डडेल्धुरा । नेकपा एमाले डडेलधुराले शनिबार सम्पन्न गरेको जिल्ला कमिटी बैठकले जरा अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय सर्कुलर अनुरुप तिन महिने जरा अभियान थाल्ने निर्णय बमोजिम डडेल्धुरा पार्टीले उक्त निर्णयको स्वागत गर्दे जरा अभियानलाई प्रभावकारी बनाउन सबै नेता कार्यकर्ताहरू लाग्नुपर्ने निष्कर्ष निकालेको हो ।
नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
नेकपा एमालेको हालै सम्पन्न भएको केन्द्रीय समितिको बैठकले देशभर पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत टोल तथा बस्ती सम्म पुग्ने गरी जरा अभियानको थालनी गर्ने निर्णय गरेपछि जिल्ला जिल्लामा यो अभियान प्राथमिकतामा परेको छ ।
नेकपा एमाले डडेलधुराले सात स्थानीय तह रहेको डडेल्धुरामा ५२ वटा वडा तह र टोल बस्ती सम्म पुग्ने गरि अभियान थालनी हुने जनाएको छ । जरा कार्यक्रमको प्रभावकारी बनाउन पालिका कमिटी र वडा कमिटीका भेला गरेर अभियानको थालनी गरिने एमाले प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिनुभयो ।
जिल्लाको भित्री मधेस अन्तर्गत आलितालमा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको थियो । अभियान २०८२ वैशाख १५ सम्म सम्म चल्ने छ ।