२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:५२

प्रश्नकर्तालाई प्रधानमन्त्रीकै प्रतिप्रश्न

४ फागुन, काठमाडौं । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले अनेकन प्रश्न उठाएका छन् ।

तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् ।

पहिलो प्रश्नकर्ता थिए, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला । उनले प्रश्न गरे, ‘तपाईंले नै तामझामका साथ सिल्यान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा १६५ निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक सडकको अवधारणा ल्याएका थिए । जसको प्रगतिविवरण सांसद ज्वालाले मागेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले मआफूले अगाडि बढाएको योजना आफूपछिको सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गरे । र, ब्यङ्ग्य मिश्रित जवाफ दिए, ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।’

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले देशभर ३९६ अस्पताल पनि एकसाथ शिलान्यास गरेका थिए । ती अस्पतालको प्रगति के छ र किन सुस्त छ भन्ने सांसद ज्वालाको प्रश्न थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले उल्टै सोधे, ‘कार्यक्रम रद्ध गर्नेहरूले नै फेरि ? तीन वर्षे कार्यक्रम रद्ध हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’

प्रधानमन्त्रीलाई प्रश्न सोध्दै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला

तथापि आफू पुनः सरकारको नेतृत्वमा आएपछि निर्वाचन क्षेत्र पूर्वाधार रणनीतिक सडक र अस्पतालहरू निर्माणको काम अगाडि बढेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने, ‘उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेका छन् ।’

खासगरी विपक्षी दलहरूका सांसदप्रति प्रधानमन्त्री हावी हुनेगरी प्रस्तुत भए । सत्तापक्षका सांसदसँग छेडखानी गरेनन् र लिखित जवाफ पढेर सुनाए ।

चौथो प्रश्नकर्ता थिए, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन । पूर्वअर्थमन्त्री समेत रहेका पुनले प्रश्न गरे, ‘अर्थतन्त्रमा सिथिलता आएको छ । जनताको चुल्हो महंगीको मारमा परेको छ । पुँजीगत खर्च भइरहेको छैन । युवाहरूको पलायन बढेको बढ्यौ छ । समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के के छन् ?’

‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्री समेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद’ भन्दै जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले प्रतिप्रश्नको वर्षा नै गरे । आफूले जिम्मेवारीमा रहँदा के कसो गरेको थियो भनेर नियाल्न पुनलाई आग्रह छ ।

‘७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य बृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु,’ ओलीले भने, ‘फेरि पनि प्रश्न गर्नुभएकोमा धन्यवाद छ । तर, उसबेलाको पनि अलिकति सम्झनु पर्छ कि ?’

आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्ने भन्दै उनले यसतर्फ ख्याल गर्न सुझाए ।

‘पूँजीगत खर्च किन भइरहेको छैन’ भन्ने पुनको ओलीले जवाफ दिए, ‘हो, हाम्रो पूँजीगत खर्च कम छ । तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ । यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ ।’

प्रधानमन्त्रीलाई प्रश्न सोध्दै नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन ‘अनन्त’

अर्थतन्त्रमा सुस्तता एकै दिनमा नआएको र सुस्तता एकै दिनमा नहट्ने उल्लेख गर्दै उनले भने, ‘हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेका छौं र सुधारका केही नतिजाहरू पनि देखिएका छन् ।’

ओली नेतृत्वको सरकारले अर्थमन्त्रीको रुपमा पुनले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छ । यसतर्फ संकेत गर्दै ओलीले पुनलाई जवाफ दिए, ‘असारमा धान नरोपेपछि नै हो मंसिरमा धान नफल्ने । नरोपेपछि त फल्ने कुरै भएन नि ! अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन ।’

तथापि वर्तमान सरकारले कानुनमा भएका अप्ठ्यारालाई हटाएर अर्थतन्त्र सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका बताए ।

पुनको अर्को प्रश्न थियो– ‘विगत सरकारले विश्व विद्यालय, संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीयकरण र हस्तक्षेप गरेको तथा ती निकायमा व्यवसायिक दक्षताको आधारमा काम गर्ने वातावरण नरहेको देखिन्छ । सरकारले यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ ?’

ओलीले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको जवाफ दिए, ‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ?’

विगतमा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको दाबी गर्दै उनले त्यस्तो अभ्यासको परिणाम विश्वविद्यालय र संस्थाहरूले भोगिरहेको बताए ।

यसबारे सरकारको नीति प्रष्ट रहेको उनले दोहोर्‍याए, ‘हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं ।’

विश्वविद्यालयमा मेरिटोक्रेसी धेरै हल्ला चलेको विषय भनेर ओलीले यसबारे प्रतिप्रश्न गरे, ‘मेरिटोक्रेसी त्यतिबेला नै देखिएको हो जतिबेला प्रथम अंक प्राप्त गर्नेलाई मेरिटोक्रेसीमा नदिएर द्वितिय अंक प्राप्त गर्ने, तृतिय अंक प्राप्त गर्नेलाई अगाडि सारेको बाटै मेरिटोक्रेसी प्रष्ट भएन र ?’

यत्तिमै ओली रोकिएनन् । ‘मेरिटोक्रेसीको नगरा बजाइयो । धिमे बजाइयो । के के बाजा छन्, पञ्चे बाजा बजाइयो । धुमधाम मनाइयो । मेरिटोक्रेसी भनियो । भरेतः फस्ट हुने आउट, सेकेण्ड हुने इन । त्यही हो त मेरिटोक्रेसी ?,’ पुनलाई ओलीको प्रतिप्रश्न छ ।

माओवादी सांसद पुनको तेस्रो प्रश्न थियो, ‘सत्तापक्षका नेता र माननीयज्युहरूले अध्यादेशको औचित्य पुष्टि गर्न पटक–पटक संसदले कानुन बनाउनै सकेन भन्ने गरेको सुनियो । … हामी सबैलाई थाहा छ बहुमतले विधेयक पारित हुन्छ । दुई तिहाइ बहुमतको दाबी गर्ने सत्तापक्षले संसदमा बहुमत गुमाइसकेको हो र ?’

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

जवाफमा ओलीले ‘रुचिकर प्रश्नहरू’ रहेको बताए । अध्यादेशबारे जवाफ दिइरहनुपर्ने जवाफ दिए ।

‘अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह चाहन्छु ।’

त्यसदिन के भएको थियो भनेर पनि प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘त्यस दिन उहाँ आफैं सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो ?’

सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको ओलीले बताए । ‘हामीले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको थियो, जुन संसद्मा दर्ता भइसकेका छन् । प्रक्रियाबाट नै यी पारित पनि हुन्छन्,’ ओलीले प्रष्टीकरण दिए ।

विगतमा एमाले फुटाउन अध्यादेश आएको पनि सम्झिए, ‘…मेरै पार्टी फुटाउनलाई २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरेको होइन र ?’

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ साल भदौ पहिलो साता राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थियो । सोही अध्यादेशको आधारमा एमाले फुटेर एकीकृत समाजवादी बनेको थियो ।

तर अहिले आएका अध्यादेशहरु कुनै दल फुटाउन नरहेको तर्क गरे । अध्यादेशले युवा र आइटी क्षेत्र सबैले स्वागत गरेको उल्लेख गर्दै उनले प्रतिप्रश्न गरे, ‘सबैले स्वागत गरेको छ । तर विपक्षीले किन विरोध गरेको छ ? यो मलाई थाहा छैन ।’

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहको प्रश्नसम्म पुग्दा त ओली आक्रोशित नै बने । ओलीलाई साहका प्रश्न यति कठोर लाग्यो कि उनी बिना जवाफ बिदा भए ।

‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनक समेत रहेका छन्’ ओलीले प्रति प्रश्न गरे, ‘संसद जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि तपाईंलाई के लाभ भयो ?’

प्रधानमन्त्री केपी शर्मा ओली र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह

‘विदेश पठाएर जस्ता भाषा’ प्रयोग गरेको भन्दै ओलीले प्रश्न गरे, ‘म मेनपावर कम्पनीको मान्छे हो ?’

साहले सोधेका थिए, ‘झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम सम्झौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढी रेमिट्यान्स आउनुपर्ने हो ? … मेरो प्रश्न छ– हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ?’

प्रश्नकर्ता सांसद साहलाई प्रधानमन्त्री ओलीले सोधे, ‘यो म सरकारमा आएपछिको आठ महिनामा भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा विदेश गएका हुन ?’

आफ्नो प्रश्नको जवाफ दिनुको साटो प्रतिप्रश्न गरेपछि प्रश्नकर्ता सांसदले उठेर विरोध गरे । तर सभामुखले प्रतिप्रश्न सांसदले गर्न नपाउने स्मरण गराए, ‘यस दोहोरो बहस छलफल हुँदैन भन्ने कुरा भनिसकेको छु । त्यसकारण तपाईं आसनग्रहण गर्नुस् ।’

सभामुखको रुलिङपछि साह बसे र प्रधानमन्त्री ओली अगाडि बढे ।

‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा जवाफ दिइरहनुपर्ने छैन । सबैको उत्तर आफैँले बोकेर आउनुभएको छ प्रश्नमा । .. यहाँलाई धन्यवाद छm’ प्रश्नोत्तर कार्यक्रमबाट प्रधानमन्त्री बिदा भए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM