Sunday, February 9, 2025
घरसमाचारहिमाल आरोहणमा बढाइएको रोयल्टी १६ भदौदेखि लागू हुने

हिमाल आरोहणमा बढाइएको रोयल्टी १६ भदौदेखि लागू हुने

सगरमाथा आरोहण/फाइल तस्वीर


२१ माघ, काठमाडौं । सरकारले हिमाल आरोहणमा वृद्धि गरेको दस्तुर (रोयल्टी) आगामी वर्षदेखि लागु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार हिमाल आरोहणमा बढेको दस्तुर लागु हुने मिति १६ भदौ २०८२ (१ सेप्टम्बर २०२५) देखि तोकिएको छ ।

उक्त मिति अगाडि साविककै दस्तुर लिएर आरोहण अनुमति दिइने छ । सरकारले पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ हालै स्वीकृत गरेको हो ।

यस नियमावलीले आरोहण दस्तुर बढाएको हो । तर, आगामी पर्वतारोहण सिजनमा भने साविककै दस्तुर लागु हुने नियमावलीमा उल्लेख छ ।

सरकारले हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहण दलले आफ्ना दलमा संलग्न प्रत्येक सदस्यले तिर्नुपर्ने सलामी दस्तुर वृद्धि गरेको छ । सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न साविकमा ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार ८ सय १८ रुपैयाँ) प्रतिव्यक्ति रहेको मूल्य बढाएर सरकारले १५ हजार डलर (२० लाख ९ हजार २ सय ६ रुपैयाँ) प्रतिव्यक्ति पुर्‍याइएको छ ।

सगरमाथाको अन्य रुटको मूल्य भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार र शिशिर तथा वर्षा ऋतुमा २ हजार ५ सय पुर्‍याइएको छ ।

यसैगरी शरद ऋतुको मूल्य ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुको मूल्य ३ हजार ७ सय ५० डलर पुर्‍याइएको छ । यो मूल्य सगरमाथाको (दक्षिणपूर्वी धार) नर्मल रुटका लागि हो ।

सगरमाथाको अन्य रुटको मूल्य भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार र शिशिर तथा वर्षा ऋतुमा २ हजार ५ सय पुर्‍याइएको छ ।

सगरमाथा बाहेक हिमालमा कति ?

नयाँ मूल्य अनुसार सगरमाथा बाहेक ८ हजारभन्दा बढी उचाइका अन्य हिमाल आरोहण गर्न वसन्त ऋतुमा ३ हजार डलर तोकिएको छ । अन्य दुई सिजनको क्रमशः १ हजार ५ सय डलर र ७ सय ५० डलर पुर्‍याइएको छ ।

त्यस्तै मनास्लु आरोहण गर्न वसन्त ऋतुमा १ हजार ५ सय डलर र अन्य दुई सिजनमा ३ हजार र १ हजार ५ सय डलर पुर्‍याइएको छ । ७ हजा ५ सय १ मिटरदेखि ८ हजार मिटरसम्मका हिमाल चढ्न १ हजार डलर र अन्य दुई सिजनमा  २ सय ५० डलर पुर्‍याइएको छ ।

मनास्लु आरोहणमा पर्यटक/फाइल तस्वीर

आमादब्लम हिमाल चढ्न वसन्त र शरदमा १/१ हजार डलर र अन्य सिजनमा ५ सय डलर तिर्नुपर्ने भएको छ । ६ सय मिटरभन्दा साना हिमालमा भने ३ सय ५०, १ सय ७५ डलर समान शुल्क तोकिएको छ ।

नेपाली नागरिकको पुग्यो कति ?

सरकारले नेपाली नागरिकका हकमा समेत आरोहण दस्तुर बढाएको छ । यसअघि सगरमाथाको नर्मल रुटमा ७५ हजार रुपैयाँ प्रतिव्यक्ति रहेको दस्तुर बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्‍याइएको छ । शरद ऋतुमा ७५ हजार र शिशिर तथा वर्षामा ३७ हजार ५ सय पुर्‍याइएको छ ।

सगरमाथाका अन्य रुटमा वसन्त ऋतुमा १ लाख र अन्य दुई ऋतुमा ५० हजार र २५ हजार रुपैयाँ शुल्क नेपाली नागरिकले तिर्नुपर्ने भएको छ । ८ हजार मिटरभन्दा माथिका अन्य हिमालमा क्रमशः ४० हजार, २५ हजार र १२ हजार ५ सय तोकिएको छ ।

त्यस्तै ६ हजार मिटरभन्दा कम उचाइका हिमाल चढ्न नेपालीले क्रमशः २० हजार, १० हजार र ५ हजार शुल्क तिर्नुपर्ने भएको छ ।

दुई आरोहीसँग एक सहयोगी अनिवार्य

अब ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न जाने आरोहीले सहयोगी संख्या बढाउनुपर्ने भएको छ ।

यसअघि पर्वतारोहणमा जाँदा कम्तीमा एक जना पर्वतीय पथप्रदर्शक लिई जानुपर्ने भन्ने व्यवस्था रहेकोमा अब भने सगरमाथा सहित ८ हजार मिटरमाथिका हिमालमा जान हरेक दुई आरोहीका साथ एक सहयोगी हुनुपर्ने भएको छ । त्यसभन्दा होचो हिमालमा भने हरेक दलले कम्तीमा एक जना सहयोगी अनिवार्य लैजानुपर्ने भएको छ ।

हिमालबाट फर्कंदा प्याराग्लाइडिङबाट झर्न पाइने

हिमाल चढेर फर्कंदा अब आरोहीले अनुमति लिएर प्याराग्लाइडिङबाट झर्न सक्ने भएका छन् । यसअघि पैदलै झर्नुपर्ने प्रावधान थियो ।

फाइल तस्वीर

आकस्मिक अवस्थामा हेलिकप्टर प्रयोग गर्न सकिने प्रावधान थियो । अब भने हिमालचुलीको कुनै खण्डबाट प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न कानुन बमोजिम अनुमति दिएको भए पर्वतारोहण दलको कुनै सदस्यले त्यस्तो सेवा लिन सक्ने भएको छ । आपतकालीन अवस्थामा हेलिकप्टर, बेलुन वा हवाईजहाज प्रयोग गर्न सकिन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -