नयाँ दिल्ली, फागुन ५ – भारतको राजधानी दिल्ली तथा यसको आसपासका क्षेत्रहरू (एनसीआर) मा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्र (NCS) का अनुसार, भूकम्प बिहान करिब ५:३६ बजे गएको हो। यस भूकम्पको म्याग्निच्युड ४.० रहेको र यसको केन्द्रबिन्दु दिल्लीमै जमिनको सतहबाट ५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पको धक्का दिल्लीसँगै नोएडा, गाजियाबाद, गुरुग्राम, फरीदाबादलगायतका क्षेत्रमा पनि महसुस गरिएको थियो। भूकम्पको कारण केही मानिसहरू घर बाहिर निस्किए पनि हालसम्म कुनै ठूलो क्षति वा मानविय क्षतिको रिपोर्ट प्राप्त भएको छैन।
भारतको उत्तरी क्षेत्रमा भूकम्पको गतिविधि बेलाबेला हुने गरेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन भूकम्प विशेषज्ञहरूले आग्रह गरेका छन्।