Friday, February 7, 2025
घरसमाचारअध्यादेशका कार्यसम्पादन नियमावली पारित

अध्यादेशका कार्यसम्पादन नियमावली पारित

२१ माघ, काठमाडौं । सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावलीहरू पारित भएको हो ।

सरकारले केही दिनअघि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । आर्थिक क्षेत्र सुधार लगायतका कामका लागि विभिन्न २९ कानुनमा संशोधन गर्न ती अध्यादेश ल्याएको थिए । तिनै अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली मन्त्रिपरिषद्ले पारित गरेको हो ।

सरकारले ल्याएका अध्यादेश १८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै पेश गरिसकेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -