२०८२ असार २८ गते, शनिबार २१:३८

हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी




खोटाङ । खोटाङको हलेसी बजारको एउटा पसलमा आगलागी भएको छ । 

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । 

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरू घरमा पनि फैलिन सक्ने खतरा सम्भावना देखिएको जनाइएको छ । 

आगलागी भएको घरमा हार्डवेयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM