्रिकेट लिगमा सांग्रिला क्रिकेट क्लब लिग च्याम्पियन 




पोखरा । सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिगमा च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा कप्तान विपिन खत्रीको अलराउण्ड प्रदर्शनमा कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिलाले उपाधि जितेको हो । 

लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाइनल खेलमा रोक्न सफल भयो ।  लिगका शीर्ष दुईमा रहेको टोलीले फाइनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए । 

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर ब्याटिङ गरेको कास्कीले शून्य रनमै पहिलो विकेट गुमायो । २० ओभर नै खेल्ने क्रममा कास्कीले ९ विकेटको क्षतिमा ९३ रनको सामान्य योगफल तयार पार्यो । विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर दुई विकेट लिनुभयो । त्यस्तै राज परियारले ३ विकेट लिने क्रममा ३० रन खर्चिनु भयो । 

९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाले विपिन खत्रीले ४९ रनमा अविजित रहँदै जित सुनिश्चित गर्‍यो । खत्रीले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो । सांग्रिलाले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै च्याम्पियन बन्न सफल भयो । 

सङ्घमा आवद्ध ८ क्लबले प्रतिस्पर्धा गरेका थिए । राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरिएको थियो । प्रत्येक क्लबले ७ म्याच खेले । शीर्ष दुईले उपाधि प्रतिस्पर्धा गरेका थिए । १५ दिनसम्म सञ्चालित प्रतियोगितामा वेस्ट व्याटर पोखरा क्रिकेट क्लबका सुवास भण्डारी हुनु भयो भने वेस्ट बलरको पुरस्कार समेत उहाँले प्राप्त गर्नुभयो । भण्डारी प्लेयर अफ दि टुर्नामेन्टको पुरस्कार समेत प्राप्त गर्दा फाइनल खेलमा प्लेयर अफ दि म्याचको पुरस्कार विपिन खत्रीले हात पार्नुभयो । 

विजेता र उपविजेता क्लबका खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य ऋषिराम गौतम, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM