२०८२ मंसिर २७ गते, शनिबार ००:३४

भारतको ऊर्जा सप्ताहमा नेपालको सहभागिता उपलब्धिमूलक रह्यो : ऊर्जामन्त्री खड्का”

काठमाडौँ/ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा सहभागिता जनाएर आज स्वदेश फर्किएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा फेब्रुअरी ११ देखि सञ्चालन भएको ऊर्जा सप्ताहमा सहभागी भई मन्त्री खड्का आज साँझ काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खड्कालाई ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिंचाइ सचिव सरीता दवाडी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, तथा मन्त्रालयका सहसचिव जीवछ मण्डललगायत अधिकारीहरूले स्वागत गरेका थिए।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा भारतीय पेट्रोलियम उद्योग महासंघले आयोजना गरेको यो सप्ताहमा कार्बन न्यूनीकरणका विभिन्न मोडेलहरू तथा नवीन प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको थियो।

ऊर्जा सप्ताहमा मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुईवटा मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धनको आवश्यकता र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। ऊर्जा सप्ताहले सबैका लागि दिगो तथा स्वच्छ ऊर्जा प्रवाह गर्ने उद्देश्यलाई प्रवर्द्धन गरेको उनले बताए।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, जलशक्ति मन्त्री सिआर पाटिल, तथा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको ऊर्जा सहकार्य, पञ्चेश्वर, सप्तकोशी बहुउद्देश्यीय आयोजना लगायतका परियोजनालाई अघि बढाउने विषयमा विस्तृत छलफल भएको मन्त्री खड्काले जानकारी दिए।

भारतको ऊर्जा सप्ताहमा विभिन्न १० देशका करिब ७० हजार ऊर्जा व्यवसायी सहभागी भएका थिए। यस अवसरमा ९० भन्दा बढी सत्रमा ऊर्जा विकाससम्बन्धी छलफलहरू भएका थिए भने करिब ७०० ऊर्जा प्रदर्शनी कक्ष राखिएको थियो।

हेर्नुहोस् भिडियो:

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM