२०८२ माघ ४ गते, आईतवार २०:२२

भ्रष्टाचार बिरुद्ध आजपाले चैत २४ गते काठमाडौंमा प्रदर्शनका साथै खबरदारी सभा गर्दै

काठमाडौं । आम जनता पार्टी (आजपा) ले जनआन्दोलन दिवशको अवसरमा आउँदो २४ चैतमा काठमाडौंमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने भएको छ ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज कोटेश्वर स्थित पार्टी कार्यालयमा बसेको बैठकले काठमाडौंमा २४ चैतमा विशेष प्रदर्शनका साथै खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भईसकेकाले भ्रष्टाचारीलाई खबरदारी गर्नका लागि दलाल दलतन्त्रका बिरुद्ध विशेष प्रदर्शन र खबरदारी सभाको तयारीमा जुटन निर्देशन दिए ।

‘वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा पू्र्णरुपमा असफल भईसकेको छ । भ्रष्टाचारका ठुला फाईल खोल्न र त्यसका पाना पल्टाउन सरकार डराइरहेको छ । झण्डै दुई तिहाई बहुमतको सरकार भए पनि प्रधानमन्त्रीजी भ्रष्टाचारीका अगाडी घुडा टेकिसक्नुभएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘यो सरकारबाट भ्रष्टाचार नियन्त्रण हुदैन् र भ्रष्टाचारीलाई कारवाही पनि हुदैन् । त्यसैले भ्रष्टाचारका बिरुद्ध जनता आफै सडकमा आउनुको बिकल्प छैन् ।’

भ्रष्टाचारीका अगाडी प्रधानमन्त्री आत्मसम्पर्ण गरिसकेको बताउदै उनले भ्रष्टाचारी बिरुद्धको खबरदारी सभा र विशेष प्रदर्शन गर्न गाउँ–गाउँ र शहर–शहरबाट युवाहरु जुटन अहिलेको आवश्यक्ता रहेको बताए । सरकार र सरकारी मान्छेहरुले आफै भ्रष्टाचारमा संलग्न भएको बिभिन्न काण्डले देखाएको बताउदै आजपा अध्यक्ष साहले सबैले मिलेर राज्यको ढुकुटी सिध्याएर विदेशमा पैसा थुपारेर राखेको गम्भिर आरोप लगाए ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध जागरण अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ । कर आतंक बिरुद्धको जागरण अभियानको क्रममा आजपाले अन्तरक्रिया कार्यक्रम, भेला, प्रदर्शनसंगै संगठन निर्माण समेत गर्ने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

२४ चैतमा काठमाडौंमा हुने विशेष प्रदर्शन र भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र बिरुद्धको खबरदारी सभालाई भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन भएको छ । आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापाको नेतृत्वमा जनपरिचालन कमिटी, महासचिव त्रिभुवन साहको नेतृत्वमा व्यवस्थापन समिति गठन भएको छ ।

यसैगरी उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा प्रचार प्रसार समिति, आईटी आर्मीका युवा नेता आर्या पाण्डेको नेतृत्वमा स्वयमसेवक परिचालन समिति, रञ्जु साहको नेतृत्वमा आर्थिक परिचालन समिति गठन भएको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन् ।

यस्तै आजपाले आउँदो २६ माघमा काठमाडौंमा कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्दैछ । हालै आजपाले भ्रष्टाचार बिरुद्ध मधेस प्रदेशमा जागरण अभियानका साथै पोखरा र वीरगंजमा कर आतंक बिरुद्ध खबरदारी सभा गरेको थियो । यस्तै चितवनमा समेत कर आतंक बिरुद्ध आईटी आर्मीको भेला गरेको आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भईरहेको ठगी बिरुद्ध भेला, खबरदारी सभा सहित बिभिन्न मुद्धालाई उठाउँदै बिभिन्न कार्यक्रम गरिरहेको छ ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपाका अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा, महासचिव त्रिभुवन साह लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM