२०८२ असार २७ गते, शुक्रबार १७:४९

बेलिङहामलाई रातो कार्ड, रियल मड्रिड बराबरीमा रोकियो

३ फागुन, कठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित रियल मड्रिडलाई ओसासुनाले १-१ को बराबरीमा रोकेको हो ।

पहिलो हाफमा अग्रता लिएको भएपनि रियलले दोस्रो हाफमा पेनाल्टीमार्फत अग्रता गुमाएको थियो । त्यसपछि गोल गर्न नसक्दा रियलले लगातार दोस्रो बराबरी खेलेको हो ।

१५औं मिनेटमा किलियन एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा जुड बेलिङहामले रेफ्रीसँग प्रतिवाद गरेकाले सोझै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको ५८औं मिनेटमा आन्टे बुडिमिरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र रियल मड्रिड अंक बाँड्न बाध्य भएको हो ।

यसपछि रियलको २४ खेलमा ५१ अंक भएको छ । ओसासुना ३२ अंकसहित सातौं स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई अब राति हुने खेल जितेर शीर्षस्थानमा उक्लने मौका छ ।

तेस्रो स्थानको बार्सिलोनालाई पनि रियलसँग अंक बराबरी गर्दै गोलअन्तरका आधारमा रियललाई पछि पार्दै दोस्रोमा उक्लने मौका छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM