२०८३ जेष्ठ २३ गते, शनिबार २०:१२

भण्डारी सेवा समाज, नेपालद्वारा धादिङको त्रिपुरासुन्दरीमा पालिका समिति गठन

धादिङ/ भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय)ले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५, सल्यानकोट सुनपोखरीमा १५ सदस्यीय पालिका समिति गठन गरेको छ। समाजका कृष्ण बहादुर भण्डारीको अध्यक्षतामा गठन गरिएको समितिले स्थानीयस्तरमा समाजका गतिविधिहरूलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखेको छ।

त्यस्तै, जनप्रतिनिधि एवं वडा सदस्य अर्जुन भण्डारीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि सर्वसम्मत रूपमा गठन भएको छ।

समितिको घोषणा एवं सपथग्रहण कार्यक्रम आज श्रीपञ्चमी तथा कुलपूजाको विशेष अवसरमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष गणेश भण्डारीको सभापतित्व रहेको थियो भने समाजका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज कुमार भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा केन्द्रीय सदस्य डम्बर भण्डारी, काठमाडौं जिल्ला सचिव राजेन्द्र भण्डारी, जनप्रतिनिधि हिमाल बोहोरा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बागमती प्रदेश कोषाध्यक्ष मान बहादुर भण्डारीले सञ्चालन गरेका थिए।

सृजनशील महिला समूहको सक्रियता

कुलपूजाको विशेष अवसरमा स्थानीय महिला सृजनशील समूहले परम्परागत बाजागाजासहित नाचगान प्रस्तुत गरेर कार्यक्रमलाई थप रंगीन बनायो। उक्त समूहमा भण्डारी समुदायका भाउजू, बुहारी, छोरीहरू सक्रिय रूपमा सहभागी भए।

कार्यक्रमकै क्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उपस्थित दाजुभाइहरूबाट संकलित सहयोग रकम प्रमुख अतिथि कुमार भण्डारीमार्फत महिला समूहलाई हस्तान्तरण गरिएको थियो।

नवनिर्वाचित समितिलाई सफल कार्यकालका लागि शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM