२०८२ मंसिर २१ गते, आईतवार ००:५८

बेवारिसे जनावरको घाउमा मल्हम लगाउँदै ‘एनिमल केयर’ 

पर्सा । सामान्यतया कुनै व्यक्तिको घरमा पालिएका जनावरहरू पशु चिकित्सकको निगरानीमा रहने गर्दछन् । तर बेवारिसे जनावरहरूको भोक मेटाइदिने जिम्मेवारी पनि कसैले लिएको सुनिँदैन । 

सडक जीवन बिताउने जनावरहरूलाई कुनै गाडिले ठक्कर दियो भने दुर्घटनामा परेका व्यक्तिको लागि एम्बुलेन्स बोलाइन्छ तर ती जनावरहरूलाई स्वास्थ्य चौकीसम्म पुर्‍याइदिन समेत कसैले चाँसो देखाउँदैन । यस्ता जनावरहरूको घाउमा मल्हम लगाउने कामको सुरुवात गरेको छ ‘एनिमल केयर’ले ।  

आर्थिक नगरी वीरगंजको व्यस्त जीवनशैलीको बीचमा केही युवाहरूले फुर्सत मिलाएर बेवारिसे जनावरहरूको हेरचाहमा जोड दिएका छन् । ‘एनिमल केयर’ नामले बेवारिसे जनावरहरूको व्यवस्थापनमा जुटेका युवा टोलीमा अहिले ६ जना सदस्यहरु सक्रिय छन् ।  

वीरगंजको सडकमा घुम्ने कुकुर, बिरालो, भेडा, घोडा, छाडा चौपाया लगायतका जनावरहरूको स्वास्थ्य उपचारदेखि हेरचाहमा अहिले एनिमल केयरले खुब ध्यान दिएको छ । ‘एनिमल केयर’ले चोटपटक लागेको, दुर्घटनामा परेको, बिरामी परेको, रोग लागेको अथवा बेवारिसे परेको जनावरहरूलाई उपचार र स्याहार गर्ने काम गरिरहेको संस्थाका सदस्य रवी गुप्ताले बताउनुभयो । 

सडकबाट उठाइएका जनावरहरूको स्याहारका लागि जस्ता हालेर घर बनाइएको र बिरामी जनावरहरूको स्वास्थ्य उपचारको लागि पशु चिकित्सक राखिएको उहाँले बताउनु भयो।  उहाँले, ‘‘पशु क्लिनिक सञ्चालन गरेको एकजना साथीसँग सम्झौता गरेर स्वास्थ्य उपचारमा खटाएका छौँ’’ भन्नुभयो ।   

जनावरहरूको व्यवस्थापनमा लागेको खर्चहरू एक अर्काबाटै सङ्कलन गर्ने गरेको रबीको भनाई छ । संस्थाका सबै सदस्यहरु छुट्टाछुट्टै पेशामा आवद्ध भएको कारणले संस्थालाई अहिले २४ सै घण्टा समय कसैले पनि दिन नसकेको उहाँले स्वीकार गर्दै हरेक दिन सबै जनाले संस्थाको लागि आफु अनुकूल समय प्रदान गर्दै आएको बताउनु भयो । 

उहाँले,‘‘हामीले ल्याएका जनावरहरू मध्ये अहिलेसम्म दुई दर्जन भन्दा बढी कुकुर र दुईवटा घोडालाई निको गरिसकेका छौँ । अझै हामीसँग हाम्रो सेल्टरमा १५ वटा कुकुरहरू उपचाररत रहेका छन् ।  हामीसँग भएका कुकुरहरू लग्न चाहने व्यक्तिले सम्झौता गरेर लग्न सक्ने छन्’’ भन्नुभयो । 

वीरगंज मै पहिलो पटक बेवारिसे जनावरहरूको हेरचाहका लागि सञ्चालनमा आएको ‘एनिमल केयर’लाई हाल शव व्यवस्थापन गर्ने जग्गाको अभाव रहेको छ । सदस्य रवी गुप्ताले सेल्टरमा भएका जनावर मरेको खण्डमा वा मरेको जनावर फेला पर्‍यो भने उसको शव व्यवस्थापन गर्न जग्गा नभएको दुखेको पोख्नु भयो । 

स्थानीय तहसँग समन्वय गर्न खोज्दा खासै चाँसो नदेखिएको उहाँले थप्नुभयो ।  स्थानीय तहमा छाडा चौपाया नियन्त्रणको लागि काम भएको देखिए पनि बेवारिसे जनावरहरूको व्यवस्थापनमा कुनै रुचि नदेखिएको उहाँले भन्नुभयो । 

सेल्टरमा काम गर्ने मान्छेहरूको लागि हामीसँग रोजगारीको अवसर रहेको भन्दै उहाँले सम्बन्धित निकायको सहयोग पायौँ भने चाडै नै  वीरगंजलाई बेवारिसे कुकुरको त्रासबाट मुक्त गर्ने आश्वासन दिनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM